शनिबार, अशोज २, २०७८
अब देशको मुहार फेर्न बिप्लब प्रधानमन्त्री हुनुपर्छ : भीम उपाध्याय

अब देशको मुहार फेर्न बिप्लब प्रधानमन्त्री हुनुपर्छ : भीम उपाध्याय


  • स्वदेश नेपाल
  • शनिबार, अशोज २, २०७८

भीम उपाध्याय नेपाल सरकारका पूर्व सचिव।उनी सामाजिक संजालमा अत्यन्तै सक्रिय र लाखौं फ्लोअर्सले उनलाई पछ्याइरहेका छन्। खरो स्वभावका उपाध्याय राजनीतिक दलका नेता र तिनका खराब प्रवृति बिरुद्ध उत्तिकै खरो रुपमै आलोचना पनि गरिरहेकै हुन्छन्।

स्वदेश नेपाल युट्युबमा कुराकानी गर्दै उपाध्याले एमसिसी बारे राजनीतिक दलको अकर्मण्यताले गर्दा अहिले यत्रो बिरोध र जनतामा आक्रोस पैदा भएको बताए।एमसिसी लिने नलिने नेपाल सरकारको प्रष्ट धारणा हुनपर्ने उपाध्यायको भनाई छ।तर,अबको समयमा एमसिसी नेपालले स्विकार अनि अस्विकार जे गर्दा पनि नेताहरु अफ्ठ्यारोमा पर्ने र उनीहरुको राजनीतिक भविष्य नै धरापमा पर्ने पनि उपाध्यायको बुझाई छ।

नेत्र बिक्रम चन्द (बिप्लब) देशको प्रधानमन्त्री हुने हो भने उनले देशको मुहार फेर्न सक्ने र कांग्रेसका गगन थापा,एमालेका योगेश भट्टराई र माओवादीका जनार्दन शर्मा यी अहिलेका दोस्रो पुस्ताका नेताबाट भने केही राम्रो कामको आशा गर्न सकिने उपाध्यायले बताए।

गाँ,जा खेती देशको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने र सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिएर यसलाई बैध बनाउँन पर्ने जसबाट नेपाली जनताको जीवनस्तर उक्सिनेमा उपाध्याय निकै नै आशाबादी छन्।

नेपालमा धर्म परिवर्तन बिदेशीको पैसामा भईरहेको र यस्ले भोलिका दिनमा निकै ठूलो द्धन्द निम्त्याउँन सक्ने चेतावनी दिदैं उपाध्यायले नेपालमा हुने कुनै पनि प्रकारका धर्म परिवर्तनलाई प्रतिबन्ध लगाउँन पर्ने माग गरे।

हेर्नुहोस् उपाध्याय सँगको कुराकानी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट