
-दीर्घराज प्रसाईं
२०३३ साल पौष १६ गते बीपी कोइराला, गणेशमान सिंहहरु भारतको निर्वासित जीविन छोडेर फर्केको बेला ! नेपाल अधिराज्यमा बासिन्दाहरुलाई एकताको सूत्रमा आवद्ध गर्नसक्ने स्थायी संस्था राजसंस्था र हिन्दुअधिराज्य हो !
बीपी कोइरालासँग धेरै कुरामा मतभेद भएता पनि २०३३ सालपछिका बीपीका राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको कुरामा पूर्ण समर्थन थियो र छ । यहाँ पुरानो कुरा स्मरण गराउन चहान्छु । २०३३ साल पौष १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यहरु भारतको निर्वासित जीविन छोडेर राष्ट्रिय सहमतिको विचार दिएर फर्केको बेलामा सबै पञ्चहरु हवाईफिल्डमा बीपी कोइरालालाई ओर्लन नदिन कालो झण्डाका जुलुसहरु खचाखच् थियो । त्यो कार्यक्रम गाउँफर्कका सदस्य सचिव मोहमद् मोहसीनको जोडमा भएको थियो । तर म त्यस कुराको बिरोधमा थिए ।
एयरपोर्टमा जादै गइनँ । मेरो भनाई थियो–‘के निर्दलीय पञ्चायत व्यवस्थामा बिरोधी नेताहरु नेपालमा बस्न पाउँदैनन् ? उनीहरुलाई कानून बमोजिम कारवाही गरियोस् तर त्यसरी पञ्चायत बिरोधी राजनीतिक नेताहरु भन्दैमा अपमान गर्न खोजिन्छ भने जनता पञ्चायतको पक्षमा रहने छैनन् ।’ यो कुरा राजदरबार लगायत चौतर्फी पु¥याएँ । डा. तुल्सी गिरि पनि पुगेका रहेछन् । भोलिपल्ट उनको निवासमा पुगेर कराएँ–‘आफ्नो घरमा आइरहेकाहरुलाई बाटो छेक्ने यो कहाँको राजनीति हो ?’ त्यसबेलामा गिरिजीले भन्नु भयो– ‘मोहसीनले साह्रै जोड ग¥यो, राजाको निर्देशन भन्यो’ । तर ती सबै झूठा रहेछन् । पछि सबै कुराको जानकारी लिएर राजा वीरेन्द्र तत्कालीन आइजीपी खड्गजीत बराललाई भनेको रहेछ कि हवाईजहाज अवतरण भइसकेपछि एरपोर्टबाटै बीपी कोइराला, गणेशमानहरुलाई महाराजगञ्ज प्रहरी गेस्ट हाउसमा बडो सम्मानकासाथ राखिएको रहेछ ।
तर कांग्रेसीहरु अझै भन्छन्– बीपीलाई सुन्दरीजलमा नैं थुनिएको थियो । बीपी कोइरालाहरु सुरक्षित साथ प्रहरी गेष्ट हाउसमा राखिएको बेलामा नैं राजा वीरेन्द्रले राजदरबारमा झिकाएर दबाईमूलो गर्न बीपीलाई सम्मापूर्वक अमेरिकामा जाने व्यवस्था भएको थियो । त्यसैबेला कट्टर राजावादी बनेर फूई लगाउने पटक–पटक प्रधानमंत्री बनिसकेका सूर्यबहादुर थापाले धनकुठटाको जिल्लासभा उद्घाटन कार्यक्रममा ‘बीपीलाई झूण्डयाउनु पर्छ’ भनेर बोलेको पत्रपत्रिकामा पढ्न पाइयो ।
२०६३ सालपछि तिनै राजभक्त भनिएका सूर्यबहादुर थापा गणतन्त्रवादी बने भने कतिपय मान्छेहरु कति लुच्चा हुँदा रहेछन् भन्ने कुराको परिचय सूर्यबहादुर थापाले दिए । त्यस्तै हुन् कांग्रेसका गिरिजा प्रसाद कोइराला, माओवादीका बाबुराम भट्टराईहरु पनि । यिनीहरुले पनि जसरी हुन्छ नेपाललाई भौडीमा पु¥याउने मात्र काम गरे । सूर्यबहादुर गणतन्त्रवादी भएकाले उनको मृत्यूपछि त्यही कांग्रेसी नेतृत्वको सरकारले औपचारिक रुपमा तिनै गद्दार सूर्यबहादुर थापाको सम्मान दिएर प्रजातान्त्रि विचारका योद्धा बीपी कोइरालाको छातीमा छुरी हान्ने कुकर्म गरियो । त्यस्तै बाबुराम भट्टराई प्रधानमंत्री भएको बेला एक आतंककारी देशद्रोही रामराजाप्रसादको मृत्यूमा सरकारी सम्मान दिलाएर नेपालको बेइज्जत गर्ने कुकर्म गरे । के कुनै देशद्रोही गद्दारले गणतन्त्रको समर्थन गरे ।
नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउनु भनेको अधोषित क्रिस्चियनकरण गरेर नेपालको पहिचान समाप्त पार्नु हो । चीनमा अहिले ९० प्रतिशत बुद्धिष्टहरु रहेको खुल्न आएको र भारतमा ८० करोड हिन्दु भएकाले यी दुबै राष्ट्रको वीच नेपाल हिन्दु तथा बौद्धअधिराज्य कायम रहेमा नेपालको प्रतिष्ठा विश्वब्यापी बढ्नेछ । अमेरिका जस्तो प्रजातान्त्रिक राष्ट्रमा अमेरिकी राष्ट्रपति क्याथोलिक बाहेक क्रिश्चियन वा यहुदी बन्न पाउँदैन ।
अमेरिकाका राष्ट्रपति र प्रधानन्यायधीसले संविधानको सपथ नलिएर बाइबलको सपथ लिन्छन् । त्यहाँका चर्चहरु विश्वमा धार्मिक साम्राज्य स्थापनामा अर्बौ डलर खर्च गर्न सक्रिय छन् । हिन्दु अधिराज्य तथा राजसंस्था नेपालको राष्ट्रिय एकताको धरोहर मानिन्छ । तर माओवादी, कांग्रेस, एमालेका नेताहरु किन आफ्नो पहिचान समाप्त गर्न लागिपरेका छन ? नेपालमा राई, लिम्बु, मगर, गुरुङ,नेवार,ब्रामण,क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी,अवघि जो जति छौं हामी सबै हिन्दु हौं । हामीहरु मध्येका कतिपय वौद्ध पनि छौं, जस्मा शेर्पा,तामांग र केही नेवार वौद्ध धर्म प्रति आवद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो ।
जनमत संग्रहमा जाने हो भने ९७ प्रतिशत भन्दा बढी मत हिन्दु तथा बौद्धको छ । किरातीहरु पनि हिन्दुहरु झैं महादेव र भगवतीको पूजा गर्छन्, टिका लाउँदछन् भने किराती, बुद्ध र हिन्दूधर्म एक अर्काका सहयात्री हुन् । हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकाहारी,मान्साहारी, जनै लाउने नलाउने, आआफ्नो इच्छा अनुसार हिड्नसक्ने कुराहरुमा हरेक हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरीका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म हो ।
हो, यदि नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने हो भने, विश्वका अनेकौं धर्म सापेक्ष राष्ट्रहरु, सबैले धर्मनिरपेक्ष घोषित गर्नुपर्दछ । धर्मको उत्पति र विशालताको कुरा गर्ने हो भने विश्वमा वैदिक सनातन हिन्दु धर्म विश्वको प्राचीन, जेठो र सर्वाधिक प्राचीन धर्म हो । धेरै पछि विकसित भएका धर्म र राष्ट्रहरु चाहिं मुस्लिम, क्रिस्चियन् राष्ट्र घोषित हुनुपर्ने संसारका राष्ट्रहरु मध्यको सबैभन्दा परानो हिन्दुस्थल चाहीं धर्म निरपेक्ष ? यो कस्तो न्याय हो ? क्रिश्चियन्हरुले–‘क्रस’,यहुदीहरुले–‘षडकोण’, मुसलमानहरुले–‘काबा’ त्याग्न सक्छन् र सबै राष्ट्रहरु धर्म निरपेक्षको नीति अवलम्वन गर्छन् भने नेपाल पनि धर्मनिरपेक्ष राष्ट्र बन्नसक्छ । तर अन्य राष्ट्रहरु धर्मनिरपेक्ष हुन चहादैनन् भने नेपालले मात्र किन धर्मनिरपेक्ष राष्ट्र ?
नेपाल अधिराज्यमा बासिन्दाहरुलाई एकताको सूत्रमा आवद्ध गर्नसक्ने स्थायी संस्थाको रुपमा स्थापित राजसंस्था र राष्ट्रिय पहिचानसँग गाँसिएको हिन्दुअधिराज्यलाई धर्मसँग गाँसेर राजनीति मुद्धा बनाउने ? अतः जातीय विखण्डनको दलदलबाट मुक्त हुँदै नेपालको राष्ट्रियता, राजतन्त्र, प्रजातन्त्रबीचमा समझदारी र समन्वय राखेर नेपालको संरक्षण गर्न निर्णयक भूमिका अधय गर्ने समय यही हो । अनर्गल कुरामा फसेर देशलाई लथालिङ्ग बनाएर विदेशीको शरणमा पर्ने होइन अव २०४७ सालको संविधानलाई नैं कार्यान्वयन्गर्दै देशद्रोहीहरुको कब्जाबाट नेपालको अस्तित्व बचाउनु पर्छ ।
(दीर्घराज प्रसाईको फेसबुक वालबाट)

