बिहिबार, भदौ ३१, २०७८
एमसीसीलाई अनावश्यक राजनीतिककरण गरियो – राजेन्द्र थापा (भिडियो)

एमसीसीलाई अनावश्यक राजनीतिककरण गरियो – राजेन्द्र थापा (भिडियो)


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ ३१, २०७८

नेपाली सेनाका अवकास प्राप्त जर्नेल राजेन्द्र थापा चर्चित बरिष्ठ गीतकार हुन्।उनी गीत लेखनका साथैं साहित्यका अरु बिधामा पनि शसक्त रुपमा कलम चलाउँछन्।

स्वदेश नेपालको युट्यूब च्यानलसँगको कुराकानीमा थापा भन्छन्-‘मलाई लेख्न असाध्यै रमाईलो र आनन्द लाग्छ।र,म दिनमै धेरै गीत लेख्छु।’

थुप्रै बरिष्ठ गायक र संगीतकारले थापाद्धारा लिखित गीतमा स्वर दिएका र संगीत भरेका छन्।’पोहोर साल खुशी फाट्दा,’पर लैजाऊ फूलहरु’ हुँदै ‘क्या बदनामी भो…’ र ‘हंगामा भो…’लगायत थुप्रै-थु्प्रै चर्चित छन्।

पाँच दशक भन्दा अघिदेखि अननरत रुपमा गीत लेखिरहेका थापा उमेरले सत्तरीको हाराहारीमा छन्। थापामा अझैं युवा-जोश र जाँगर छ।गीत लेखन कलामा युवाबर्ग लक्षित गीतमा पनि उत्तिकै सफल छन्।

अहिले देशमा सबैभन्दा जल्दोबल्दो बहस अमेरिकी सहयोग एमसिसीको बारेमा छ।नेपाली जनता एमसिसी चाँहिदैन,एमसिसीले नेपाल र नेपाली जनताको हित गर्दैन भनिरहेका छन् र एमसिसी बिरुद्ध सडकमा उत्रिरहेका पनि छन्।तर,सेनाका अवकास प्राप्त जर्नेल थापा भने एमसिसीले नेपालको अहित गर्दैन भन्नेमा छन्।एमसिसीको सर्तले पनि आत्तिन नपर्ने र चाँहिने भन्दा धेरै एमसिसीको बिरुद्ध राजनीतिकरण भएको बिचार राख्छन्।

अहिलेकै सर्तमा एमसिसी स्वीकार्नु भनेको अमेरिकी सेना नेपाल भित्र्याउँनु हो।जुन चीन घेर्ने अमेरिकी रणनिती हो भनेर प्रश्न गर्दा थापा भन्छन्-‘अमेरिकी सेना नेपाल आएर चीनलाई घेर्छ भने नेपाललाई के आपत्ती ?’

अर्को प्रसंगमा चितवनमा कलाकार तथा अभियान्ता धुर्मुसले बनाउँदै गरेका गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान जुन ठाउँलाई राजा महेन्द्रले दक्षिण एसियाकै ठूलो कृषि अनुसन्धान केन्द्र बनाएका थिए । त्यहि ठाउँ धुर्मुसले अतिक्रमण गर्नू नियोजित र कृषि अनुसन्धान केन्द्र सक्नू रहेको आरोप थापाले लगाए।

हेर्नुहोस् थापासँगको पूरा कुराकानी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट