यो देशको नागरिकले भ्रष्टचारीलाई साथ दिनुपर्यो अथवा भ्रष्टाचार विरोधी आवाज बुलन्द बनाउनु सक्नुपर्यो। यो सडकमा मञ्चन भएको नाटक ‘बकासुर सन्धि’ हेर्दा मलाई एउटा कुराले छोयो। मेरो पृष्ठभूमि कलाकारिता नै हो। यस हिसाबले यो एउटा सांस्कृतिक आन्दोलन हो र यसबाट देश परिवर्तन गर्न सक्छौ। मलाई झैँ तपाईँलाई यो नाटकले के प्रभाव पार्यो? कति प्रभाव पार्यो, त्यो तपाईँको आँखामा आएको आँशुले चलचित्र नाटक या कला र संगीत यस्तो सशक्त माध्यम रहेछ भन्ने कुराको नजिकबाट अनुभूत गर्न पाए।
हामीले चलचित्रको स्क्रिप्ट लेख्दाखेरी दुईओटा पात्रलाई मध्यनजर गर्छौँ। एउटालाई नायक बनाउनका लागि कसरी नायक बनाउने भनेर डाइलग र सशक्त भूमिका दिने गर्छौ। अर्को चाहिँ खलनायक कसरी बनाउने भनेर त्यसलाई त्यसरीलाई डायलग डेलिभर गर्न दिन्छौँ। तर अचम्म छ, हाम्रो देशमा बालुवाटारमा बसेर स्क्रिप्ट लेख्छन्। नायक बन्ने होडबाजीमा टेलिभिजनमा आएर अन्तर्वार्ता दिन्छन्। अनि हामी नेपाली जनताले चाहिँ नायक मान्दिनु पर्ने रे! यो चलचित्रमा मात्र सम्भव छ। यो देशमा विश्वमा कहिँ पनि सम्भव छैन, यस्तो नौटङ्की मञ्चन !
जनताले के महसुस गरिरहेका छन्, तिनीहरुको मुद्दामा एक शब्द पनि नबोल्न भन्ने अनि जनतालाई प्रश्न गर्न आएन भनेर उहाँहरु हामीलाई नै प्रतिप्रश्न गर्नुहुन्छ।
हामीले निर्मलाको मुद्दा उठाउनु हुँदैन थियो रे। हामीले एनसेलको मुद्दा उठाउनु हुँदैन थियो रे। हमीले वाइडवडी काण्ड उठाउनु हुँदैन थियो रे। हामीले ‘पुल कहिले बन्ने, तुइन फाल्यौँ जस्ता प्रश्न गर्नु पर्ने रे।’ हामीलाई यस्तो कपोकल्पित कुरा सुन्ने फुर्सद छैन।
अब नेपाली जनताले डराएर, त्रसित भएर, भयभित भएर र मूकदर्शक भएर सत्तामा बस्नेहरुले जे जे गर्छन् त्यो बसेर हेर्ने हो भने मेरो चलचित्रको डाइलग छ ‘डरको आँखामा यसरी आँखा जुधाएर हेर ताकि डर पनि तिमीसँग डराउन थालोस्।’ अर्को पनि डाइलग छ, ‘यो देश यो सत्ता यो सिँहदरबार यो बालुवाटार तिमीहरुको बाउ बाजेको सम्पत्ति होइन। हाम्रो हो।’

म सत्तामा बसेकाहरुलाई यहिँबाट चुनौती दिन चाहन्छु, अघि धेरैको प्रश्न आएको थियो। सडकबाट त धेरै प्रकारका आवाजहरु आए। धेरै आन्दोलन भयो। तपाईहरुको आन्दोलनले सार्थकता पाउँला?
माफ गर्नुहोला रेखा थापालाई केही नपुगेर, नाम चाहिएर, प्रसिद्धि चाहिएर सडकमा आएको होइन। लाखौँ छोरीहरुको सवालमा म यो सडकमा उत्रिएको छु। लाखौँ युवाहरुका लागि यो सडकमा उभिएको छु। मेरा दाजुभाइ दिदीबहिनीहरु विदेशमा बेचिनु परेको छ, उनीहरुका लागि उभिएको छु। मेरो बहिनीहरुको सुरक्षा खोइ। बलात्कारीलाई किन सजाय हुन्न। बलात्कारीलाई चिनेर पनि किन छुट्याइन्छ? मेरो देशमा सामाजिक सुरक्षा भयो रे। सुरक्षा दिइरहेका छन् हाम्रा दाजुहरु तर पनि हामी कुन कभर लिएर हिँडिरहेका छौँ? मलाई उत्तर चाहियो यो सरकारसँग मेरा देशका दिदिबहिनीहरु किन दिनहुँ मरिरहेका छन्? यसको जवाफ कसले दिन्छ?
देशका युवाहरु किन बेचिँदै छन् यहाँ? एनसेलको ७५ अर्ब त्यो पैसाले हामीले के गर्न सक्थेनौ?। अस्पताल, स्कूल, कलकारखाना निर्माण गर्न सकिन्थ्यो। आफ्नै देशमा युवाहरुले रोजगारी पाउथे।
उनीहरुको घरमा पुस्तौँपुस्तालाई सम्पति जोडेर राख्र्ने, गरिब जनता जहिले पनि गरिब हुनु पर्ने?
यो सडक आज सुरुवात हो, अन्त्य होइन। यसले ठूलो रुप लिनेछ। यसले सत्तामा बसेकाहरुलाई महशुस हुनेछ उनीहरुले कुन र कस्तो क्रान्ति गरेर आए, हामी सबैलाई राम्ररी थाहा छ।
अब युवा जागिसकेको छ, हातमा कलम र कपि लिएर घोकन्ते विद्यामा लिप्त नहुनुस, देश बेचिसकेका छन् यी देशका दलालहरुले।
यो मेरो प्रतिबद्धता हो। यो देशको छोरी र नागरिक हुनुको हैसियतले मैले देशको र जुन यो देशका नागरिकले मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु भएको छ त्यसको ऋण तिर्ने बेला आएको छ।
(नागरिकता वितरण, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा नेपालका लागि नेपालीद्वारा आयोजित कार्यक्रममा अभिनेत्री तथा निर्माता रेखा थापाको वक्तब्य)
-देशसंचारबाट

