बुधबार, भदौ ३०, २०७८
असम्भव र निहुँ मात्र खोज्ने माग किन र केका लागि ल्यायो त एमालेले ?

असम्भव र निहुँ मात्र खोज्ने माग किन र केका लागि ल्यायो त एमालेले ?


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

एमालेको माग कस्तो हो भने ‘घरको कान्छो छोराले बाउलाई घरबाट निकाल, नत्र म पनि बस्दिन, अरुलाई बस्न नि दिन्न’ भने जस्तै हो । यस्ता असंभव र निहुँ मात्र खोज्ने माग किन, के के र कसरी ल्यायो त एमालेले ?

एमालेले गरेका माग

१, माधब नेपाल सहित १४ जना सांसदलाई संसद भवन भित्र पस्नै नदे । तुरुन्त कारवाही गरेर बाहिर निकाल । २, दल फुटाउन भुमिका खेलेकोले सभामुख अग्निप्रसाद सापकोटाले आत्मालोचना गर वा राजीनामा दिएर मार्ग प्रशस्त गर ।

किन ल्यायो यस्ता माग एमालेले ?

१, सत्ताबाट बाहिरिनु पर्दा को छट्पटी । २, माधब नेपालहरुले बैधानिक पार्टी निर्माण गर्नु ।

एमाले कसरी यस्तो बन्छ ?

१, सत्ता दोहनमा लाग्ने अवसर गुमेकोले २, पहिलो पार्टी भएर पनि सत्ता चलाउन नपाएकोले

एमाले आँफैले माधब नेपाल बिरुद्ध अदालतमा मुद्धा हालेका छन् । यो मुद्धा अदालतमा चलिरहेको छ । अदालतमा चलेको मुद्धा संसदमा त के बाहिर पनि प्रभावित पार्ने गतिबिधी गर्न पाईंदैन । यो कुरा संबिधानले स्पष्ट भनेको छ । तर, यहि बिषय अहिले एमालेले संसदमा उठाएर सबिधान बिपरित काम गरेको छ । अदालतको फैसला आएपछि चित्त बुझेन भने अरु प्रक्रिया हुन सक्छन् । तर, अहिले चल्दै गरेको मुद्धाका बिषय उचालेर एमालेले गर्न चाँही खोजेको के हो ?

यदि सांच्ची नै सभामुखले नियम कार्यान्वयन गर्ने हो भने संबिधान बिरुद्धको क्रियाकलाप गरेको दोषीको आधारमा एमाले सांसदलाई कारवाही गर्नुपर्छ । संसद भित्र सभामुख जस्तो गरिमा पदमा बसेको व्यक्ति बिरुद्ध बोलेको छ, बुई चढेर नारा लगाएको छ, कर्मचारीहरुको हात टोकेको छ ।

के सांसदमा हुने गुण यिनै हुन् ?? के सांसदको योग्यता कर्मचारीको हात टोक्ने, बुई चढेर सभामुख बिरुद्ध तथानाम बोल्ने हो ?? यो कस्तो राजनीति प्रशिक्षण हो एमाले भित्र ? कस्तो प्रशिक्षण पाएका हुन् एमालेका सांसदले ? एक पटक गंभिर भएर सबैले सोच्ने कि ।

वरिष्ठ पत्रकार विनोद त्रिपाठीको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट