काठमाडौंको मुटु मानिएको बालुवाटारको जग्गा हडप्न षड्यन्त्र बुन्ने मुख्य योजनाकार डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी दुवै यतिवेला फरार छन् । उच्च स्रोतको जानकारी अनुसार सुवेदी र ढकाल यतिवेला दुवै फरार छन् ।
सुरुमा उनीहरु काठमाडौंबाट सुटुक्क भागेर भारततर्फ हानिएको समाचार आएपनि अहिले त्यहाँबाट सुवेदी अमेरिका हानिसकेका छन् । उनीहरुमात्रै होईन, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरुको समेत यतिवेला भागाभाग भएको छ ।
बालुवाटार ललिता निवासको जग्गा व्यक्तिको नाममा सारिएपछि सरकारले ४ सय ५० कित्ता जग्गा रोक्का गरिसकेको छ । अब शक्तिशाली आयोग गठन गरेर छानबिन गर्ने तयारी भैरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले जानकारी दिएकी छिन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरूलाई निगरानीमा समेत राखेको छैन । उनीहरू आफैं सजग हुँदै विदेश लागेका छन् । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा कसरी व्यक्तिका नाममा सारियो भन्ने अनुसन्धान गर्ने निर्णय गरेको थियो ।

रामकुमार सुवेदी
बालुवाटार यसरी भयो व्यक्तिको -बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।
बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण कान्तिपुरले फेला पारेको छ ।
बालुवाटारको करिब ११३ रोपनी जग्गा २०४९ सालसम्म विभिन्न व्यक्तिको नामा दर्ता भइसकेको थियो भने करिब ३५ रोपनी जग्गाको बीचबीचमा पर्ने भागलाई विभिन्न टुक्रा बनाई व्यक्तिको नाममा दर्ता गरिएको थियो । त्यहाँ राजकुलो र बाटोसमेत थिए ।
छानबिन गर्न माग – सत्तारुढ दल नेकपाको बैठकमा बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेल मुछिएको घटना छानबिनको माग उठेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा नेताहरूले जग्गा प्रकरणमा महासचिव पौडेल मात्र नभई पार्टीलाई समेत मुछेर आक्रमण बढेको भन्दै छानबिन माग गरेका हुन्।
वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा ईश्वर पोखरेलले छानबिन गरी यथार्थ बाहिर ल्याउनु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए। ‘पार्टी महासचिवलाई मुछेर आक्रमण तीव्र बनाइएको छ। साथमा पार्टीलाई पनि मुछ्ने काम भएको छ, उहाँ (महासचिव)लाई मात्र किन एक्लो पार्ने ? यस विषयमा पार्टी केही बोल्नुपर्छ,’ रक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले बालुवाटार जग्गाको विषय पार्टी बैठकमा प्रवेश गराएका थिए ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले यसबारे चर्चा नगरे पनि त्यसपछि बैठकमा वरिष्ठ नेता नेपालले सम्पूर्ण कागजात संकलन गरेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए।
सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गा हिनामिना छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वमा गठित समितिको प्रतिवेदनले बालुवाटारको सार्वजनिक जग्गा अतिक्रमण भएको प्रतिवेदन दिएको थियो। अतिक्रमित जग्गामध्ये नेकपा महासचिव विष्णु पौडेलको पनि ८ आना देखिएपछि यो विषयले पौडेल विवादित बन्न पुगेका छन्।
उक्त जग्गा भूमाफियामार्फत व्यक्तिको नाममा ल्याउने नीतिगत निर्णय नेकपाकै वरिष्ठ नेता नेपालको प्रधानमन्त्रीत्व कालमा भएको पनि सार्वजनिक भएको छ। आफूसमेत विवादमा तानिएपछि नेपालले सम्पूर्ण कागजात झिकाइ छानबिन माग गरेका हुन्।
वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा ईश्वर पोखरेलले छानबिन गरी यथार्थ बाहिर ल्याउनु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए।
वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा ईश्वर पोखरेलले छानबिन गरी यथार्थ बाहिर ल्याउनु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए।
रिपोर्टर्स नेपालबाट

