काठमाण्डौ : साधारण पोसाक अनि खुट्टामा चप्पल लगाएका महान वैज्ञानिक विचार भएका डा. महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सयोग र समर्थन गर्न यूवाहरु निकै कृयाशिल भएका छन् । सोहि क्रममा विदेशमा रहेका नेपालीहरुको सहयोगमा आविस्कार केन्द्रले कोरोनाको लडाईमा सरकारलाई आवश्यक पर्ने विभिन्न स्वास्थ सामग्री बनाएर हस्तान्तर गरिरहेको छ । मंगलबार अबेर राति आविस्कार केन्द्रका अध्यक्ष पुनले यस कारण स्वास्थ सामग्री निशुल्क बाड्छौ भन्दै लामो फेसबुक स्टाटस लेखेका छन्।
पुनले लेखेको स्टाटस् जस्ताको तस्तै:
राष्ट्रिय आविष्कार केन्द्रले पैसा नलिईकन कोरोनाको सामानहरु बाड्ने कारण पढ्नुहोस:
राष्ट्रिय आविष्कार केन्द्रले बिभिन्न चिजहरु बनाएर पैसा नलिईकन वितरण गरिरहेको छ. अब स्वाब लिने सुईरो पनि बनाएर स्वास्थ्य मन्त्रालय मार्फत बाड्ने छ. धेरैले ति सामानहरु सित्तैमा नबाड़नुहोस् र सामानको परेको मुल्य लिएर बाड्नु होस् भनेर सल्लाह दिनु हुन्छ. राष्ट्रिय आविष्कार केन्द्रले सित्तैमा बाड्ने कारण यस प्रकार छ.
ति सामानहरु बनाउनको लागी धेरै दाताहरुले पहिले नै आविष्कार केन्द्रले कोरोनाको रोकथामको लागी जे जे बनाउन सक्छ बनाएर वितरण गरोस भनेर दान गर्नु भएको छ. हामीले पनि त्यहि पैसाले जे जे सकिन्छ बनाएर सित्तैमा पैसा नमागीकन वितरण गरिरहेका छौं. सामानहरु लिएर दान गर्न चाहनेहरु लाई हामीले बैंकको खाता दिएका छौं. अझै पनि यो काम कोरोनाको महामारी नसकिउन्जेल सम्म गरिनेछ.
यसरी दान गर्ने दाताहरु बाट राष्ट्रिय आविष्कार केन्द्रले पहिले नै पैसा पाईसकेको हुनाले सामानहरुको मुल्य तोकेर पैसा नलिएको हो. पैसा पाई सके पछि पनि सामानको मुल्य तोकेर फेरी पैसा लियो भने बेईमानी काम गरेको ठहरिनेछ भन्ने सोचेर नै पैसा नलिएको हो. यो मानबिय संकटको घडीमा हामीले जानाजानी ब्यापार गर्न नचाहेको हो. अब लक् डाउन सुरु भए देखि गत हप्ता सम्म राष्ट्रिय आविष्कार केन्द्रले धेरै दाताहरु बाट पाएको दानको रकम र खर्च भएको रकमको छोटकरी विवरण हेर्नुहोस
राष्ट्रिय आविष्कार केन्द्रले लक डाउन सुरु भए पछि गत हप्ता सम्म धेरै दाताहरु बाट पाएको जम्मा दान – रु. 13,355,111 ( एक करोड तेत्तिस लाख पचपन्न हजार एक सय एघार)
अब गत हप्ता सम्म कोरोनाको रोकथामको लागी बिभिन्न काममा राष्ट्रिय आविष्कार केन्द्रमा २५ जना भन्दा बढी अनुसन्धानकर्ताहरुले खर्च गरेको कुल खर्च – रु.12,801,550 (एक करोड अठ्ठाईस लाख एक हजार पाँच सय पचास रुपैंया)
खर्चको विवरण निम्न अनुसार छ,
१. PPE बनाउन लागेको खर्च – रु.4,397,049 २. बुथ, रोबोट, भेन्टिलेटर, एरोसोल र UVC बाकस आदिमा – रु.3,023,461
३. इलेक्ट्रोनिक, मशीन, र अन्य सामाग्रीहरु खरिद – रु.2,908,188 ४. लजिस्टिक, खाजा खाना, अफिस र बिबिध खर्च – रु.1,055,352
५. अनुसन्धानकर्ताहरुलाई २ महिनाको पकेट खर्च – रु.1,355,000 ६. अनुसन्धानकर्ताहरुलाई औषधी खर्च – रु, 62,500
यसरी बचत रु.553,561 (पांच लाख त्रिपन्न हजार पांच सय एकसट्ठी रुपैंया) देखिन्छ. तर अझै पनि पसलेहरुलाई तिर्नु पर्ने ऋणहरु बाँकी छन. साथै अरु धेरै कामहरु जोडतोडका साथ चलिरहेको छ. धन्यबाद.

