बुधबार, अशोज २७, २०७८
दशैँको शास्त्रीय रूपमा यसरी विवरणसहित दिएको गुरुङ समुदायमा मात्रै होला !

दशैँको शास्त्रीय रूपमा यसरी विवरणसहित दिएको गुरुङ समुदायमा मात्रै होला !


  • स्वदेश नेपाल
  • बुधबार, अशोज २७, २०७८

नेपालीहरुको मौलिक पर्व दसैं सम्बन्धि सम्भवत शास्त्रीय रूपमा दसैंको विवरण सहित यसरी दिएको गुरुङ समुदायमा मात्रै होला।

“गुरुङ समुदायको (प्ये) मा दसैंमा टिका लगाउने, आशिष लिने मात्रै होइन पिङ्ग बनाएर ९ चोटी ९ दिन सम्म खेल्ने भनेर पनि उल्लेख गरेको पाइन्छ।
तिवा ङिवा सोंवा ङवा कुवा वाना प्वों प्रिमा ङ्येरे…

([उनि] एक चोटी, दुइ चोटी, तिन चोटी, पाँच चोटी, नौ चोटी पिङ्ग खेलिन)

ना कुरो त खाजे …

(नौ दिन बित्यो)
चिगो तेमा चिया तेमा

(जब [हामि] टिका लगाउछौ, यसकारण कि [तपाइले] आशिष दिनु हुन्छ)

दशैँ भनेको दशै दिन भनेको हो। शारदीय नवरात्र भनेको पनि शरद ऋतुको नौ (९) ओटा रात्री भनेको हो (Autumnal Nine Nights)। यो न हिन्दुको हो, न बौद्ध, न कुनै बिशेष धर्म या समुदायको। यो त समय ऋतु मौसमको कुरा हो। यो त आइतबार, सोमबार भने जस्तो हो। तसर्थ तपाइले दशैँ (शरद ऋतुको यस ९ रात १० दिन) जसरि माने पनि, नमाने पनि, ऋतु क्रिया त चलेकै हुन्छ।

सबैले आ-आफ्नै हिसाबमा मान्नी हो, कसैले कसैलाई यसरि गर या नगर, दशैँ मान या नमान भनेर कर कार गर्नु शोभनीय देखिदैन।

हिन्दुले आफ्नै तरिकाले (स्थान बिशेषले कतै दुर्गा त कतै राम सम्बन्ध), बौद्धले आफ्नै तरिकाले (बिशेष गरि अशोकको अस्त्र त्याग सम्बन्ध), जैनले आफ्नै तरिकाले (बिशेष गरि ऋषवदेव र ब्राह्मण रावण सम्बन्ध) र सिखले आफ्नै तरिकाले (अस्त्र सम्बन्ध) दशैँ मान्दछन्। यति मात्र होइन, चिन, भियतनाम, जापान, कोरियामा पनि आफ्नै तरिकाको मध्य शरद ऋतुमा ठुलो चाड लाग्दछ।”।

थप्दै म पनि भन्छु हाम्रो तामाङ बोन परम्परा अन्तर्गत घटास्थापना देखि सप्तमी सम्म खेप्प सुङ कताकतै गुरुचनको खेप्प स्याबा पुजा हुन्छ, खेप्प सुङ्को पुजा गरिसकेपछी दहीमा मुछिएको टीका मान्यजन बाट आशीर्वचन सहित टीका लगाउने चलनछ।

गुरुङ र अहिले त तमु भन्छन् क्यारे तमु र तामाङ पू्र्खाउली एकै हुन् त्यसैले मैले बारम्बार भन्दै छु दसैं ठेंट रूपमा नेपालीहरुको पर्व हो।
अब गुरुङको (प्ये) हामी तामाङ बोन परम्पराको “ख्ये” पनि पृथ्वीनारायण बुडाले बाहुनलाई लगाएर सिकाएको भन्न पो आउने हुन की ? निहुँ नै खोज्ने संग के लाग्छ हौ गाम्ले हो !!

-लडश्री गुरुङको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट