शनिबार, साउन २३, २०७८
एमसीसी पारित भए नेपालको स्वाभिमान चकनाचुर हुन्छ, हुबहु पारित हुनुहुँदैन : पूर्व प्रधानसेनापति कटवाल

एमसीसी पारित भए नेपालको स्वाभिमान चकनाचुर हुन्छ, हुबहु पारित हुनुहुँदैन : पूर्व प्रधानसेनापति कटवाल

यो पास गराउन खोज्ने नेताहरु नेपाली हुनसक्दैनन


  • स्वदेश नेपाल
  • शनिबार, साउन २३, २०७८

भुतपूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले विवादित अमेरिकी सहयोग एमसीसी हुबहु पारित भए नेपाल र नेपालीको स्वाभिमान चकनाचुर हुने जिकिर बताएका छन् ।

काँग्रेसकै पालामा सम्झौता भएर हाल संसदमा विचाराधीन रहेको एमसीसीको विषयमा विवाद कायमै रहेको बेला भुतपूर्व प्रधानसेनापति कटवालले यस्तो विचार राखेका हुन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत कटवालले भनेका छन् ‘म फेरि भन्छु, एमसीसीमा लेखिएका प्रावधानसहित त्यसमा पनि संसदबाट पास गराएर लागू गर्दा नेपालको सम्प्रभुता, स्वाधिनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ’।

एमसीसीमा भएका देश हित विपरितका प्रावधानहरु हटाउनुपर्ने भन्दै उनले जस्ताको तस्तै पारित गराउन खोज्नेहरू नेताहरु नेपाली हुनै नसक्ने उनको जिकिर छ ।

‘यस्तो हालतमा एमसीसी पास गराउन खोज्ने नेताहरु नेपाली हुन सक्तैनन्ने’, उनको भनाइ छ, ‘नेपाली हुँ भनेर गौरव गर्ने स्वाभिमानी सम्पूर्ण नेपालीहरुले घोर विरोध गर्नैपर्छ । कुनै पनि हिसाबले यही हालतमा एमसीसी पास हुन दिनुहुँदैन ।’

आफ्नै पालमा सम्झौता भएको एमसीसी संसदबाट अनुमोदन कार्यान्वयनमा लगाउने पक्षमा देउवा सरकार रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट