मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

नेपालमा कोरोनाको आंशका लागे यसरी हुन्छ परीक्षण, रविको ‘स्टिङ अपरेशनमा ७ जना माक्स तस्करी समातिए (भिडियो)

प्रधानमन्त्री ओलीका सल्लाहकारहरुलाई नै सल्लाह दिनु पर्ने कस्तो दिन आयो भन्दै रबि यसरी कड्किए


  • स्वदेश नेपाल
  • सोम, चैत्र ३, २०७६

‘सीधाकुरा जनतासँग’को आज ५०८ औं एपिसोड हो । आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै, विभिन्न विषयमा सम्बन्धित निकाय तथा व्यक्ति विशेषसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । निम्न विषयमा विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. नेपालमा कोरोनाको आंशका लागे यसरी हुन्छ परीक्षण !

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९)को सन्त्रास फैलिरहेको समयमा यस भाइरससँग मिल्दा जुल्दा लक्षण देखिएमा कहाँ, कसरी परीक्षण गर्ने ? भन्ने धेरैकै जिज्ञासा छ । यस विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बारम्बार सोधिएका प्रश्न र त्यसको जवाफ सार्वजनिक गरेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड–१९)को सन्त्रास फैलिरहेको समयमा यस भाइरससँग मिल्दा जुल्दा लक्षण देखिएमा कहाँ, कसरी परीक्षण गर्ने ? भन्ने धेरैकै जिज्ञासा छ । यस विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बारम्बार सोधिएका प्रश्न र त्यसको जवाफ सार्वजनिक गरेको छ ।

नेपालमा नोबेल कोरोना भाइरसको परीक्षण सम्बन्धी उठेका केही प्रश्न र जवाफहरु :

१. नोवेल कोरोना भाइरसको परीक्षण कुन ठाउँमा गरिन्छ ?

यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला(NPHL) टेकु काठमाडौमा गरिन्छ ।

२. शंकास्पद कोरोना भाइरस परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना संकलन गर्ने व्यवस्था छ, कि छैन ?

शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने भएकोले नमूना सम्बन्धित अस्पतालले संकलन गरेर यस प्रयोगशालामा पठाउनुपर्ने छ ।

३. संकलन गरिएको नमूना कुन विधि अपनाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन सकिन्छ ?

संकलन गरिएको नमुनालाई Triple pack गरी Cold Chain Maintain(2-8 c˚)गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्नेछ ।

४. नोबेल कोरोना भाइरस परीक्षणको लागि कति पैसा लाग्छ ?

हाललाई यो परीक्षण प्रयोगशालामा निःशुल्क गरिन्छ ।

५. के यो नोबेल कोरोना भाइरस परीक्षण सबैले गराउन पाउँछन् ?

चिकित्सकको परामर्शपछि मात्र यो परीक्षण गराउन सकिन्छ ।

६. कोरोना भाइरस परीक्षणको लागि कुन–कुन नमूना संकलन गरिन्छ ?

कोरोना परीक्षणको लागि Throat Swab, Nasal Swab आदि नमूना संकलन गरिन्छ ।

७. कोरोना भाइरस परीक्षणको लागि नमूना संकलन कति बजेसम्म गरिन्छ ?

VTM संकलन गरिएको नमुनालाई Trople Pack गरी Cold Chain Maintain(2-8 c˚)गरेर ल्याएको खण्डमा २४ सै घण्टा यस प्रयोगशालामा संकलन गरिन्छ ।

८. नोबेल कोरोना भइरस परीक्षणको रिपोर्ट आउन कति समय लाग्छ र कुन ठाउँबाट लिने ?

यसको रिपोर्ट आउन २४ देखि ४८ घण्टासम्म लाग्छ । लिखित रिपोर्ट यसै प्रयोगशालाबाट लिन सकिन्छ । रिपोर्ट सकारात्मक अर्थात भाइरस संक्रमण भएको खण्डमा सम्बन्धित अस्पताल र डाक्टरलाई तुरुन्त जानकारी गराइनेछ ।

२. माक्समा कालो बजारी गर्ने सात जना प्रहरी नियन्त्रणमा

काठमाडौं । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना प्रहरी नियन्त्रणमा परेका छन् ।

प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई नियन्त्रणमा लिएर लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ । उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

३. कोरोना कहर : सार्वजनिक यातायातमा सजकता खै ?

काठमाडौं । विश्वका १५५ देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिसकेको समयमा नेपाल सरकारले पनि यसबाट बच्न व्यक्तिगत सावधानी अपनाउन सबै नागरिकहरुलाई आग्रह गरिरहेको छ ।

सरकारले बढी भीडभाड भएको ठाउँमा नजान, सभा सम्मेलनहरु नगर्न आग्रह गरिरहेको समयमा सार्वजनिक सवारी साधनको यात्रा अहिलेको सबैभन्दा ठूलो समस्या बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट