मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

यिनै हुन् महान चिनिया सैनिक डाक्टर जसले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाइन !


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन २२, २०७६

काठमाडौं। विश्वभर महामारीको रुपमा फै’लिएको कोरोना भाइरस (कोविड(१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ७० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आ’तंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्याक्सिन बनाएको हो ।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो ।शेनको टीमले कोरोना विरुद्धको खोपको ‘क्लिनकल एप्लीकेशन बनाउन सफलता प्राप्त गरेको हो ।

‘यो महा’मारीको रोकथाम र नियन्त्रण नभएसम्म कोरोनाको संक्र’मण रोकिने छैन्,’ शेनले भनिन्, ‘हामीलाई चाहिएको कुरा के हो भने – वैज्ञानिकहरुको एक शक्तिशाली नेतृत्व प्रणाली । ताकि तिनीहरूले विशिष्ट प्रकारका भाइ’रस र की’टाणुहरूको अध्ययन गर्न र अनुसन्धान गर्न सकून ।

मेजर जनरल चीनको सबैभन्दा चिनिएको जैव रासायनिक विशेषज्ञ टोली हो । उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा निमोनियाजस्ता हजारौं मानिसलाई बिरामी पारेको अ’ज्ञात भाइरस बुझ्नको लागि प्रयास गरिरहेका छन् ।

चीनको मिलिट्री मे’डिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ ।यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन् । चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आ’तंक अन्त्य हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट