जनताको लगानी डुबाउन पाइँदैन भन्दै कुलमानले ऊर्जा उद्यमीलाई दिए यस्तो कठोर चेतावनी (भिडियो)

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार

सरकारबाट सहयोगै नपाएको लगानीकर्ताको गुनासोमा कुलमान घिसिङ भन्छन्- जनताको लगानी डुबाउन पाइँदैन

ऊर्जा उद्यमीले जलविद्युत आयोजना सञ्चालन गर्न नसक्ने भन्दै सरकारलाई बुझाउने धम्की दिएका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने गलत हौवा भनेर टिप्पणी गरेका छन् । आयोजना अलपत्र पारेर जनताको लगानी डुबाउन नपाइने घिसिङको भनाइ छ ।

सरकारले सम्झौता बमोजिम अनुदान नदिएको र बैंकको ब्याज बढ्दै गएपछि वित्तिय अवस्था नाजुक भएको निजी आयोजना प्रवर्धक बताउँछन् ।

निजी क्षेत्रले पनि उर्जा क्षेत्रमा मा लगानी गर्न पाउने बाटो खुला भएको २५ वर्ष बित्यो । यस बिचमा ८३ वटा आयोजना निर्माण सम्पन्न भए, जसबाट ५ सय ६१ मेगावाट बिजुली उत्पादन भइरहेको छ । तर निजी क्षेत्रका २४ वटा आयोजनाको भने वित्तीय अवस्था नाजुक छ ।

कतिसम्म बैंकको किस्ता र ब्याज नै तिर्न धौ धौ भएपछि सिन्धुपाल्चोकको झ्याडी खोलाको त एनएमबी बैंकले लिलामीको सूचना नै जारि गरेको छ । आर्थिक अवस्था कमजोर देखिएका निजी क्षेत्रबाट सञ्चालित ६६ आयोजनामा बैंकको ३६ अर्ब ऋण छ भने प्रवर्धक तथा सेयरधनिको १६ अर्ब रुपैयाँ लगानी छ ।

उत्पादन शुरु गरेका आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने सरकारी घोषणा र २०७१ चैतभित्र सम्पन्न आयोजनाबाट हिउँद र बर्षातमा प्रतियुनिट क्रमश: ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसामा बिजुली खरिद गर्ने संझौता पनि

विद्युत प्राधिकरणले कार्यान्वयन गर्न सकेको छैन । यही कारण जलविद्युत आयोजनाहरुको वित्तिय अवस्था नाजुक हुन पुगेको प्रवर्द्धकहरुको दाबी छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu