यो ओली सरकारलाई उ´खेल्ने त के ह´ल्लाउने ता´गत पनि कसैसंग छैन

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

गुरु भट्टराई -सरकारसंग जनता सन्तुष्ट हुने मुलुक संसारमै छैन । जनता सन्तुष्ट भए भने त सरकार सुत्न थाल्दछ, गलत काममा लाग्नसक्ने जोखिम हुन्छ । जनताको काम नै भएको भन्दा धेरै अझै धेरै चाहियो भनेर निरन्तर खबरदारी गर्ने हो ।

अझ वर्तमान सरकारसंग त जनताका अपेक्षा चुलीका चुली छन । यो नकारात्मक हैन, मुलुकका निम्ति सकारात्मक कुरा हो । तर केवल सापेक्षित, रचनात्मक, स्वस्थ्य र औचित्यपुर्ण असन्तुष्टी चै आउनु पर्दछ भन्ने हो तर सुचनाका ठेकेदारहरुले गलत बिषय र भ्रम छरेर बिकास र उन्नतिका बिषयमा समेत राजनीति गरिरहेका छन र सकारात्मकतालाइ पुरै ढाकछोप गरेर जनतामा नैराश्यता फैलाउन भरमग्दुर प्रयास गरिरहेका छन, त्यो चै आपत्तिजनक छ ।

असन्तुष्टी मेरा पनि हजारौ छन आम नागरिकका झै । गर्नु पर्ने कामका सुची मसंग पनि सयौ छन । सरकार र त्यसका निकायहरुलाइ बिभिन्न क्षेत्रमा मैले जाने बुझे सम्मका अनेकन सुझाव पटक पटक राखिरहेकै छु । गलत देखिएका बिषयहरुमा पटक पटक ध्यान आकर्षित गरिरहेकै छु । कसैले कोरा बिरोधमा टाउको फुटाएपनि यो सरकार जनताले ५ बर्षका लागी निर्वाचीत गरेको हो, यसलाइ उखेल्ने त के हल्लाउने तागत पनि कसैसंग छैन ।

बरु सरकारलाइ कसरी सकारात्मक काममा बढी भन्दा बढी दवाब दिन सकिन्छ, त्यसले मात्रै मुलुकलाइ फाइदा पुग्छ । सदियौ देखि जर्जर मुलुकको सिमितता, क्षमता, पुरानो माइन्डसेट एकै पटक र अहिल्यै, आजै ठीक ठाउमा आइहाल्दैन । राज्यका अंगहरु र जनताको माइन्डसेट, पुराना तौर तरिकामा फेरबदल गर्न खोज्दा बिगार्ने पो होकी भन्ने त्रास देखिन्छ, नयाँ ढंगले चल्न खोज्दा यस्तो हुनु स्वभाविक पनि हो, नेतृत्वले यसलाइ थामेर, थेगेर गन्तब्यमा अडिक रहेर निरन्तर हिड्नु जरुरी छ ।

परिणाम आएपछी जनता आफैले प्रशंशा गरिनै हाल्नेछन । मुल कुरा हाम्रो गन्तब्य कता गैरहेको छ भन्ने हो, बाटो सही नै देख्छु म, चुनौती अनेकन भएपनि ।

भैरहेका सयौ महत्वपुर्ण काम र योजनाहरुको परिणाम जनताका आँखा अगाडी न आउन्जेल मात्रै हो हल्लाखोरहरुले ति सबै छोप्ने, भ्रम फिजाउने र नकारात्मकता मात्रै जनतालाइ पस्कने । जव ति सबैको परिणाम बाहिर आउन थाल्छ, ति हल्लाखोरहरु आफै लज्जित हुनेछन र जनताबाट लुकी लुकी हिड्नेछन ।नेतृत्व भनेको भीड मनोबिज्ञान र सेन्टिमेन्टमा चल्ने हैन, दुरदर्शी र परिणाम केन्द्रित हुनु पर्छ । अन्तत उही एेतिहासिक नेतृत्व कहलिन्छ ।

प्रदेश नं २ को सरकारले संबिधान दिवस भब्य रुपमा मनाउने निर्णय गरेको छ । ढिलै भएपनि जातिय राष्ट्रबादमा खिया लागेको छ, यो सकारात्मक कुरा हो । उपेन्द्र यादवहरुले उट्पट्याङ मुद्दाको राजनीति छोडेर बिकास र उन्नतिको राजनीति गर्न जोड गर्नु पर्छ, यसैमा यीनको भलाइ छ ।

-भट्टराईको फेसबुकबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu