बुध, चैत्र १९, २०७६
Wed, April 1, 2020

नेपाल प्रहरीले छोराको गल्ती भन्दै आमालाई कु’टे, प्रहरीकै कु’टाईबाट रिक्साचालक अस्पतालमा


  • स्वदेश नेपाल
  • आइत, माघ २६, २०७६

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. प्रहरीको बढ्दो ज्यादती, हाकिमहरु बोल्नै मान्दैनन् – सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ की ज्ञानी तामाङकी १४ वर्षीय छोरा माघ ६ गतेबाट बेपत्ता भए । उनले माघ ८ गते महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठमा खोज–तलासका लागि निवेदन दिइन् । त्यसको १० दिनपछि माघ १८ गते प्रहरी चौकीबाट उनलाई फोन गरेर बोलाइयो ।

छोराको बारेमा केही पत्ता लागेर बोलाइएको होला भन्दै उनी हतार–हतार प्रहरी चौकी पुगिन् । तर, उनी त्यहाँ पुग्दा थाहा भयो कि कुरो अर्कै रहेछ ।

उनका छोरा पढ्ने गरेको जनजागृत माध्यामिक विद्यालयबाट ६ कक्षामा पढ्ने एक किशोरी पनि सोही दिनदेखि हराएकी रहेछन् । सोही किशोरीको बारेमा उनीसँग सोधपुछ गर्न उनलाई बोलाइएको रहेछ ।

तर, प्रहरीले सोधपुछ गर्ने नाममा उनलाई अमानवीय रुपमा निर्घात कुटपिट गरेको उनको आरोप छ । ती किशोरीलाई ज्ञानीका छोराले नै भगाएको र यो कुरा ज्ञानीलाई थाहा भएको भन्दै दुई जना महिला प्रहरीले निर्घात कुटपिट गरेका उनको भनाइ छ ।

प्रहरीले कुटेको गुनासो लिएर हाम्रो कार्यालय आएकी ज्ञानीको शरीरमा निल–डामहरु प्रस्ट नै देखिन्छ । यतिमात्र होइन, उनको ढाड, तिघ्रा तथा शरीरका संवेदनशील अंगमा समेत निल डामहरु छन् ।

ज्ञानी तामाङको हराएका छोराले किशोरीलाई भगाएको कुरा प्रहरीले हालसम्म प्रमाणित गर्न सकेको छैन । छोराले गल्ती नै गरेको भएपनि आमालाई कुट्ने कुरा कुनै हालतमा कानून सम्बत् थिएन ।

उनको गुनासो सुनेपछि हाम्रो टिम ज्ञानी तामाङलाई लिएर महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ पुग्यो । त्यहाँ ती महिलाले हामीलाई आफू कुटिएको ठाउँ देखाउँदै थिइन्, र एक प्रहरीमाथि औंलाले ईसारा गर्दै आफूलाई कुट्न आदेश दिने प्रहरी तीनै भएको बताउँदै थिइन् ।

महिलाले ती प्रहरीलाई कुट्न आदेश दिने तपाई नै हो भनेर औँला ठड्याईरहँदा उनले होइन भन्न सकेनन् । बरु ‘सर आउनुभएको छ । उतै कुरा गर्नुस्’ भने ।

ती महिलाले आफू कुटिएको बताएको कोठामा सीसी क्यामेरा जडान गरिएको थियो । त्यहाँका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई फुटेजबारे सोध्दा क्यमेरा जडान गरिएको भएपनि सञ्चालनमा नरहेको भन्दै यसरी पन्छिए ।

प्रहरी कार्यलयभित्रकै सीसी क्यामेरा सञ्चालनमा नरहेको जवाफ पाएपछि हामीले सीसीटिभी फुटेज लुकाउन खोजेको शंका नगर्न सकेनौं । महिलाले उक्त प्रहरीले नै कुटेको हो भन्दै निल डाम देखाउनु, कुट्न आदेश दिने प्रहरी उहाँ नै हो भनेर औँला ठड्याउँदा ती प्रहरी विषयबाट पञ्छिन खोज्नु र सीसीटिभी क्यामेरा समेत सञ्चालनमा नरहेको बताउनुले शंका गर्ने ठाउँ निकै छोडेको छ ।

त्यस्तै बुटवलमा रिक्सा चलाएर आफ्नो जीवन निर्वाह गर्दै आएका बुटवलका भुवन सिङ्गजालीलाई ड्यूटीमा खटिएका ट्राफिक प्रहरी र जनपथका प्रहरी जवानले कुटपिट गरेर घाइते बनाएका छन् ।

बुटवलको चौराहामा आफ्ना प्यासेन्जर पर्खेर बसेका उनलाई ट्राफिक जाम गराएको भन्दै उनीसँग लाइसेन्स र ब्लूबुक मागेका थिए । तर, लाइसेन्स र ब्लूबुक दिन नपाउदै उनलाई ट्राफिक प्रहरीले बाहिर घिसारे, लात्ती र लठ्ठीले कुटपिट गरे ।

निर्घात कुटपिटपछि उनलाई वडा प्रहरी कार्यालय रामनगर लगिएको थियो । बेहोस् हुने अवस्थामा पुगेपछि उनलाई प्रादेशिक अस्पताल लुम्बिनीमा पु¥याएर उपचारको लागि भर्ना गरिएको छ ।

घाइते भुवन सिङ्गजालीको उपचार आरोपित प्रहरीले गरिदिने सहमति भएको छ ।

२. जनकपुरको राघोबाबा स्कुलमा पुगे मेयर, उत्कृष्ट बनाउने प्रतिबद्धता- धनुषाको नगराइन नगरपालिका २ स्थित राघोबाबा प्राथमिक विद्यालयका विषयमा हामीले रिपोर्टिङ गरेपछि मेयरले अनुगमन गरेका छन् ।

विद्यालयका अधिकांश शिक्षक अनुपस्थित, डेक्स बेञ्चको अभाव, विद्यालयको कक्षा कोठाभित्र पशु चौपाए बाँध्ने गरेको विषयमा हामीले रिपोर्ट प्रशारण गरेका थियौं ।

यस बिषयमा लाइभमा कुरा गर्दै नगराइन नगरपालिका मेयर परमेश्वर यादवले आफूलाई विद्यालयको उक्त अवस्था बारे जानकारी नभएकाले अुनगमन गर्ने बताएका थिए ।

३. जुम्लाको सिञ्जा गाउँपालिकामा पुल बनाउने ठेकेदार तीन वर्षदेखि बेपत्ता – जुम्लाको सिञ्जा गाउँपालिका वडा नम्बर २ रनुखानामा काठको पुल बनाएर खोला वारपार गर्ने गरिन्छ ।

हिउँदको समयमा काठको पुलबाट जेनतेन वारपार गरिएपनि बर्खायाममा बाढीले बगाएर कहाँ पु¥याउने हो, थाहै हुँदैन । खोलामा पक्की पुल नभएपछि स्थानीयहरु काठको पुलबाट जोखिम मोलेरै भएपनि खोला तर्न बाध्य छन् ।

खोलाको छेउमा एउटा ठिङ्ग ठडिएको पिल्लर देखिन्छ । त्यो पिल्लर पक्की पुलको पिल्लर हो । २०७३ सालदेखि उक्त पिल्लर त्यसरीनै एक्लै ठडिएर बसेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट