मङ्ल, फाल्गुन ६, २०७६
Tue, February 18, 2020

भालु लखेट्ने साहसी कुकुर ‘अलान ट्लस्टी’ यहि हो (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शनि, असार २८, २०७६

अमेरिकाको न्यु जर्सी राज्यमा हालै एक कुकुरले घरभित्र पसेको भालु लखेटेको छ।

कुकुरले कालो आफूभन्दा ठूलो भालु खेदाएको भिडियो सार्वजनिक भएसँगै, उक्त कुकुरको यतिबेला चर्चा सुरु भएको छ।

मानिसहरु उक्त कुकुरको वफादारिता र त्यसको साहसको बारेमा सामाजिक संजालमा विभिन्न कुराहरु लेखिरहेका छन्।

भिडियोमा घरको बारभित्र छिरेको भालुले बिगार गरिरहेको दृश्य देख्न सकिन्छ। यत्तिकैमा एउटा सानो कालो कुकुर कुदेर आउँछ र भालुलाई लखेट्न सफल हुन्छ।

उक्त कुकुर अलान ट्लस्टीको भएको बताइएको छ। कुकुरको नाम रिले भएको उल्लेख गरिएको छ।

खासमा अलान ट्लस्टीको कुकुरले छिमेकीको घरमा पसेको भालु खेदाएको हो। छिमेकी मार्क स्टिनजियानोको घर पछाडि भालु छिरेपछि अलानको कुकुर रिले भालु खेदाउन पुगेको थियो।

मार्कको घरको सिसिक्यामेरामा सबै कार्य कैद भएको थियो। अलानको कुकुरले भालु खेदाएपछि आफूलाई रिले खरिद गर्न मन भएको मार्कले बताएका छन्।

(भिडियो)

नेपालखबरबाट

प्रतिक्रिया
ताजा अपडेट