-दीर्घराज प्रसाईं
पूण्यभूमि नेपालको संरक्षणमा जुट्नु पर्छ! २०६३ सालपछि केही बिधर्मीहरुलाई विदेशीहरुले उचालेर यसक्षेत्रका सांस्कृतिक मूल्य र मान्यताहरुलाई राजनीतिक मुद्धा बनाएर नष्ट गर्न खोजेका छन् !
कैलास–मानसरोवरदेखि गगासम्मको हिमवतखण्डको यो भूभाग एक सम्वृद्ध सभ्यताको मूल हो । अनादिकालदेखिनै श्रृषिमुनीहरुको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद, पुराण, रामायण,अनेकौं धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तहरु कैलास–मानसरोवरदेखि गगासम्मकै भूभागमा सिर्जिएका हुन् । यसक्षेत्रबाट सभ्यताको विकास र विस्तार गर्नमा ऋषिमुनीहरुको महान देन छ । सप्त ऋषिहरु ब्राम्हण र क्षेत्रीहरुनैं भएता पनि किरातीहरुका ऋषि ‘आकुुनी’को नाम पनि वेदमा पाइन्छ । तिनै ऋषिहरुको नामबाट विभिन्न जातिहरुको गोत्र चलेकोछ । किरातीहरुको गोत्र काश्यप,कासी, भारद्वाज आदि हो । तर २०६३ सालपछि केही बिधर्मीहरुलाई विदेशीहरुले उचालेर नेपालका दशैं तिहार जस्ता चाडपर्वहरु बहिस्कार गराउने, पृथ्वीनारायण शाह जस्ता राष्ट्र निर्माताहरुको नामनिसान मेटाउने, राष्ट्रिय झण्डा फेर्ने, गाई काट्ने, जातीय राज्य बनाउने, गाईलाई नेपालको राष्ट्रिय जनावर नराख्ने कुरा पनि उठाइएकाले यसक्षेत्रका सांस्कृतिक मूल्य र मान्यताहरुलाई राजनीतिक मुद्धा बनाएर नष्ट गर्न खोजेका छन् ।
वैदिक सनातन हिन्दु धर्मको प्रतिष्ठा यसक्षेत्रका धाम, मन्दिर चाड–पर्वहरु, संस्कृति र अनेकौं जातीय परम्पराहरु यस क्षेत्रका पहिचान हुन् । पूर्वमा माथिवरादेवी, सिंहवाहिनी, गोर्खाकी गोरखकाली, मनकामना, पाल्पाकी तानसेन भगवती, पूर्वको पाथिभरा, १३थुमको सिंहवाहिनी, धरानकी दन्तकाली, विराटनरगरकी माइस्थान, राजविराजकी षखडादेवी, धनुषाकी राजदेवी, वीरगङ्गकी, माईस्थान, बारामा गढीमाई, मकवानपुकी चुरियादेवी, भुटनदेवी, काभ्रेकी चन्द्रेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाकी कालिङचोक भगवती, काठमाण्डौं उपत्यकाकी गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, मैतिदेवी, शोभा भगवती, संकटा, रक्तकाली, काठमाण्ठडौं र भक्तपुरकी इन््रद्रायनी, भक्तपुरकी नवदुर्गा, पाटनकी वगलानमुखी, हनुमान ढोकादस्–तजेलु भवानी, साँखुकी बज्रयोगीनी, पाटनकी बज्रवाराही, डोल्पाकी त्रिपुरासुन्दरी, वाग्लुङ्गकी माइस्थान, नेपालगञ्जकी विन्ध्यवासिनी, डोटीकी शैलेश्वरी, डडेलधुराकी उघ्रतारा, कालिकोटकी बडी मालिकादेवी आदि नेपालभरका अनेकौ हजारौं शक्तिपीठहरुको आ–आफ्नै महीमा छ । दशैं, तिहार, षडपर्व, विवाह पञ्चमी, श्री पञ्चमी, शिवरात्री, बुद्धजयन्ती, रामनवमी, कृष्णअष्ठमी, गुरुपूर्णिमा, मातातीर्थ, नागपञ्चमी, जनै पूर्णिमा, गोकर्णे औसी, तीज, वाला चतुर्दशी, इन्द्रजात्रा आदि चाड–पर्वहरु नेपाली संस्कृतिसँग जोडिएका छन् । सभ्यताको विकाशमा नेपाली चाड–पर्व र संस्कृति मार्गदर्शकको रुपमा प्रतिस्थिापित भएका छन् ।
प्रायोजितरुपमा नेपालमा धर्मनिरपेक्षता, गणतन्त्र र जातीय संघीयताको कुरा भित्रयाएर नेपाललाई गृहयुद्धमा फसाएर टुक्राउन खोज्दै छन् । वैदिक–हिन्दुसभ्यता विस्तार गर्ने क्रममा श्रृषिहरु भन्थे–‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात विश्वलाई सभ्य बनाऔं । इतिहासविद् योगी नरहरिनाथले उल्लेख गरेका थिए, ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराइमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो ।’
हिमवतखण्ड- नेपालमा अनादिवासी, आदिवासी र आप्रवासी तीन प्रकारका बासिन्दाहरु छौं । ब्रामण, क्षेत्री र केही नेवारहरु अनादिवासीहरु हुन् । मगर, गुरुङ,तामाङ, राई, लिम्बु,शेर्पा, राजबंशी, थारु, धिमाल आदि जनजातीहरु आदिवासीहरु हुन् । तीनसय बर्ष अगाडिदेखि ब्यापार व्यवशाय गर्दैआएका मुसलमान, माडवाडी र बंगाली, र २०१५ सालपछि नेपाली नागरिकका प्राप्त गरेका मदेसीहरु आप्रवासीहरु मानिन्छन् । तराईका झा, ठाकुर, यादव आदि थर जातिहरु अनादिकालदेखि नेपालमा बसोवासो गर्दै आएकाहरु अनादिवासी र आदिवासी दुबै किसिमका बासिन्दा हुन् । जनकपुरधाम अनादिकालदेखिको सभ्यता र संस्कतिको उपज हो ।
नेपाल तथा भारत बीचमा यगगौंयुगदेखि गहन तादाम्यता छ । नेपाल र भारतीय जनता बीचमा हामी नेपालीहरुको घनिष्ठ संवन्ध छ । तर भारतले नैं नेपाल माथि कुदृष्टि राख्ने गरेकाले नेपाल–भारत संवन्ध अत्यन्त शंकाको घेरामा छ । नेपालमा राजसंस्था नहुँदाको अवस्थामा चीनले आफ्रनो सरक्षाको लागि नेपालभित्र अनेकौ कार्यक्रम लिएर प्रवेश गर्दैछ । यसबाट भोलिका दिनहरुमा भारतलाई पनि खतरा हुनसक्छ । नेपालमा ९६ प्रतिशत हिन्दु तथा बुद्धिष्टहरु छन् ।
वैदिक हिन्दु धर्मभित्रका विभिन्न धर्म, किरात र बौद्धहरु सबै ओकार परिवारका नेपालका आदि धर्म हुन् । हिन्दुधर्म यति उदार छ कि यसले अन्य धर्महरुप्रति कहिले प्रशिशोध राख्दैनन् । नेपालको अस्तित्व बचाएर चीन, भारत बीचमा सुमधुर संवन्ध कायम गरेर अगाडि बढ्न नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य कायम राख्न हामी सबैको सकारात्मक सोचाई हुनुपर्छ । अवको देशको आवश्यकता हो, नेपालको पहिचान, आपसी एकता, अन्तरसंवन्ध र नेपालको राष्ट्रिय एकताका स्रोतहरु राजसंस्था, हिन्दु तथा बौद्धअधिराज्यलाई सदृढीकरणगर्दै यो पूण्यभूमिको संरक्षणमा जुट्न सक्नुपर्छ ।
(–दीर्घराज प्रसाईंको फेसबुक वालबाट)

