बिहिबार, भदौ १०, २०७८
के हो डार्क वेब ? यसको प्रयोग कहाँ र कसरी गरिन्छ ?

के हो डार्क वेब ? यसको प्रयोग कहाँ र कसरी गरिन्छ ?


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ १०, २०७८

एजेन्सी –

तपाईहरुले कतै न कतै डार्क वेबको नाम सुन्नु भएको होला। डार्क वेब हजारौं वेबसाइटहरुको कलेक्सन हो।

टेक्नोलोजीका कारण मानिसहरु अहिले धेरै एड्भान्स भइसकेका छन्। विश्वमा हजारौं कालोबजारीको धन्दा चल्छ। उक्त कालोबजारीलाई कसरी सुरक्षित गर्ने भनेर डार्क वेबको डिजाइन भएको बताइन्छ।

यहाँ भएका सम्पूर्ण वेबसाइटहरुले आफ्नो आईपी एड्रेसलाई लुकाउन टोर र आई टु पी जस्ता एनोनिमस (अज्ञात) टुलहरुको प्रयोग गर्दछन्।

यसले गोप्य विसलब्लोइङ अर्थात् खराब कार्यको सूचना गोप्यरुपमा गर्न र प्रयोकगर्तालाई निगरानी र सेन्सरसिपबाट सुरक्षा दिन्छ। किनकि डार्क वेबभित्र रहेका वेबसाइट र सञ्जालहरुलाई औसत इन्टरनेट प्रयोगकर्ताबाट लुकाइएको हुन्छ र यो एकदमै इन्क्रिप्टेड अर्थात् कोड भाषामा राखिएको हुन्छ।

कतिपयले मानिसले यसलाई खराब टेक्नोलोजीका रुपमा व्याख्या गरिरहेका छन्। यसले इन्टरनेटमा आपाराधिक क्रियाकलापलाई सघाउने उनीहरुको आरोप छ। तर ब*न्दुक, ला*गुऔ*षध र इलिगल पो*र्न हेर्नबाहेक यहाँ लग इन गर्नका अन्य राम्रा कारण पनि छन्। डार्क वेब वास्तवमा डिप वेबको एउटा उपशाखा हो। डिप र डार्कलाई सामान्यतया पर्यायवाची शब्दको रुपमा प्रयोग गर्ने गरिन्छ।

औसत इन्टरनेट प्रयोगकर्ताको पहुँच पुग्न नसक्ने अथवा लुकाइएका सम्पूर्ण वेबहरु डिप वेबभित्र रहेका हुन्छन्। वास्तवमा यो ती सम्पूर्ण यत्रतत्र तथ्यांक, वेब पेजहरु र जुनसुकै कुराहरु रहेको एउटा ठाउँ हो, जसलाई कानुनी रुपमा हेर्न मिल्दैन अथवा हेर्नका निम्ति विशेष अनुमति आवश्यकता पर्दछ।

यसभित्र वेबसाइट ब्याकेन्ड पनि पर्छ। कुनै समय डार्क वेबलाई एउटा गहिरो र गोप्य साइबर भूमिगत विश्वका रूपा चिनिन्थ्यो। जहाँ इन्टरनेटको ९० प्रतिशत विश्व लुकेर बस्ने बताइन्थ्यो। तर, आज यो परिभाषा बदल्नुपर्ने समय आएको छ।

वास्तवमा डार्क वेब त्यति गहिरो छैन र यहाँ इन्टरनेटको ९० प्रतिशत जगत लुकेर पनि बसेको छैन। यो त्यस्तो गोप्य पनि छैन। वास्तवमा डार्क वेब त्यस्ता वेबसाइटहरुको कलेक्सन हो, जुन सार्वजनिक रुपमै देख्न सकिन्छ।

तर यीनलाई सञ्चालन गर्ने सर्भरको आईपी एड्रेस भने त्यहाँ लुकाइएको हुन्छ। यसको अर्थ डार्क वेब भित्रका साइटहरु जसले पनि भिजिट त गर्न सक्छन्। तर, त्यो साइटलाई कसले होस्ट गर्छ र कसरी होस्ट गर्छ भनेर थाहा पाउन सकिँदैन।

तपाई यदि डार्क वेबमा जान चाहानुहुन्छ भने आफ्नो वास्तविक नाम, इमेल एड्रेस र फोटो कहिल्यै प्रयोग नगर्नुहोस्। सामान्य वेबमा प्रयोग गरेको जस्तो पासवर्ड प्रयोग नगर्नुहोस्।

माइक्रोफोन डिसकनेक्ट गर्नुहोस्। आफ्नो वेबक्याम ट्याप अप गर्नुहोस् र आवाज बन्द गर्नुहोस्। यदि तपाई त्यसमा गएर लापरबाही गर्नु हुन्छ भने तपाइको जीवन ह्याकरको साथमा हुने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट