शनिबार, बैशाख ४, २०७८
यी हुन् ओझेलमा परेका नेपाली कम्प्युटर वैज्ञानिक, नेपालमै थियो कम्प्युटर कारखाना (भिडियोसहित)

यी हुन् ओझेलमा परेका नेपाली कम्प्युटर वैज्ञानिक, नेपालमै थियो कम्प्युटर कारखाना (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ४, २०७८

काठमाडौं । मुनि शाक्य, नेपालका पहिलो कम्प्युटर वैज्ञानिक। उनले विदेशमा पढ्ने मौका पाए तर स्वदेशमा फर्किएर कम्प्युटर बनाए। जसले विश्वभर चर्चा पाएको थियो। सन् १९८० को दशकमा कम्प्युटर बनाउनु चानचुने कुरा थिएन। फ्रान्समा पढेर र अत्यावश्यक सामग्री उतैबाट ल्या’एर मुनि शा’क्यले नेपालमै माइक्रो कम्प्युटर बनाए। देवनागरी लिपीसहितको नेपाली कम्प्युटरले विश्वभर चर्चा कमायो। किनकी त्यो बेला नेपालको लागि मात्र होइन दक्षिण एशियामै कम्प्युटर आविष्कार नौलो थियो।

मुनि शाक्यसँग ज्ञान थियो। सिप थियो। त्योसँगै थियो औधी जाँगर। पैसा कमाउनकै लागि, आरामदायी जीवन बिताउनकै लागि उनीसँग थुप्रै विकल्पहरु थिए। तर, विदेशमा लामो समय बसेकाले देशको महत्व उनलाई राम्रैसँग महसुस भएको थियो। त्यै बुझेर नै उनी गतिला प्रस्तावहरुको पर्वाह नगरी स्थायी रुपमै स्वदेश फर्के। नेपालमै त्यो समय करिब चार करोड खर्चेर कम्प्युटर कारखाना खोले।कारखानामा ४०/५० जना कामदार थिए। धुलोले भरिएको यहि कारखानाबाट कम्प्युटरहरुको उत्पादन हुन्थ्यो। जसमध्ये सुरुवातमा सन् १९९४ तिर कृषि बिकास बैंकले १९ ओटा कम्प्युटर किनेको थियो।

सरकारले जति किन्यो मन लागेर होइन कर बलले नै किन्यो। नेपालमा बनेको कम्प्युटर नि चल्छ र भनेजस्तो गर्थे मान्छेहरु। तर, मुनि शाक्यले अमेरिकामै हजारौँ कम्प्युटर बनाएर आएका थिए। त्यसैले उनले बनाएका कम्प्युटर प्राविधिक रुपमा पुर्ण थिए। गुणस्तर हेरेर नै नेपालमा कार्यरत विदेशी संस्थाहरुले समेत त्यी कम्प्युटर किनेका थिए। किनकी नेपालमा बनाइएका कम्प्युटर बलियोसँगै २५ प्रतिशत सस्तो पनि थियो।मुनि शाक्यले कम्प्युटर बनाउन युट्युब र अनलाइन हेरेर सिक्न पाएका होइनन्।

रात दिन नभनी निरन्तरको अध्ययन अनुसन्धानबाट नै नेपालमा कम्प्युटर निर्माणसँगै अन्य थुप्रै नयाँ कुराहरुको आविष्कार सम्भव भएको हो।विश्वका थुप्रै देशमा पुगेका मुनि शाक्य नेपालको हावापानीदेखि नतमष्तक देखिन्छन्। तर विज्ञान प्रविधिलाई बेवास्ता गर्दा देशै पछाडि परिरहेको महसुस उनलाई भइरहेको छ। तै पनि उनि आफ्नो बुढेसकालमा समेत नयाँ नयाँ कुराको खोजी गरिरहेकै हुन्छन्। युवा पुस्ता पनि त्यस्तै आग्रह गरिरहेकै हुन्छन्। भन्छन् अझै आशावादी छु, मेरो आशा मर्‍या छैन।-Osnepal बाट

प्रतिक्रिया
सम्बन्धित समाचार