यो वर्ष तेस्रो फाइनल खेल्दै नेपाली महिला टिम, चेलीहरुलाई इतिहास रच्ने मौका

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार

किर्गिस्थानमा जारी नादेझ्दा कपको उपाधिका लागि आज नेपाली महिला टोलीले बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ । चार राष्ट्र सम्मेलित यो प्रतियोगितामा उज्वेकिस्तान अपराजित रहँदै फाइनलमा पुगेको थियो भने नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

प्रतियोगिताको दाबेदार टोली उज्वेकिस्तानले लिग चरणमा कुल २३ गोल गरेको छ । जसमा ताजिकिस्तानमाथि १२–० को सबैभन्दा उत्कृष्ट नतिजा हो । विश्व वरियताको ४४औं स्थानमा रहेको उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो भने आयोजक किर्जिज गणतन्त्रलाई ९–० ले निरास पर्यो ।

लिउदमिला काराचिकले तीन खेलमा चार गोल गरिसकेकी छिन् भने दियोराखोन खाबिलुलेभाले पाँच र दिलोरा नोझिमोभाले ६ गोल गरेका छन् । नेपालले समूह पनि नौ गोल गरिसकेको छ । किर्गिजलाई ८–२ ले हराएको नेपालले ताजिकिस्तानलाई भने १–० को झिनो अन्तरले पराजित गरेको थियो । उज्वेकसँग भने नेपालले दुई गोल खाएको थियो ।

नेपालले गरेको नौ गोलमध्ये पाँचवटामा सावित्रा भण्डारीको नाम दर्ता छ । नादेझ्दा कप पहिलो पटक आयोजना भएको हो । तर, सन् २०१९ मा नेपाल तेस्रो प्रतियोगिताको फाइनल खेल्दैछ । यो वर्षको शुरुमा भारतको हिरो गोल्डकप र त्यसपछि घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिप दुबैमा नेपाल पराजित भएको थियो । हिरो गोल्डकपमा नेपाल म्यानमारसँग हारेको थियो भने साफ च्याम्पियनसिपमा भारत तगारो बनेको थियो ।(नेप्लेजबाट)

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu