आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

एमसीसी भन्दा पनि ड’रलाग्दो रिपोर्ट बाहिरियो- रेमिट्यान्सले नेपालीलाई बनायो अल्छी (भिडियो)


  • स्वदेश नेपाल
  • आइत, माघ ५, २०७६

अहिले सिंगो देश सामाजिक संजाल अमेरिकी सहयोग एमसीसीमय भएको छ । कोहि पक्षमा देखिएका छन् कोहि बिपक्षमा देखिएका छन् । नेपालको भौतिक बिकाशको लागि भनेर पहिलो पल्ट अमेरिकाले ठुलो धनाराशि अनुदान दिदैछ तर यसलाई संसदबाट पारित गराउनु पर्ने बिषयले विवादित बनाएको छ ।

यहि विवादको बीच एमसीसीभन्दा पनि घातकलाग्ने एक रिपोर्ट बाहिरिएको छ । साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स तथा इन्भारोमेन्ट-स्वाती नामको संस्थाले गरेको अध्ययन अनुसार विदेशमा नेपाली युवाले दुःख गरी पठाएको रकमका कारण स्वदेशमा रहनेहरु भने अल्छी भइरहेका छन् ।

विदेशमा रहेका युवाको कमाइले स्वदेशमा घरपरिवार र देशै चलाउन सजिलो भइरहेका बेला यो अध्ययनले बेग्लै निष्कर्ष प्रस्तुत गरेको छ । यसले समग्र अर्थतन्त्रमा पनि आघात पुर्‍याउँदै छ।

गत वर्ष मात्र ८ खर्ब ७९ अर्ब रुपैयाँ औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिएको थियो, जुन कुल गार्हस्थ्य उत्पादनको अनुपातमा एक चौथाईभन्दा बढी हो । र, यो रकम विदेशी सहयोग, प्रत्यक्ष वैदेशिक लगानी र निर्यात व्यापारको कमाइ जोड्दा पनि बढी हुन्छ । तर यसले अर्थतन्त्रमा टेवा मात्रै दिएको छैन । २०५१ देखि ०६६ सालसम्मको तथ्यांक विश्लेषण गर्दा रेमिट्यान्स आप्रवाहमा जति उच्च वृद्धि भएको छ, आमरुपमा काम गर्ने बानीमा त्यति नै क्षय भएको देखिन्छ । अध्ययनअनुसार, कुनै सदस्य विदेशबाट पैसा पठाउँदै छ भने यता परिवारका अरु सदस्यले आम्दानीमूलक काम गर्न छाड्छन् ।

जस्तो कि सक्रिय उमेरको नेपाली हप्तामा औसत ४० घण्टा काम गर्छ । तर विदेशको कमाइ घरमा भित्रिन थालेपछि औसतमा साढे २ घन्टाले काम गर्ने दर घट्छ । रेमिट्यान्स आउन थालेपछि गैरकृषि उद्यममा खटिने जनशक्तिको काममा हप्तामा साढे ३ घन्टाभन्दा बढीले गिरावट आएको पाइएको छ भने कृषि स्वरोजगारमा डेढ घन्टाभन्दा बढीले काममा खटिने क्रम घटेको छ । ज्याला मजदुरीमा साढे ३ घन्टाका दरले काम गर्ने बानीमा कमी आएको देखिन्छ । यस हिसाबले १० प्रतिशत रेमिट्यान्स बढ्दा शून्य दशमलव पाँच प्रतिशतले स्वआर्जन घट्छ । आर्थिक रुपमा सक्रिय हुनुपर्ने जनशक्तिले घरायसी र अन्य अनुत्पादक काममा बढी समय खर्च गर्ने प्रवृत्ति राष्ट्रिय अर्थतन्त्रको गतिशीलताका लागि हितकर नभएको अनुसन्धाता बताउँछन् ।

रेमिट्यान्सले नयाँ उद्यम र व्यवसाय सुरु गर्न, अनि भएका व्यवसाय विस्तार गर्न सघाउुको साटो काम गर्ने बानीमै कमी आउँदा देशभित्रै उद्यमीलता बढ्ने तथा नयाँ अवसर सिर्जना हुने अपेक्षामा पनि तुषारापात हुने जोखिम अनुसन्धानले औँल्याएको छ । अझ विदेशको कमाइ खेलाउन पाउनेले ज्याला पनि उच्च माग्ने भएकाले त्यसबाट श्रम बजार समेत असन्तुलित भएको छ ।

राष्ट्रिय खातामा विदेशी विनिमय सन्तलित राख्न, गरिबी घटाउन र जीवनस्तर उकास्न विदेशमा रहेका युवाको कमाइले ठूलो गुन लगाएको छ । तर काममा खट्न सक्ने हुँदाहुँदै घरमै बसेर कामतिरको लगाव कम गर्नु स्वयंका लागि पनि उचित होइन कि ?

एउटा विकृति ‘डचरोग’ हो रेमिट्यान्स– कहिलेकाहीँ वैदेशिक रोजगारमा गएकाहरु बुझ्दैनबुझी कुर्लने गर्छन्- हाम्रो रेमिट्यान्सले देश धानिरहेको छ। पक्कै रेमिट्यान्सको योगदान छ। तर यसले विभिन्न किसिमका विकृति ल्याउन थालेको छ। एउटा विकृति ‘डचरोग’ हो।

१९५७ मा नेदरल्यान्डको उत्तरी सी मा ग्याँसको ठूलो भण्डार भेटियो। त्यस भण्डारबाट उत्पादित ग्याँसको निर्यातले सुरुमा डच अर्थतन्त्रलाई उकास्न मद्दत गर्यो। राष्ट्रलाई प्राकृतिक ग्याँसको बिक्रीबाट आय त भयो तर त्यसैमा बढी निर्भर भएर अन्य क्षेत्रको उत्पादन सुक्न थालेपछि आन्तरिक श्रम बजारमा बेरोजगारी बढ्न थाल्यो।

अन्त्यमा यो डच अर्थतन्त्रका लागि अभिशाप सिद्ध भयो। नेपालमा पनि रेमिटेन्स आयले “डच रोग” को आधार बनाएको प्रतिवेदन “साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड एन्भारोमेन्ट” ले दिएको छ। यो प्रक्रियालाई उदाहरण बनाउनका निमित्त द इकोनोमिस्टले ‘डचरोग’ शब्दको प्रयोग गरेको हो। तर हाल जुनसुकै परिस्थितिमा मुलुकमा वैदेशिक मुद्रा भित्र्याएर आन्तरिक उत्पादनमा प्रतिकूल असर पार्ने कामलाई डचरोग भन्ने प्रचलन छ।

नहोस् पनि किन, विदेशमा बसेकाले पैसा कमाएका छन्, यहाँकाले बसी बसी खान पाएका छन्, कुनै मेहनतै नगरी।

मुलुकमा वैदेशिक रोजगारबाट भित्रने रकमको ८५ प्रतिशत खर्च खानपिनको निमित्त हुने सर्वेक्षणहरू देखाउँछन्। सञ्चय न्युन हुने भएकाले हामी कति डचरोगबाट प्रभावित भएका छौँ, त्यसको विश्लेषण गर्न धेरै स्रोत र साधन खति गर्नु आवश्यक पर्दैन।

भिडियो-

प्रतिक्रिया
ताजा अपडेट