शुक्रबार, भदौ १८, २०७८
एक मिनेटभित्र इन्टरनेटमा के–के हुन्छ ? जान्नुहोस् यी रोचक तथ्यहरु

एक मिनेटभित्र इन्टरनेटमा के–के हुन्छ ? जान्नुहोस् यी रोचक तथ्यहरु


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ १८, २०७८

एजेन्सी – आधुनिक मानव समाजको सम्भवतः सबैभन्दा ठूलो आविष्कार इन्टरनेट हो। परेवाको खुट्टामा चिठ्ठी पत्र बाँधेर, कटुवाल कराएर तथा ढ्याङ्ग्रो ठोकेर सूचना प्रवाह गर्दै आएको मानव समाज आज एक क्लिक वा इन्टरका भरमा संसारका कुनैपनि कुनाका सूचना आदानप्रदान गर्न सक्षम भएको छ।

अहिलेको मानव समाजको अर्थतन्त्र, राजनीति र सामाजिक संरचनाको केन्द्र नै इन्टरनेट बनेको छ। अहिले इन्टरनेट एकदमै व्यस्त छ।

संसारभरका कम्प्युटरहरूको यस सञ्जाल मानवजीवनको महत्वपूर्ण अंग नै हुन पुगेको छ। व्यस्त भनिएको इन्टरनेट कति चाहिँ व्यस्त छ? इन्टरनेटको अस्तव्यस्तताबारे सामान्य चित्रण यसमा एक मिनेटभित्र हुने गतिविधीबाट अनुमान लगाउन सकिन्छ।

लोरी लिविसले संकलन गरेर ‘अल एक्सेस’ वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२१ मा इन्टरनेटमा एक मिनेटभित्र निम्न गतिविधी हुन्छन्ः

१. भिडियो प्लेटफर्म युट्युबमा ५ सय घण्टा बराबरको भिडियो अपलोड

२. १९ करोड ७६ लाख इमेल आदनप्रदान

३. अनलाइन डेटिङ एप टिन्डरमा २० लाख वटा ‘स्वाइप’

४. १६ लाख अमेरिकी डलर बराबरको कारोबार

५. ५ हजार टिकटक एप डाउनलोड

६. फेसबुक मेसेन्जर र ह्वाट्सएप मार्फत् ६ करोड ९० लाख सन्देश

७. इन्स्टाग्रममा ६ लाख ९५ हजार ‘स्टोरी’ सेयर

८. नेटफ्लिक्समा २८ हजार सब्स्क्राइबर सक्रिय

९. ‘लिंक्डइन’मा ९ हजार १ सय ३२ कनेक्सन

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट