कोरोनाभाइरसको संकटसंग जुध्न चीनबाट खरिद गर्न लागिएको स्वास्थ्य सामग्री सम्झौतामा ठुलो विवाद देखिएसंगै यसबाट उत्पन्न राजनैतिक झट्का सरकार र सत्तारुढ नेकपाको एकतामा समेत देखिएको छ । वास्तविक मूल्यभन्दा निकै महंगोमा स्वास्थ्य सामग्री खरिद गर्नेगरी गरिएको उक्त सम्झौता सरकारले बुधवार रद्द गरिसकेको छ ।
सो खरिदमा भ्रष्टाचार गरेको आरोपसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रम पोखरेल, स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठ र ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलका सञ्चालकहरूविरुद्ध अख्तियारमा उजुरी हालेका छन ।
साथैप्रधानमन्त्री ओलीले आफूलाई गुमराहमा राखेर खरिद प्रकरणभित्र आर्थिक अनियमितताको खेल रचेको तथ्यसहितको सूचना पाएपछि उनले ओम्नीसँगको सम्झौता खारेज गर्न निर्देशन दिएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।
यहि प्रकरणमा संचारकर्मी रवि लामिछानेले प्रधानमन्त्री ओलीले नै आफ्नो सरकार निकम्मा भएको प्रमाणित गर्दिएको कडा टिप्पणी गरेका छन् । आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्छन् – “सधै बोलेर प्रतिक्रिया दिने प्रमले यसपालि नबोलेरै स्वीकार गरे र आफैले प्रमाणित गरिदिए कि यो सरकार यति निकम्मा भयो कि सामन्य खरिद गर्न समेत लायक भएन।”
यस्तो छ लामीछानेको आजको फेसबुकपोस्ट
बक्तब्य बाजी,छेड्छाड,सिधा वा घुमाउरो व्यंग्य गर्नै पर्दैन।स्वयं प्रधानमन्त्रीले मन्त्रीपरिषद् लाई नै छलेर,कार्यकर्ता,बिज्ञ,सल्लाहकार सबलाई साइड लगाएर सामान खरिद सेना लाई दिएर औपचारिक रुपमा (Officially) स्वीकार गरि सके की तिमिहरु सब “मुख्य जिम्मेवारहरु” नालायक हौ, कसैको बिश्वास छैन। सधै बोलेर प्रतिक्रिया दिने प्रमले यसपालि नबोलेरै स्वीकार गरे र आफैले प्रमाणित गरिदिए कि यो सरकार यति निकम्मा भयो कि सामन्य खरिद गर्न समेत लायक भएन। बाकी लडाइ,झगडा,आरोप प्रत्यारोपको कुनै अर्थ रहेन साथी हो, ब्याट्री जोगाएर बस्नु राम्रो।

यहि प्रकरणमा संचारकर्मी रवि लामिछानेले अस्ति बिहिबार आफ्नो कार्यक्रम सिधा कुरा जनतासंगमा यसरी बोलेका छन् ।
सरकारसंग शक्ति छ, प्रशासन छ, प्रहरी छ एक सय एक कर्मचारी छन्, शेना छन् हतियार छ, जेलनेल सबै छन् तर यति ठुलो शक्ति भएको सरकार जनताका सामान्य प्रश्न सामना गर्न नसक्ने गरि थला परेको छ ।
कति कमजोर भएको होला त सरकार ? मिडियासंग के छ कलम छ, आवाज छ भिज्वल छ । त्यत्रो तोप, बन्दुक, जेल, हत्कडी, प्रहरी, सेना भएको सरकार यति कमजोर र निरिह छ की सामान्य प्रेससंग डिफेन्सिफ पोजिशनमा बस्न बाध्य छ ।
कारण न नियत ठिक छ न नलेज ठिक छ । जनतालाई घरभित्र थुनेर घर फर्किन पाउँ भनी बोर्डरमा गुहार मागिरहेका जनतालाई बोर्डरमा रोकेर महामारीबाट प्राण बचाउन त्रायीमाम जनता घरभित्रभित्रै बन्द हुन बाध्य भएको मौका छोपेर आफु भ्रष्टाचार गर्नेहरुका लागि नेश्नल मिडियामा प्रयोग गर्ने शब्द छैनन् मसंग । यस्तो महामारीमा प्रधान्मन्त्री आफैं बिरामी भएर बसेका छन् ।
“स्वास्थ्यमन्त्री ढकालको पदीय योग्यता एक वार्ड अध्क्षय भन्दा बढी छैन”
अन्य दाबेदारहरुले पद छोड्लान् र आफु खाउला भनेर दाउ हेरेर बसेका छन् । यत्तिका दिनसम्म देशका स्वास्थ्यकर्मिहरुको ज्यानलाई र आम मानिसको ज्यानलाई खतरामा राखेर कमिशनको चक्करमा गिद्धले सीनो लुछेजस्तो देशको सम्पत्ति लुट्न खोज्नेहरुले कोरोना संक्रमण सकिएपछि पनि मास्क नियमित लगाउन ।
महामारीमा पनि नाफा खानेहरुको अनुहार हेर्नपरो भने जनतालाई थुक्न मन लाग्छ र जथाभावि थुक्नु मर्यादा विपरीत कार्य हो ।
नेपालको मात्र होईन सम्भवत संसारकै ईतिहासमा महामारीबाट राष्ट्रको ढुकुटी लुट्ने कुकर्मीहरु जन्मिएका छैनन् । ईटलीका, क्यानडा, बेलायत र भारत लगायतका प्रधानमन्त्रीको सक्रियता हेर्नुस ठिक बिपरीत हाम्रा देशका प्रधानमन्त्री ओछ्यानमा परेका छन् र प्रधानमन्त्रीका वरपरकालाई यो लुट्ने सुवर्ण अवसर बन्यो छि कस्ता मानीसहरुको दस्ता बोकेर यो देशको सम्वृद्धिको सपना बोकीरहनुभएको छ प्रधानमन्त्री ज्यु ? एकपटक चेक गर्नुहोला यीनले बालुवाटारमा तपाईकालागि सप्लायर्स हुने त्यो औषधी र त्यो औषधी निल्ने एक् घुट्को पानीमा पनि कमिशन खाएका छन् ।

