सोमवार, चैत्र २३, २०७७
‘नेपाल आउँदा फेरि घर आएजस्तो लागेको छ’ – प्रख्यात बैज्ञानिक सोनाम वाङचुक (भिडियोसहित)

‘नेपाल आउँदा फेरि घर आएजस्तो लागेको छ’ – प्रख्यात बैज्ञानिक सोनाम वाङचुक (भिडियोसहित)


  • स्वदेश नेपाल
  • सोमवार, चैत्र २३, २०७७

भारतीय बैज्ञानिक सोनामवाङचुक कै जीवनबाट प्रभावित भएर भारतीय अभिनेता आमिर खानले सन् २००९ मा ‘थ्री इडिएट्स’ नामक सिनेमा बनाएका थिए । तर, सोनामले भने उक्त चरित्र आफूबाट प्रभावित नभएको जिकिर गर्दै आएका छन् ।

आविष्कारक तथा सन् २०१८ मा रोमन म्यागेसेसे पुरस्कार पाएका सोनाम वाङ्चुक भारतको उत्तर पश्चिम हिमाली क्षेत्रमा काम गर्छन् ।

‘नेपाल आउँदा फेरि घर आएजस्तो लागेको छ,’ भन्दै बोल्न सुरु गरेका सोनामले हिमालय क्षेत्रमा सीपको विषयमा केन्द्रित भएर बोलेका थिए ।

भारतीय दूतावास र ग्लोकले सोल्टी होटलमा आयोजना गरेको कार्यक्रममा सोनामले बोलेका कुरा हेर्नुहोस् भिडियोमा :

अभिनेता आमिर खान अभिनित सन् २००९ मा रिलिज सुपरहिट बलिउड फिल्म ‘थ्री इडियट्स’ मा उलेख गरिएका र्यान्चो यानी फुङसुक वाङ्डू नामका ती वैज्ञानिकको चरित्र वास्तविक जीवनमा आधारित छ।

उक्त चलचित्रमा भनिएका फुङसुक वाङ्डूको वास्तविक नाम वैज्ञानिक सोनाम वाङचुक हो । चलचित्रमा भनिए झैँ डाक्टर सोनाम वाङचुकले अनेकौं आविस्कार गरेका छन् ।

दैनिक व्यवहारमा विज्ञानको प्रयोगलाई बढावा दिने र त्यसबारे ज्ञान बाँड्ने वाङचुक शैलीबाटै ‘थ्री इडियट्स’ का वाङ्डू चरित्र विकास भएको हो।

तिनै सोनाम १५ चैतमा भारतीय दूतावास र ग्लोकल नामक संस्थाको आमन्त्रणमा नेपाल आएका थिए । नेपाल आएको समयमा उनले महावीर पुनलाई भेट्न कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा पुगेमा थिए सोनाम ।

यो पनि पढ्नुस – थ्री इडियट्स’ का फुङसुक वाङ्डूले महावीर पुनलाई दिएको सरप्राइज उपहार !

पुनले आफ्नो ट्वीटरमा वाङचुकले बोल्दै गरेको भिडिओ हाल्दै लेखे, ‘आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख, भारतबाट प्रख्यात वैज्ञानिक सोनाम वाङचुक आउनुभयो। उहाँले नेपालीमा बोलेको भिडियो हेर्नुस्। थ्री इडियट्स भन्ने आमिर खान हिरो भएको फिल्म धेरैले हेर्नुभयो होला। सो फिल्म उहाँको जीवनमा आधारित थियो। अब उहाँसँग सहकार्य गरिन्छ।’

पुनले सार्वजनिक गरेको भिडिओमा वाङचुकले भनेका छन्, ‘हाम्रो लागि आविष्कार न्यूयोर्कबाट आउँदैन, न्यूदिल्लीबाट आउँदैन, हामीले नै गर्नुपर्छ, पहाडहरूको सन्दर्भ हेरेर।’

वाङचुकसँग उनको पहिलेदेखि चिनजान थिएन। उनी पुनको निम्तोमा नेपाल आएका पनि होइन रहेछ। अर्कै कार्यक्रमका लागि नेपाल आएको मौका पारेर वाङचुकले आफूजस्तै म्यागासेसे विजेता पुनसँग सम्पर्क गरेका रहेछन्।

झन्डै एक घन्टा केन्द्रमा बिताएका वाङचुकले आफू मिलेर काम गर्न तयार रहेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार