आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

कम्युनिष्ट सरकारलाई अर्को आपत- अनियमितताबारे प्रश्न सोध्दा अर्थमन्त्रीले होस् पुर्याएर बोल्न भनेपछि (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २३, २०७६

हिजो बिहीबार सरकारले मन्त्रीपरिषद्का बैठकको निर्णय सुनाउन सरकारका प्रवक्ताले आयोजना गर्ने पत्रकार सम्मेलनको दिन । बिहीबार मन्त्रीपरिषद्को निर्णय सरकारका प्रवक्ता खतिवडाले सुनाएपछि संचारकर्मीहरुले विभिन्न खाले प्रश्न राखे । जसमा पत्रकार अशोक अधिकारीले खतिवडाका छोरीज्वाँईं रामशरण खरेल राष्ट्र बैंकको बिराटनगर कार्यालयमा कार्यरत रहँदा भएको झुत्रा नोट जलाउँदाको अनियमिताको बारेमा प्रश्न गरे ।

उनले अर्थमन्त्री खतिवडालाई तपाईको ज्वाँइ भएको आधारमा नै कारवाही नगरेर उल्टै पुरस्कृत गरेको हो ? भन्ने प्रश्न राखेका थिए ।

बिराटनगरमा राष्ट्र बैंकको त्यो नोट विवादसम्बन्धि समाचार पत्रकार अधिकारीले नै सो समाचार आफु कार्यरत अनलाइनमा लेखेका थिए ।

पत्रकार अधिकारीको प्रश्नपछि अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलनमा व्यक्तिगत आक्षेप लगाउने प्रश्न गर्न नहुँने भन्दै पत्रकारलाई आंचारसहिता हेर्न सुझाव दिए ।

हेर्नुहोस पत्रकार अधिकारले प्रश्न सोध्दा मन्त्रि खतिवडाले दिएको जवाफको भिडियो

के हो राष्ट्रबैंक नोटका बन्डल केश ?

यो घटना २०७३ साल साउन १७ को हो। नेपालन्युजडटकममा पत्रकार अशोक अधिकारीले भदौ ५, २०७६मा लेखेको न्युज अनुसार तीन तहको सुरक्षाघेरा र तालाबन्दी रहेको राष्ट्रको ढुकुटी नेपाल राष्ट्र बैंकको नोट बन्डल चोरी एक रहस्यमय देखिएको थियो । छानबिन क्रममा सिसिटिभी फुटेज हेर्दा कार्यालय सहयोगी मुनेश्वर डोमको गतिविधि शंकास्पद देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा नोट धुल्याउने कार्यको लागि मुद्रा व्यवस्थापन (नगद) फाँटअन्तर्गत नोट कटिङ तथा जलान एकाइण्को व्यवस्था गरिएको छ। उक्त एकाइमा सहायक निर्देशक इन्द्रप्रसाद शर्मा र कार्यालय सहयोगीहरु मुनेश्वर डोम, हरिबहादुर तामाङ, मिलाप श्रेष्ठ, आशाकुमारी डोम र सुनेच्री देवी डोम कार्यरत थिए। उक्त समाचारको पुरालिंक यहाँ छ

उनै पत्रकार अशोक अधिकारीले नेपालन्युजडटकममै कार्तिक १७, २०७६ मा “राष्ट्र बैंक नोटका बन्डल चोरी ढाकछोपमा अर्थमन्त्रीका ज्वाँइदेखि डेपुटी गभर्नरसम्म” भन्दै सनसनीपूर्ण खोजमुलक समाचार लेखेका छन् ।

उक्त समाचार अनुसार – नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले दिएको एक तथ्याङ्कको विश्लेषण गर्दा विराटनगर शाखाबाट कटिङ र धुलाईका लागि लगिएका नोटका बन्डल चोरीको घटना ढाकछोप गर्न उच्च तहकै कर्मचारीहरु संलग्न रहेको पुष्टि भएको हो। नेपाल राष्ट्र बैंकको विशेष निरीक्षण प्रतिवेदनका अनुसार वि.सं. २०७४ साउन १७ गते राष्ट्र बैंकको विराटनगर शाखाबाट रकम चोरीको घटना भएको हो।

छानबिनका क्रममा राष्ट्र बैंक विराटनगरमै कार्यरत सहायक निर्देशक इन्द्रप्रसाद शर्मा, अर्का सहायक निर्देशक सुधीर पौडेल र कार्यालय सहयोगी मुनेश्वर डोमलाई ‘अयोग्य नठहरिने गरी’ सेवाबाट हटाएको थियो।

तर, नेपाल राष्ट्र बैंकको विराटनगर शाखा नोटका बन्डल चोरी काण्ड ढाकछोप गर्न अर्थमन्त्री डा. युवराज खतिवडाका आफ्नै ज्वाइँदेखि डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठसम्मले भूमिका खेलेको पुष्टि भएको हो।

डेपुटी गभर्नर शिवाकोटीले उक्त घटनामा अनुसन्धान प्रक्रियामा केही कमजोरी भएको स्वीकारेका छन्।

भिडियोमा हेर्नुस त्यो नोट विवादको बिषय

प्रतिक्रिया
ताजा अपडेट