बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

अमेरिकी विदेश विभाग अनुसारनै एमसीसी इन्डोप्यासाफिक सैन्य रणनीति अनुसार आएको छ , यसलाई कसरी बुझ्ने !


  • स्वदेश नेपाल
  • आइत, माघ ५, २०७६

-राघवलाल बैद्य

MCC Act 2003 दफा 611(a) ले अमेरिकी सुरक्षा स्वार्थका सवालमा कतै हामी सम्बन्धित त हुँदै छैनौं ।

MCC बारे दस बुदा मार्फत अमेरिकी राजदूतले प्रष्ट पार्नु भएको यत्ती कुरा पहिल्यै किन नभनेको होला लागेको छ  ।तरपनी दोष नेपाली जनमतको मात्र होइन  ।पहिला IPS सङ्ग सम्बन्धित भएको भनेर दुताबास श्रोतले र दक्षिण एशियाका लागि अमेरिकी कार्यबाहक सहायक उपबिदेश मन्त्री David J Ranz ले मङ्गलबार 24 डिसेम्बर, 2019मा धारणा ब्यक्त गरेपछि चारै तर्फ बिरोध बढेको हो ।

अब बल्ल US Embassy को यो दस बुदे स्पष्टिकरण आयो  । त्यही दस बुदा पनि MCC को कुन दफा वा प्रबधानको प्रसङ्गमा हो वा के हो स्पष्ट खुलाइएको भने छैन  । र अझै पनि IPS र MCC को साइनो छैन भन्न हिचकिचाइएको छ । कारण MCC को कुनै प्रावधानले वा MCC Act 2003 को कुनै प्राबधानले IPS लाई समाहित गरेको देखिन्न तर US Department of State को नोभेम्बर 4, 2019 को A Free and open Indo-pacific, Advancing a Shared Vision अनुसार ट्रम्प प्रसाशनले MCC लगायतका एजेन्सीहरु मार्फत Indo-Pacific Strategy को आर्थिक मेरुदण्ड ( एकोनोमिक पिल्लर) को लागि लगानी हुँदै आएको भन्ने सम्मको अमेरिकि सन्दर्भलाइ कसले कसरी बुझ्ने हो त्यो बेग्लै कुरा हो।

नत्र भने त मुलुकको बिकासमा ठुलै भर्थेग गर्ने यस्तो सहयोगलाई नेपालले पन्छाउन हुन्न होला ।

तर MCC Act 2003 को दफा 611(a)ले भने यसतो लाभकारी मुलुकले अमेरिकाको राष्ट्रीय सुरक्षा स्वार्थ बिपरितका कृयाकलापमा सन्लग्न भएमा भने MCC को CEO ले MCC को बोर्ड अफ डाऐरेक्टर सङ्गको परामर्शमा त्यस्तो मुलुकलाइ दिदै आएको MCC अन्तर्गतको सहयोग स्थगन वा भङ्ग गर्न सक्छ ।

यसबाट lndo-pacific strategy ले MCC Act को दफा 611(a) को सुरक्षा छाता को प्रश्नलाइ आफ्नो Economic pillar को रणनिती भित्र समाबेश गरेको अनुमान लगाउन सकिन्छ। सो दफा 611(a) लाई बुझ्दा त अमेरिकी राष्ट्रीय सुरक्षा स्वार्थ बिपरित हलचल गर्न नमिल्ने गरि असन्लग्न परराष्ट्र नितिलाइ बन्धक राखेर MCC स्वीकारेको जस्तो पो हुन्छ कि भन्ने हो ।

त्यसैले यो ब्यबस्थालाइ हामीले गम्भिरतापूर्वक लिनु पर्छ लाग्छ ।तटस्थ राष्ट्रको हैसियत खलबलिने गरि हामी सधै अमेरिकी राष्ट्रीय सुरक्षा स्वार्थको अनुकुल रहि रहने कुरा पनि ब्यबहारिक नहुन सक्छ । अमेरिकी लगानी र विकासको रफ्तार खलबलिने गरि अमेरिका भित्र र बाहिर सम्म बिस्तारित उसको सुरक्षा स्वार्थलाई लिएर अमेरिकालाइ चिढाउन पनि सकिन्न । हो यसरी हामी यहिनेर कुटनैतिक रुपमा बाधिने छौं कि भन्ने हो ।

चिन र छिमेकी राष्ट्र सङ्गको सम्बन्धको माधुर्य र चिनको BRI प्रतिको हाम्रो 2017 को आबद्धता घटनाक्रमका दौरान तलमाथी पर्नेगरी भूमिका निभाउनु पर्ने अवस्था आएमा हामी कुन ध्रुबमा रहने होला । यसको जवाफ हामिले को सङ्ग खोज्ने ? MCC अनुमोदनसङ कुनै सैनिक गठबन्धन वा सैन्य स्वार्थ जोडिएको देखिन्न प्रत्यक्षत: तर त्यो Act को दफा 611को अन्तर्बस्तुले हामिलाइ कुन कुटनैतिक आचरणको निर्देश गर्छ भन्ने प्रसङ्गबाट बेखबर हुन सकिन्न कि भन्ने हो ।

अन्यथा यति ठूलो धनराशिको सडक सबलिकरण र बिद्युत प्रसारण बिस्तार र सबलिकरणको बिकासको सम्भावना रहेको MCC को अनुमोदनको बिकल्प नरहने हो  । र MCC अनुमोदन पनि गरौं तर माथी बिवेचित बस्तुतथ्यलाइ ध्यानमा राखेर बुद्धिमतापूर्ण निर्णय हुनुपर्ने देखिएको छ  के हामी आफ्ना रिजर्भेसन पनि राख्न सक्दैनौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट