बिहिबार, साउन २१, २०७८
देशको सम्पूर्ण राजनीति विदेशी दलालहरुको कब्जामा गएको देखेर गणेशमान यसरी विरक्तिए…………

देशको सम्पूर्ण राजनीति विदेशी दलालहरुको कब्जामा गएको देखेर गणेशमान यसरी विरक्तिए…………


  • -महेश्वर श्रेष्ठ
  • बिहिबार, साउन २१, २०७८

गणेशमानको पार्टी परित्यागको खास कारणहरु-

नेपाली कांग्रेसका संस्थापक तीन नेता मध्येका स्व. गणेशमान सिंहको पार्टी परित्याग बारे अनेक भनाई सुन्न पाइन्छ। कोही भन्छन अनेक जोडबलका बाबजूद २०४८ सालको गिरिजा सरकारमा उनका मान्छे नपरेको, राजदूत सम्मेलन हुन नदेको रीसमा पार्टी छोडेका हुन। तर यो सत्य होइन।

राजा बिरेन्द्रले प्रधानमंत्री बन्न अफर गर्दा आन्दोलनको कमाण्डर नै सत्तामा गए त्यसको नवजात उपलब्धिलाई कसले जोगाउंछ भन्दै अर्का नेता केपी भट्टराईलाई प्रधानमंत्री बन्न पठाएका थिए। सत्तामोह नभएका यस्ता त्यागी नेताले आफ्ना केहि मान्छेलाई मन्त्री राजदूत बनाइदिएन भनेर पार्टी छोडेको भन्नु बिलकुल वाहियात हो। उहांलाई सत्तालोलुप र जातिवादी जस्तो देखाएर बदनाम गर्ने षडयन्त्र मात्र हो।

अर्का थरी मानिस के भन्छन भने पार्टी भित्र गिरिजाले गरेको अपमान र अत्याचार सहन नसके पछि गणेशमान सिंहले पार्टी छोड्नु भएको हो। यो भनाई गलत मात्र होइन हास्यास्पद पनि छ। आततायी राणा शासकहरुसंग मुखामुख बोल्न नडराउने, आजीवन कारावास सजाय दिइंदा पनि माफी नमागेर उल्टो जेल तोडेर फरार भै चुनौती दिने लौहपुरुषले गिरिजाको अत्याचार सहन नसकेको भन्नु नादानी मात्र होइन उहांको अपमान हो।

त्यसो भए खास कारण के थियो त ?

कारण थियो उहां भित्रको अपार देशभक्ति र अदम्य राष्ट्वाद। पार्टी भित्र राष्ट्रीय भावनालाई जोगाउन उहांले अथक प्रयत्न गर्नु भयो। उहांका पक्षधरहरुले पार्टी फोड्ने सम्मलित हदसम्म नगएका पनि होइनन। जगन्नाथ आचार्यको नेतृत्वमा गठित नेपाली कांग्रेस पार्टी त्यसको नमूना हो जसलाई गणेशमान सिंहको अप्रत्यक्ष तर बरद साथ थियो।

तर यसले मात्र कांग्रेस संस्थापन पक्षको रौं हल्लाउन सकेन। ३० वर्षदेखि सत्ताले भोकाएका कांग्रेसीजन सत्ता रुपी सिनोमा मुख जोत्न मै मस्त रहे, गणेशमानको भनाई र भावनालाई कसैले वास्ता गरेनन, महत्व दिएनन।

गिरिजाले देशलाई झुक्याएर गर्न खोजेको टनकपुर सन्धीलाई मदन भण्डारी नेतृत्वको प्रतिपक्ष र सर्वोच्च अदालतले समेत असफल पारिदिएकोमा राहतको सास फेर्नु भएका गणेशमानजीलाई मदन-आश्रितको दुर्घटनाको नाममा भएको शंकास्पद मृत्युले गहिरो आघात पुर्यायो।

यो घाउमा खाटा पर्न नपाउंदै ५१ सालको कम्युनिस्ट सरकारले पहिले कसैले कहिल्यै नसुनेको महाकाली नदी एकीकृत विकास परियोजनाको प्याकेज भित्रको राष्ट्रघाती प्रावधानलाई बुझेर यसलाई संसदले पारित गर्ने निश्चित देखिए पछि उहांले “यो सन्धिमा सही गर्नु भनेको (देशको) मृत्यु पत्रमा सही गर्नु हो” भनेर ठाडो विरोध गर्नु भयो।

तर आफ्नै पार्टीको सरकार र अगुवाईमा त्यस राष्ट्रघाति सन्धिलाई तत्कालिन संसदको अत्यधिक बहुमतले पारित गरेरै छाड्यो। यसरि आफैले जन्माएको पार्टी लगायत देशको लगभग सम्पूर्ण राजनीतिमा विदेशी दलालहरुको कब्जामा गएको देखेर उहां सारै विरक्तिनु भयो र पार्टीसंगको संबंधलाई पुरै विच्छेद गर्नु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट