सोमवार, बैशाख २९, २०७७
‘हेल्पिङ ह्यान्डस विथआउट बोर्डर्स’ क्यानडाद्वारा कोरोना प्रभावितलाई सहयोग

‘हेल्पिङ ह्यान्डस विथआउट बोर्डर्स’ क्यानडाद्वारा कोरोना प्रभावितलाई सहयोग


  • स्वदेश नेपाल
  • सोमवार, बैशाख २९, २०७७

स्थापनाको छोटो समयमा नै क्यानडा लगायत नेपालमा समेत सामाजीक कार्यमा महत्वपूर्ण भूमिका खेल्न सफल गैर नाफामूलक सामाजीक संथा ‘सिमाबिहिन हातहरु ‘अर्थात ‘Helping Hands Without Borders Canada’ ले कोरोनाका कारण प्रभावित हुनेहरुका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट इमर्जेन्सी कोष मार्फत नगद सहयोग गरेको छ ।

क्यानडा तथा नेपालमा भाइरसका कारण प्रत्यक्ष मारमा परेकाहरुका लागि सहयोग गर्ने हेतुले एक महिना अगि ‘कोभिड-१९ इमर्जेन्सी कोष’ स्थापना गरेको थियो । कोषमा अमेरिका र क्यानडामा बसोबास गर्नेहरुबाट संस्थाले लिएको लक्ष्य अनुरुप ५ हजार एक सय डलर सहयोग प्राप्त भैसकेको संस्थाले जनाएको छ । जम्मा भएको रकम बाट क्यानडाको बिभिन्न कलेज तथा बिश्वबिध्यालयहरुमा अध्ययनरत नेपाली बिध्यार्थीहरु, गोयल्फ जनरल हस्पिटल, सनि ब्रोक हस्पिटल, फूड बैंक क्यानडा, गैरआवासीय नेपाली संघ क्यानडा लगायत नेपालको एक बिपन्न परिवारलाई सहयोग गरेको छ ।

संस्थाले राजनश्री छत्कुलीको संयोजक्त्वमा क्यानाडा भरि बाट १७ सदस्यीय रास्ट्रिय फन्ड परिचालन कमिटी गठन गरि कोष स्थापमा र संचालनको लागी समुदायमा आब्हान गरेको थियो।संस्थाले दिएको सल्लाहा र सूजाब अनुरुप राजन श्री छत्कुली को संयोजक्त्वमा गठित १७ सदस्यीय कोबिड-१९ भैपरी आउने राहत कोष कमिटिले कोष संचालन र परिचालनमा ब्यापक छलफल गरिरहेको उक्त कोषमा क्यानाडा,अमेरिका मा रहेका नेपाली समुदाय तथा अन्य महानुभाबहरुले सहयोग गरेका थिए ।

साथै कोष संचालन र परिचालन को लागि अझै बेबस्थित गर्न अन्जनी राज भट्टराईको संयोजकत्वमा भैपरी आउने राहत कोष ६ सदस्यीय सल्लाहकार कमिटि गठन गरेको थियो ।

आजै एनआरएनए क्यानडाका अध्यक्ष जिरन्जीवी घिमिरेलाई हेल्पिगं ह्यान्ड कोभिड- १९ इमर्जेन्सी कोषका संयोजक अन्जनीराज भट्टराई लगायत संस्थाले अन्य डाईरेक्टरहरु ऋषिकेश घिमिरे, गोपाल पाठक र रबिन्द्र आचार्य मार्फत संथाको तर्फबाट एनआरएनए कोषको सहयोगका लागि चेक हस्तान्तरण गरेका छन्।

संस्थाले कार्यक्रम सफल पार्न आआफ्नो तर्फ बाट महत्वपूर्ण भूमिका खेली यस्तो असहज परिस्थितिमा साथ सहयोग गरि संथाको उद्धेश्यमा हौसला थप्नुहुने सबै दाताहरुमा आभार व्यक्त समेत गरेको छ ।

साथै रास्ट्रिय फन्ड परिचालन कमिटीका संयोजक तथा सस्थाको डाईरेक्टर राजन श्री छत्कुलीले उठेको रकमलाई क्रमस क्यानडाको बिभिन्न कलेज तथा बिश्वबिध्यालयहरुमा करमस लन्डन ओन्टारियो ,ससकेत्चेवन, कयाल्गरी सहरमा अध्ययनरत नेपाली बिध्यार्थीहरु को लागि क्यानडियेन डलर CAD $ १६२०, क्यानडाको बिभिन्न कलेज तथा बिश्वबिध्यालयहरुमा अध्ययनरत नेपाली बिध्यार्थीहरुको सहयोगको लागि एनआरएनए क्यानडाकालाई CAD $ ५५५, गोयल्फ जनरल हस्पिटल गोयल्फलाई CAD $ ४०१ ,सनि ब्रोक हस्पिटल टोरोन्टोलाई CAD $ ४०१ र फूड बैंक क्यानडा लाई CAD $ ४०१, प्रदान गरिने निर्णय भएको र आबसेकता अनुरुप अन्यलाई परिचालन गर्दै जाने जानकारी प्रदान गर्नु भयो ।साथै संस्थाले हाल कोरोनको कारणले हात मुख जोर्न समस्यामा परेको नेपालको काब्रे जिल्लाको को एक बिकट गाउमा रहेको बिपन्न परिवारलाई CAD $ ६२० प्रदान गर्ने निर्णय गरेको जानकारी गर्दै सो फन्ड तथा भैपरी आउने राहत कोषमा सयोग र सद्भाव को लागी सस्थाको डाईरेक्टर ऋषिकेश घिमिरेले सबैलाई आब्हान तथा अनुरोध गर्नु भएको छ ।

हेल्पिङ हेन्डमा अञ्जनि राज भट्टराई , राजन छत्कुली , डाक्टर गोपाल पाठक, रबिन्द्र आचर्य र ऋषिकेश घिमिरे रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट