प्रधानमन्त्री ओलीले बोलेको कुरा लागु नहुने यो देशको सरकार कसले चलाउदैछ ? रविको प्रश्न ओलीलाई

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विषयमा सम्बन्धित ब्यक्ति विशेषसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

१. भारतीय पथ प्रदर्शकले लुम्बिनीको गलत प्रचार गरेपछि…

लुम्बिनी । छिकेकी मुलुक भारतले बेला–बेला गौतम बुद्ध भारतमा जन्मिएको भन्दै सार्वजनिक अभिव्यक्ति नै दिने गरेको छ । जसका कारण विभिन्न देशमा लुम्बिनीबारे गलत प्रचार भइरहेको छ । यसैक्रममा शुक्रबार बुद्धको जन्मभूमि लुम्बिनीमै गलत ब्यानर देखिएको छ ।

विदेशी पर्यटकहरुले लुम्बिनीमा फोटो खिच्ने ठाउँ, जहाँ ‘Welcome to India the holy land of Buddha‘ अर्थात् बुद्धको पवित्र जन्मभूमि भारतमा स्वागत छ, लेखिएको छ ।

जुन व्यानर देखेपछि त्यहाँ घुम्न आएका पर्यटकहरुलाई त्यहाँका स्थानीयहरुले रोकेका थिए । जसका कारण बीचमा केहीबेर विवाद पनि भएको थियो ।

विभिन्न देशका पर्यटकलाई लुम्बिनी घुमाउन ल्याएका भारतीय गाइडले पर्यटकलाई लुम्बिनी भारतमा पर्छ भन्दै गलत जानकारी गराएका रहेछन् । पछि स्थानीयले ती गाइड र पर्यटकलाई प्रहरीसमक्ष बुझाएका थिए ।

त्यसपछि प्रहरीले उनीहरुलाई सामान्य कागज गरेर छाडेको छ । यहाँ लुम्बिनी घुमाउन ल्याएका भारतीय गाइडको गलत नियत प्रस्ट देखिन्छ । भारतीयहरुको यस्तै गलत नियतका कारण बिश्वमा लुम्बिनीबारे गलत प्रचार भइरहेको छ ।

२. मेडिकल कजेलका सञ्चालकद्वारा विद्यार्थीलाई धम्की, आर्मी मेडिकल कजेलमा पनि त्यस्तै !

काठमाडौं । हामीले केही समय अघि कार्यक्रममा निजी मेडिकल कलेजले मात्रै होइन, नेपाल आर्मीले सञ्चालन गरेको नेपाल आर्र्मी इन्सिच्युट अफ हेल्थ साइन्सले पनि विभिन्न शुल्कमा ८ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको स–प्रमाण देखाएका थियौं ।

त्यस विषयमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेसँग लाइभ कुरा पनि गरेका थियौं । लाइभ कार्यक्रममा प्रवक्ता पाण्डेले आईओएमले तोकेकै शुल्कमा एमबीबीएसको पढाई भइरहेको भन्दै झुट बोलेका थिए ।उनले अन्य शुल्कको विषयमा आईओएममा जानकारी गराएको खण्डमा अतिरिक्त शुल्क लिन पाउने बताएका थिए ।

३. काठमाडौंको नयाँ बसपार्कमा बेहोस बनाएर लुटपाट !

काठमाडौं । दाङ घोराहीका रामुसिंह रामदाम गत असोज दुई गते काठमाडौं आउनका लागि बु्टवलबाट लु१ख ८५९५ नम्बरको बस चढे ।उनी काठमाडौं आइपुग्दा बिहानको लगभग साढे तीन बजेको थियो । गाडीले केही प्यासेञ्जरलाई बसपार्क बाहिर, त केहीलाई बसपार्क भन्दाभित्र उता-यो । तर, रामुसिंहलाई उज्यालो नभएकाले आफूहरुसँगै चिया खान जान गाडीका कर्मचारीले आग्रह गरे ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu