शनिबार, जेष्ठ २९, २०७८
कस्ताे छ मंगल ग्रह ? चिनियाँ रोभरले खिचेका तस्वीरहरु हेराैं

कस्ताे छ मंगल ग्रह ? चिनियाँ रोभरले खिचेका तस्वीरहरु हेराैं


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ २९, २०७८

मंगल ग्रहमा पुगेर चिनियाँ रोभरले खिचेका तस्वीरहरु सार्वजनिक गरिएको छ।

मंगल ग्रहको सतहमा गुडिरहेको चुरोङ रोभरले खिचेका तस्वीरहरु चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन(सीएनएसए)ले ले सार्वजनिक गरेको हो। अमेरिका पछि मंगल ग्रहको सतहमा रोभर अवतरण गराउने दोस्रो मुलुक चीन हो।

मंगल ग्रहको सतहका साथै मार्सियन सतहमा रोभरले सेल्फी लिएको तस्वीर समेत सीएनएसएले एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। गत बिहीबार अमेरिकाको एरिजोना विश्वविद्यालयले मंगल ग्रहको सतहमा रहेको चीनको चुरोङ रोभरको स्याटेलाइट तस्बिर सार्वजनिक गरेको थियो।

करिब सात महिनाको अन्तरिक्ष यात्रापछि रोभर गत मेमा मंगल ग्रह पुगेको थियो। मंगल ग्रहको कक्षमा तीन महिनासम्म परिक्रमा गरेर चुरोङ रोभर त्यहाँ पुगेको थियो। सन् २०२० को जुलाईमा चीनले मंगल ग्रह तियान्वेन–१ मिसन सञ्चालन गरेको थियो। चीनको यो सफलतालाई अन्तरिक्ष खोजमा ठूलो सफलताको रुपमा लिइएको छ।

चीनले तियान्वेन मिसनबारे थोरै जानकारी मात्र सार्वजनिक गरेको छ। तर यो रोभरले मंगल ग्रहको सतहको नक्सांकन र त्यहाँ जीवको अस्तित्वको खोज गर्नेछ। तियान्वेन–१ यानमा एउटा अर्बिटर, ल्यान्डर र रोभर छ।

चीनको यो रोभर मंगल ग्रहको उत्तरी गोलार्धस्थित युटोपिया प्लेनेसिया भू–भागमा अवतरण गरेको थियो। त्यहाँबाट पृथ्वीमा रेडियो सन्देश पु¥याउन करिब १८ मिनेट लाग्छ। पृथ्वी र मंगल ग्रहबीचको दूरी ३२ करोड किलोमिटर छ।

चिनियाँ मंगल मिसनलाई अन्तरिक्ष अन्वेषणको एक महत्वपूर्ण हिस्साको रुपमा लिइएको छ। सन् २०२० मा चिनियाँ यानले चन्द्रमामा अवतरण गरेर केही नमुना लिएर पृथ्वीमा फर्किएको थियो। उक्त मिसनपछि अमेरिका र सोभियत युनियनपछि चन्द्रमाबाट लुनर नमुना लिएर फर्कने तेस्रो मुलुक बनेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट