२६ बर्ष सेवा गरेको अस्पताल छोड्नु अनि आफ्नै घर नहुनुको पिडामा डा.केसी यसरी भकानिएर रोए (भिडियो)

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आज डडेल्धुरा पुगेका छन् । सरकारले आफुसँग गरेका माग पूरा नगरेको भन्दै १७ औँ अनशन बस्न डा. केसी डडेल्धुरा पुगेका हुन् ।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले डा. केसी डडेल्धुरा आएको बताए । डा. केसीले कहाँ अनशन थाल्ने भन्ने निश्चित भैसकेको भने छैन ।

डा. केसीले चिकित्सा क्षेत्रको सुधारका लागि यसअघि १६ पटक अनशन बसिसकेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्यमा देशका सबै क्षेत्रका नागरिकको समान पहँच हुनुपर्ने भन्दै उनले आवाज उठाउँदै आएका छन् ।

डा केसीले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न समेत माग गरेका छन् ।

२०७५ साउन १० गते सरकारले डा. केसीको १५ औँ अनशन तोडाउँदा डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै काम नभएकाले अनशन बस्न डा. केसी डडेल्धुरा नै पुगेका हुन् ।

२६ वर्ष सेवा अवधि सकाएर शिक्षण अस्पताल महाराजगन्जबाट बिदा हुनुअघि असोज २७ गते सोमबार पत्रकार सम्मेलनमार्फत केसीले अनशन थाल्ने घोषणा गरेका थिए ।

कस्तो संयोग ! २६ वर्षे सेवा अवधिको अन्तिम दिन उनको जन्मदिन परेको रहेछ ।

६३ पूरा गरेर ६४ वर्ष लागेको दिन अस्पतालबाट विदा लिन लागेका डा. केसीलाई सधैं नमस्कार भनेर सम्बोधन गर्ने सहकर्मी कर्मचारीहरुले ‘ह्याप्पी बर्थ डे डाक्टर साब !’ भनिरहेका थिए। उनी पनि मुस्कुराउँदै ‘धन्यवाद’ फर्काइरहेका थिए ।

नेपालका सबै जिल्ला कम्तिमा तीन पटक सेवा दिन पुगेका उनी त्यस्ता परोपकारी भ्रमणलाई निरन्तरता दिन चाहन्छन् ।

उनले सुनाए अनुसार उनलाई आफ्नै घर, गाडी र परिवार होस् भन्ने कहिल्यै लागेन । व्याक्तिगत लोभ, मोह पनि जागेन । आमाले बेलाबेला यस्तो विषयमा सम्झाउने गरेको सुनाउँदै उनले भने, ‘यस्ता कुरालाई मैले ‘सिरियसली’ लिइनँ ।

उनै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसंग केहि समय अघि इमेज खबरले गरेको कुराकानीमा अस्पताल छोड्नु अनि आफ्नु घर नहुनुको पिडामा डा.केसी यसरी भकानिएर रोएका थिए हेर्नुहोस भिडियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu