मङ्लबार, अशोज १२, २०७८
आइफोनको ‘आइ’को अर्थ के हो ? स्टिभ जब्स्‌ले किन राखे ‘आइफोन’ नाम ?

आइफोनको ‘आइ’को अर्थ के हो ? स्टिभ जब्स्‌ले किन राखे ‘आइफोन’ नाम ?


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज १२, २०७८

काठमाडौं –

अहिले विश्व बजारमा धेरै फोनहरू आएका छन् । स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइल र सबैभन्दा उत्कृष्ट आइफोनलाई नै मानिने गरिन्छ ।

किनभने यो वर्षेनी नयाँ–नयाँ फिचर अनि क्यामराको गुणस्तरका कारण नै हो । यसले भर्खरै मात्र नयाँ सिरिज बजारमा ल्याएको छ ।

जसलाई धेरैले किनेर प्रयोग गरिरहेका छन् । र, केहीले किन्ने तर्खरमा पनि छन् । अहिले यो फोन नयाँ सिरिज वा पुरानो सिरिज सबैको हातमा नभए पनि घरमा एउटा त पक्कै पनि भएको हुनुपर्छ ।

तर के तपाईलाई थाहा छ आइफोनको ‘आइ’ को मतलब के हो ? यासबरे धेरै मानिस अनविज्ञ नै छन् । मानिसले अहिले ‘आइ’ को अर्थ मेरो भन्ने बुझेका छन् ।

तर, यसको अर्थ यतिले मात्र पुग्दैन यसको अर्थ धेरै अनि एकदमै सकारात्मक प्रकारको छ । आइफोन कम्पनीका मालिक स्टिभ जब्सले यसको अर्थ निकै रहेको बताएका छन् ।

आइफोनको ‘आइ’को अर्थ यस्तो छः

आइ– इन्डिभिज्यूअल
आइ– इनफर्म
आइ–इन्स्पायर
आइ– इन्टरनेट

त्यसैले आइफोनको मतलब भनेको ‘आइ’ बाट आउने सबै सकारात्मक चिजलाई समेटेर बनाइएको छ । जसका कारण यो कम्पनी अहिलेसम्म पनि सकारात्मक रुपमा नै चलिरहेको छ ।

आइफोनको विश्वव्यापी रुपमा रहेको बजार स्थापनादेखि अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट