विदेशीको ज्याला खाएर नेताहरुले हिन्दु राष्ट्र हटाउदै धर्म निरपेक्षता र संघीयता ल्याइएका हुन् (भिडियो)

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार

केहि दिन अघि “मात‌ृभूमिका लागि नेपाली” भन्ने अभियान शुरु भएको छ जसको एउटा भेला राजधानी काठमाडौंमा भखरै सम्पन्न भएको छ, उक्त भेलाले बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा नेपालका लब्धप्रतिष्ठित ब्यक्तिहरु सम्मिलित एउटा समिति समेत गठन गरेको छ ।

भेलामा जानकारी गराए अनुसार २०६२/०६३ को परिवर्तनपछि देश अझ संकटमा फसेको निष्कर्ष निकाल्दै धर्म निरपेक्ष , संघियता जस्ता एजेन्डाले नेपाललाई थप अस्थिर बनाएको हुदा यसलाई खारेज गर्न लगाएर नेपाललाई पुन: हिन्दु राष्ट्र कायम गराउदै देशलाई जोड्न उक्त अभियान शुरु भएको हो । भेलामा आएका सहभागीहरूलाई लुम्बिनी, मूक्तिनाथ र सिन्धुली लडाइको किल्लाबाट ल्याइएको माटोको टीका लगाएर स्वागत गरिएको थियो।

मात‌ृभूमिका लागि नेपाली अभियानका संयोजक त्रिपाठी बरिष्ठ पत्रकार हुनको साथै चर्चित पत्रिका घटना र विचारका प्रधान सम्पादक समेत रहेका छन् । उनी त्रिपाठीले २०५८ साल जेठ १९ गते घटेको नारायणहिटी राजदरबार हत्या काण्डमा आधारित भएको औपन्यासिक कृति ‘महानिशा’ पनि प्रकाशित गराएका छन् जसको लेखक त्रिपाठी स्वयम् हुन् ।

“महानिशा”ले जेठ १९ काे घटनाको रहस्य र रहस्याेद्घाटन के कसरी गरेको छ अनि नेपालको समसामयिक राजनीति, गन्तव्य र गतिविधि लगायत बिषयमा त्रिपाठीसंग तमसाेमा ज्याेतिर्गमयका लागि टिकाराम यात्रीले गरेको कुराकानी जसमा त्रिपाठीले धर्म निरपेक्ष र संघियता भनेको आयातित एजेन्डा भएकोले नेपालको भलो नगर्ने बताएका छन् ।

देवप्रकाश त्रिपाठीसंग कुरागर्दै तमसाेमा ज्याेतिर्गमयमा सन २०१८ को तथ्यांक अनुसार अत्याधिक तिब्र गतिमा कृश्चियन धर्म परिवर्तन भएका देशहरु र प्रतिबर्ष क्रिस्चियन धर्म परिवर्तन दर (१) रुवाण्डा-१३.०१%  (२)बुरुण्डि-१२.६२%  (३)आइभोरिकोष्ट-१२.४४%  (४)बुर्किनो फासो-१२.३२%  (५)चाड-११.९८%  (६)भियतनाम-११.९८%  (७)सेन्ट्रल अफ्रीका-११.३८%  (८)कङ्गो-१०.८५%  (९)फिलिपिन्स-१०.८२%  (१०)नेपाल-१०.२२% रहेको खुलासा पनि गरेका छन् ।

मात‌ृभूमिका लागि नेपाली अभियानको आयोजनाबारे उक्त भेलाबारे प्रकाश पार्दै संयोजक देवप्रकाश त्रिपाठीले राजनीतिकर्मीले देशलाई केन्द्रमा राखेर सोचिदिउन् भन्ने नेपालीको आशा टुटेकोले अभियान शुरु गर्नुपरेको बताउदै देशमा आजसम्म भएका राजनीतिक परिवर्तनहरूले नेपालीको अवस्था परिवर्तन गराउन नसकेको, अदृश्य शक्तिको कब्जामा नेता, नेतको कब्जामा कार्यकर्ता र कार्यकर्ताको कब्जामा जनता परेकाले देश अवनति र अवसानतर्फ लागेको उल्लेख गर्दै त्रिपाठीले ०६२ सालयता मात्र विभिन्न आठ सय बुँदा सम्झौताहरू भएको तर ती बुँदाले जनतासँग जोडिएका एउटै समस्या पनि सम्बोधन नगरेको प्रष्ट्याएका थिए ।

नेताहरूलाई लक्षित गर्दै त्रिपाठी भन्छन– ‘हामीलाई मन्त्री–प्रधानमन्त्री बन्नु छैन, त्यो तपाईंहरू नै बन्नुहोस्, देश तपाईंहरू नै चलाउनुहोस् तर नेपाली भएर चलाइदिनुहोस् !’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu