देशलाई खुशी दिलाउने कीर्तिमानी खेलाडी गहभरि आँशु पार्दै भन्छन्- दुई छाक खाना पनि छैन् (भिडियो)

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार

आजको भागबारे दिलभूषण पाठक आफ्नो फेसबुकमा लेख्छन्- “मुस्किलले सकें । साह्रै मार्मिक । तपाईंलाई कस्तो लाग्छ लेख्नुहोला । आफ्नो आँशु लुकाएर जगतलाई खुसी दिलाउने खेलाडी ।”

यसैसाता सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीहरुले ऐतिहासिक किर्तिमान बनाइरहेका छन् । औपचारिक रुपमा खेल सुरु भएको पहिलो दिनमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एकै दिन २–२ स्वर्ण पदक दिलाएपछि खेलमा झन् रौनकता थपिएको छ ।

धावक राजेन्द्र भण्डारीले सन् २००६ को १०औं सागमा ५ हजार मिटर र स्टेपल चेजमा स्वर्ण जित्नुभएको थियो । तर डोपिङ परीक्षणमा असफल भएपछि भण्डारीका दुवै स्वर्ण खोसिएका थिए । त्यसअघि र पछि पनि कुनै नेपाली खेलाडीले एकै सागमा दुई स्वर्ण जित्न सकेका थिएनन् । त्यसैले मन्डेकाजी र आयशाले पाएका स्वर्ण पदक साग खेलकुदको पछिल्लो संस्करणका ऐतिहासिक उपलब्धी हुन् ।

करातेको व्यक्तिगत काता र टिम कातामा पाएका दुई स्वर्णसंगै मण्डेकाजीको सागमा यो पहिलो सफलता हो । तर तेक्वान्दोमा २९ वर्षमाथि एकल पुम्से र २९ वर्षमाथि युगल पुम्सेमा स्वर्ण पदक जिन्नुभएकी आयशाको भने सागमा स्वर्ण जितेको यो दोस्रँे पटक हो । यसअघि सन् २०१० मा ढाकामा भएको सागमा आयशाले तेक्वान्दोमा स्वर्ण पदक जितिसक्नुभएको थियो ।

खेलकुद क्षेत्रमा न्यून लगानी, पूर्वाधारको अभाव, प्रशिक्षणको खडेरीका वावजुद पनि नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय स्पर्धाहरुमा नेपालको नाम चम्काइरहेका छन् । अहिले जारी १३ औं सागमै पनि झण्डै दुई दर्जन भन्दा बढी स्वर्ण पदक नेपाली खेलाडीहरुले दिलाईसकेका छन् । खेल सकिदा सम्म पदकको ग्राफमा नेपाल अझै माथि पुग्नेछ ।

खेलकुदमा समग्रमा हामी कुन अवस्थामा छौ ? दक्षिण एसियाली खेलकुदमा हाल नेपाली खेलाडीहरु कसरी खेलिरहेका छन् ? नेपालमा खेलुकदको पूर्वाधार कस्तो छ ? एकै दिन नेपाललाई दुई दुई वटा स्वर्णपदक दिलाउंदाको अनुभूति कस्तो ? एउटा खेलाडीले सफलता हासिल गर्नका लािग कस्तो कस्तो संघर्ष गर्नुपर्ने अवस्था छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, १३ औं सागमा दुई दुईवटा स्वर्ण दिलाउने किर्तिमानी खेलाडीहरु आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu