मङ्ल, फाल्गुन ६, २०७६
Tue, February 18, 2020

राष्ट्रपति र प्रधानमन्त्रीले दशैको टिका ग्र’हण गरेपछि सर्वसाधारण जनतालाई पनि यसरी टीका लगाई दिए (भिडियो)


  • स्वदेश नेपाल
  • मङ्ल, अशोज २१, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्टलाई टीका लगाएकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्टलाई टीका लगाएकी हुन् ।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा लगायत संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, वालुवाटार जग्गा बिबादमा तानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाए ।

भिआईपीलाई टिका लगाइसकेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी हुन्। यसअघि राष्ट्रपतिले मंलबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डे र हनुमान ढोकाका मूल पूजारीको हातबाट टीका ग्रहण गरेकी थिइन्।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दसैँको टीका लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पिता माेहनप्रसाद ओलीकाे हातबाट टीका तथा जमरा ग्रहण गरेका हुन्।

बुबासँग टीका ग्र’हण गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्य‌ादेवी भण्डारीकाे हातबाट टीका लगाएका थिए। प्रधानमन्त्री ओलीका पिता आजै मात्र झापाबाट काठमाडाैँ आइपुगेका हुन्।

यस्तै प्रधानमन्त्री ओलीले उपप्रधान तथा र’क्षा मन्त्री ईश्वर पोखरेल, पर्यटन मन्त्री योगेश भट्टराई, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सञ्चार मन्त्री गाेकुल बास्काेटा लगायत सुर’क्षा निकायका प्रमुखहरुलाई समेत टीका लगाइदिएका छन्।

प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई समेत टीका लगाई दिएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट