बुध, चैत्र १९, २०७६
Wed, April 1, 2020

काङ्ग्रेस सांसद पार्वती चौधरी र समाजवादीका नेता जयनाथ यादवमाथि ठगीको आरोप् (भिडियो)


  • स्वदेश नेपाल
  • आइत, माघ १९, २०७६

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ :

१. प्रतिनिधि सभा सांसद पार्वती डिसी चौधरीलाई ठगीको आरोप – नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी चौधरी समानुपातिक तर्फकी सांसद हुन् । उनले २०७४ सालको चुनावताका आफ्नो कार्यकर्ता कृष्णराज पाण्डे र लिला बहादुर थापाबाट ३ लाख र ५ लाख रुपैयाँ लिएकी थिइन्, तर अझैंपनि सांसद चौधरीले सो पैसा फिर्ता गर्न नसकेकी भन्दै उनीहरुले गुनासो गरेका छन् ।

सांसद चौधरीले २०७४ असोजमा स्थानीय कार्यकर्ता टोपबहादुर बिसी मार्फत पैसा हाल्न लगाएकी थिइन् । पाण्डेले सांसद पार्वती डिसी चौधरीको एभरेष्ट बैंकको आफ्नै खातामा ३ लाख जम्मा गरिदिएका थिए ।

२. रौतहटमा समाजवादी पार्टीका नेता जयनाथ यादवको ठगी धन्दा – रौतहटको गरुडा नगरपालिका गेठही निवासी जयनाथ यादव र गरुडा नगरपालिका मै आईटी अफिसरको रुपमा कार्यरत भुपनारायण यादवले आफ्नो छोरालाई अष्ट्रेलिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेका आरोप लागेको छ ।

समाजवादी पार्र्टीका संघीय परिषदका केन्द्रीय सदस्य रहेका जयनाथ यादवले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राज्यमन्त्री योगेन्द्र राय यादवसँग राम्रो चिनजान रहेको भन्दै गरुडा नगरपालिका बसबिटी जिगंडिया निवासी शेख कदिरसँग १० लाख रुपैयाँ नगद र एक करोडभन्दा बढी मूल्य पर्ने ३ कठ्ठा ३ धुर जमिन समेत हडपेको आरोप छ ।

यस्तो छ घटना : आफ्नो छोरालाई अष्ट्रेलिया पठाउन चाहने शेख कदिरको समाजवादी पार्टीको संघीय परिषद्का केन्द्रीय सदस्य रहेका जयनाथ यादवसँग भेट भयो । कदिरले उनलाई छोराको बारेमा बताए ।

३. अनलाइन सपिङ भन्दै ठगी धन्दा – ओखलढुंगाकी समिक्षा पौडेलले फेसबुकमा एउटा विज्ञापन देखिन् । एप्पल स्टोर नामक फेसबुक पेजमा गरिएको उक्त विज्ञापनमा एप्पल कम्पनीका आइफोनहरु निकै सस्तामा पाउने उल्लेख गरिएको थियो ।

जहाँ आइफोन सिक्स एस प्लस नेपाली रुपैयाँ १८ हजारमै उपलब्ध बताइएकोे थियो । त्यसपछि उनले उक्त पेजमा म्यासेज गरी बुझ्दा पेज चलाउने व्यक्ति अमेरिकामा रहेको र नेपालसम्म ल्याउँदा त्यसको मूल्य २५ हजार पर्ने जानकारी पाइन् ।

निकै सस्तोमा आइफोन पाउने भएपछि उनले एउटा आइफोन अर्डर गरिन् । तर, उक्त पेज सञ्चालकले अर्डर गरेपछि १० हजार डिपोजिट गर्नुपर्ने बताए । समिक्षाले नेपाल ईन्भेष्टमेण्ट बैंकमा खाता रहेको प्रेम मुखियाको नाममा १० हजार रुपैयाँ डिपोजिट गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट