-डा. रवीन्द्र समीर
संसारकै सुन्दर हावापानी, सहृदयी मन तथा अपार सम्भावना भएको नेपाल आगामी ५ बर्षमा यस्तो बन्नेछ :-
नागढुंगा, नौबिसे सुरुंग मार्ग संचालन हुनेछ । टोखाबाट नुवाकोटको छहरे , बेत्राबतीदेखि स्याफुर्बेसीसम्मको सुरुंगमार्ग लगभग सकिने छ । काठमाडौंबाट तराइ जोड्ने फास्ट ट्रयाक तथा अन्य धेरै बाटा खुल्नेछन ।
चीनसँग जोडिएका धेरै नाकामा राम्रो सडक बन्नेछ । पूर्व पश्चिम हुलाकी मार्ग संचालनमा हुनेछ । पूर्व पश्चिम राजमार्ग थप फराकिलो हुनेछ । सबै सदरमुकाम तथा अधिकांश स्थानीय निकाय मोटरबाटोले जोडिनेछन् ।
भैरहवा तथा पोखरामा अन्तराष्ट्रिय बिमानस्थल संचालन भइसकेका हुनेछन । निजगढमा पनि अन्तराष्ट्रिय विमानस्थल तयार हुनेछ । त्रिभुवन विमानस्थल अपग्रेड भएर आकर्षक हुनेछ । सबैजसो जिल्ला सदरमुकाममा एयरपोर्ट संचालन हुनेछन । मेलम्चीको खानेपानी काठमाडौंमा वितरण भइसकेको हुनेछ । सडकका खाल्डाखुल्डी हट्नेछन । चक्रपथ ८ लेनको भइसक्नेछ ।

मुख्य चोकमा अन्डर पास तथा फ्लाई ओभर बन्नेछन् । भुकम्पबाट भत्केका सम्पदा निर्माण भइसक्नेछन् ।कर्णालीका स्याउ, सिमी, चामल, आलु, फापर प्रमुख सहरमा पुग्नेछन ।
अरब, मलेसिया, कोरिया, इजरायल, कुवेत आदि देशमा गएको जनशक्ति स्वदेश फर्कनेछ । उनीहरुले अर्गानिक खेती तथा उन्नत कृषिमार्फत मनग्गे कमाउने छन् ।
चिया, कफी, अदुवा, अलैचीजस्ता आकर्षक खेतीले किसानलाई थप स्वावलम्बी बनाउनेछ । अन्तराष्ट्रिय क्षेत्रमा जडिबुटीको माग अत्यधिक भएकोले तथा चीनको सहयोगमा ठूलो जडिबुटी प्रशोधन केन्द्र स्थापना हुने भएकोले यसका कृषक तथा देशलाई मनग्गे फाइदा हुनेछ ।
प्रविधिको क्षेत्रमा नेपाल धेरै अगाडि छ। बिद्धुतिय प्रविधि बेचेर युवाहरू अघिं बढ्नेछन। हाम्रा अमुल्य बनस्पतिको Intellectual property right को रोयल्टी अर्को आम्दानीको स्रोत हुनेछ।
Per capita income अहिले भन्दा Double हुनेछ। दुध तथा मासुमा नेपाल आत्मनिर्भर हुनेछ ।
लोडसेडिङ पूर्णतया इतिहास बन्नेछ । सयौं हाइड्रोपावरबाट बिद्युत उत्पादन भइसक्नेछ । भान्साको ग्यास सिलिन्डर हट्नेछ ।अधिकांश जनताले विद्युतीय उपकरण प्रयोग गर्नेछन । विद्युतीय सवारी साधनको अधिक प्रयोगले बातावरण स्वच्छ हुनेछ । बढी भएको बिद्युत बाहिर निर्यात हुनेछ ।
देशका बिभिन्न ठाउँमा सुबिधा सम्पन्न अस्पताल बन्नेछन ।अस्पतालहरुमा उच्चस्तरीय सेवा संचालन हुनेछ ।उपचारको लागि बाहिर जानुपर्ने स्थितिको अन्त्य हुनेछ ।
स्वास्थ्य बिमा सबै जिल्लामा लागु हुनेछ । यसको अर्थ उपचारमा सबै जनताको पहुँच हुनेछ । कुल आवश्यकताको झन्डै ४० % औषधि उत्पादन स्वदेशी रहेकोमा यो बढेर ७० % पुग्नेछ ।
अन्तराष्ट्रिय स्तर र विषयका विश्वविद्यालय तथा शैक्षिक संस्था खुल्नेछन ।शिक्षाको लागि बाहिर जानुपर्ने बाध्यता हट्दै जानेछ ।
सिमेन्ट, रड आदिमा जस्तै धेरै क्षेत्रमा देश आत्मनिर्भर हुनेछ ।यसको अर्थ उद्योगहरु स्थापना हुनेछन ।रोजगारी सजिलो हुनेछ । भौतिक सुबिधा थपिएपछि पर्यटन क्षेत्रले फड्को मार्नेछ ।बार्षिक ३० लाख पर्यटक आउनेछन् ।
तिब्बत र बिहार / उत्तर प्रदेशको बिकासले हाम्रा सिमाना क्षेत्रमा सकारात्मक प्रभाब पर्नेछ । मध्य पहाडी लोकमार्गले हिमाल र तराईलाई पहाडसंग जोड्नेछ ।यो लोकमार्गमा ससाना सुन्दर सहर बन्नेछन ।
बिभिन्न ठाउँमा सेटलाइट सिटि बन्नेछन । बिभिन्न वित्तीय संस्थाका शाखा गाउँगाउँमा बलियो गरि स्थापित हुनेछन । जसले गर्दा लघु उद्योग, पशुपंक्षी पालन तथा फलफूल खेती बढ्दै जानेछ ।
भेरी डाइभर्सन लगायत अन्य ठूला सिंचाईको सुबिधासंगै तराइमा खाद्यान्नको उत्पादन बढ्नेछ ।
छिमेकी राष्ट्रहरु चीन तथा भारतको ब्यापारिक ट्रान्जिट नेपाल हुनेछ ।
धेरै कामहरु प्रदेशबाट हुने भएकोले काठमाडौं आउने बाध्यता हट्नेछ । प्रदेशहरु सबल हुनेछन । भ्रष्टाचारी तथा अपराधी धमाधम कारवाहीमा पर्दै जाने भएकोले यस्तो प्रवृति निरुत्साहित हुनेछ ।
भिजन नभएका तथा काम नगर्ने बुढा नेताहरु रिटायर्ड हुनेछन ।आगामी स्थानीय तथा आम निर्वाचनमा जनता काम नगर्ने अन्य नेताले पनि चुनाब हार्नेछन । राजनीतिमा योग्य व्यक्तिको प्रवेश हुनेछ । जसले गर्दा विकासले फड्को मार्नेछ ।आदि ।।
डाक्टर समिरको फेसबुक पेजबाट

