००७ साले दलियतन्त्र नेपालका लागि अभिसाप हो, यसकाे अवशेष पनि नभेटिने गरी समाप्त पार्नु पर्छ !
ईण्डियासंगको सिमाना खुला राखेर जन्मको आधारको नागरिकता दिनेहरु विदेशीले पालेका नेपाल विरोधि गुण्डाहरु हुन्। ईण्डियन काखमा सुतेर १७ हजार नेपालीको हत्या गर्ने हत्याराहरु, बार्षिक सवा १ खर्ब नगद आम्दानिको घृणित टुक्का सुनाएर महाकाली बेच्नेहरु र देशका उद्योगहरु बेचि खाने अपराधिहरुले नेपाल विरुद्ध विदेशीका लागि काम गर्नु स्वाभाविक छ। अपराधिहरुलाई सन्त देखेर गल्ति हामीले गरेका हौं। यो भयानक गल्तिबाट गहिरो शिक्षा लिन जरुरी छ। ००७ साले दलियतन्त्र नेपालका लागि अभिसाप हो भन्ने तथ्य समयमैं बुझौं !
गृहमन्त्रालयको नागरिकता आदेशका लागि डेनमार्कले पठाएको १४ करोड प्रयोग, अराष्ट्रिय तत्वहरु जन्मको बहानामा तिब्बतिहरुलाई नागरिकता दिने गृहकार्यमा !
विदेशी ईसारामा कुनियतपूर्वक ल्याईएको नागरिकता ऐन संसोधन विधेयकका विरुद्धमा देशब्यापी जनमत बन्दै गएपछि त्रसित भएका अराष्ट्रिय तत्वहरुले विधेयक छलफलमैं रहेको अवस्थामा सरकारस् आदेशको बहानामा विदेशीहरुलाई नागरिकता बाँड्न आदेश दिएका छन्। विदेशीहरुलाई नागरिकता दिने गृहमन्त्रालयको कथित आदेश विधेयकलाई प्रभावित पार्न र पछाडि नजिरको हवाला दिएर नागरिकता बाँड्ने आधार बनाउनका लागि जारी गरिएको छ।
गृहमन्त्रालयले ऐन नबन्दै जुन आदेश जारी गरेको छ, यो ऐन कानून विपरित मात्र छैन कि नेपालको सार्वभौमिकतालँई ठाडो रुपमा चुनौति दिने अपराधिक उद्देश्यबाट जारी गरिएको छ। यसले के साबित गर्दछ भने सत्तामा बसेका अपराधिहरुमा मामुलि अंशमा पनि नेपालीपन बाँकि रहेको छैन। यी अपराधिहरुसंग नेपालीहरुको सम्बन्ध वार कि पारको सम्बन्ध हो। अर्काको नूनमा बाँचेका स्खलितहरु कति खतरनाक हुन्छन् भन्ने कुराको जीवन्त उदाहरण हो यो।
नागरिकता षडयन्त्रलाई जबर्जस्ति रुपमा कार्यान्वयन गर्ने वातावरण बनाउनका लागि मान्छेहरु किनबेच गर्न डेनमार्कबाट १ महिना पहिले १४ करोड रुपैयाँ आएको छ। प्रस्तुत विधेयकमा कुनै टुंगो नलाग्दै गृहमन्त्रालयबाट नागरिकता वितरणको आदेश दिलाउनका लागि डेनमार्कले पठाएको रकम प्रयोग गरिएको जानकारीमा आएको छ। गृहमन्त्रालयको आदेशलाई नजिर मानेर जन्मको बहानामा तिब्बति लगायतका विदेशीहरुलाई नागरिकता दिने गृहकार्य हुँदैछ।
पश्चिमा रणनीतिः सरकारी दलका दलाल लडाउ र काम गराउ

-अमेरीका भ्रमणको भित्रि योजनामा पर्दा हाल्न र ओलीलाई अक्करमा पार्न पुष्पकमलले भेनेजुयला काण्ड गरे।
-दाहाललाई सकभर जिम्मेवार अमेरीकिहरुसंग भेटघाट गर्न नदिनका लागि एमाले राजदूतले सकृय भूमिका खेले।
-अमेरीकाबाट फर्किनासाथ पुष्पकमलले केपी ओलीसंग समन्वय नगरेर माधव-वामदेवहरुसंग छलफल गरे।
-प्रत्यूत्तरमा ओलीले लगानि सम्मेलनमा मातृका यादवलाई भूमिकाविहिन बनाएर अर्थमन्त्रीलाई सकृय बनाए।
-लगानि सम्मेलनपछि ओलीले खर्चको भार देखाउँदै पुष्पकमलकि बुहारीको विदेश भ्रमणलाई रद्द गरि दिए।
-आफू प्र.म. भएर राज्यका निकायहरु परिचालन गर्नु पर्नेमा र अर्को अध्यक्षका रुपमा दाहाल हुँदाहुँदै ओलीले हावाहुरी विपत्तिमा सहयोग गर्न पार्टीपंक्तिलाई आफै आह्वान गरेर ‘पार्टीको अध्यक्ष म नै हुँ’ भन्ने सन्देश दिए।
विदेशीहरुका केहि निश्चित काम गर्न केहि अवधिसम्मका लागि जोडिएको एमाले-एमाओवादी र त्यसको बहुमतको सरकार अब नयाँ खेलको गोटीका रुपमा धकेल्न थालिएको छ। यूरो-अमेरीकि खेमाले ओलीमाथि दबाब हाल्नका लागि दाहाललाई अगाडि बढाएको छ। ओलीले बहुमतको सरकार बनाएको मौका छोपेर केहि काम गराईहाल्ने र बाँकि कामका लागि दाहाललाई अघि बढाउने पश्चिमा रणनीति देखिन थालेकाे छ। अमेरीकाले दिने घोषणा गरेको ५० अर्ब भन्दा बढिको चारो वापत तत्कालका लागि ३ वटा सर्त अघि सारेको छ।
यी सर्तहरुमा उत्तर कोरीयामाथिको अमेरीकि नाकाबन्दिलाई समर्थन गर्नु पर्ने, चीनको बिआरआई प्रोजेक्टलाई रोकेर ईण्डो-प्यासिफिक मामिलामा अमेरीकालाई साथ दिनु पर्ने र ईण्डियाको धर्मशाला जस्तै नेपालमा पनि तिब्बति शरणार्थिहरुको बसोबास र गतिविधिका लागि एकिकृत संरचना बनाउनु पर्ने रहेका छन्।
ओलीले अमेरीकाका यी सबै सर्तहरु अनुमोदनका लागि आँट गर्न नसकेपछि दाहालको कार्ड फ्याँकिएको छ। दाहालको राजनीति हेगको भूत र लुटको धनरक्षामा अट्किएको बुझेका पश्चिमाहरुले यी हतियारहरु उठाएर दाहाललाई खेलाउन सकिने आँकलनका साथ शासक दललाई गिजोल्न सुरु गरेका छन्।
विदेशी लगानिको जालमा स्वर्गको सपना देखाउने दलालहरू, आजसम्म भएकाे खरबाैं विदेशी लगानिले के प्रतिफल दियाे ?
आर्थिक विकासको नाममा आजसम्म खरबौंको विदेशी लगानि। समाजको उत्थानको बहानामा आजसम्म खरबौंको एनजिओ लगानि। सुशासनका बहानामा आजसम्म अरबौंको विदेशी लगानि। सबै नदि विदेशी लगानिको जिम्मा। रेमिट्यान्सबाट अरबौंको आम्दानि।
तर ९५प्रतिसतभन्दा बढि ब्यापारघाटा। ७५० अर्ब बेरुजु। कूल ४५ खरब जति भ्रष्टाचार। आत्मनिर्भर उत्पादनको क्षेत्र सून्य। रोजगारीको अभावमका दुईतिहाई सकृय जनशक्ति विदेश पलायन। नेपालमा दशकौंको लोडसेडिङ। देशमा साम्प्रदायिकताको घृणित परिवेश।
कहाँ गयो आजसम्मको विदेशी लगानि ? के प्रतिफल दियो विदेशी लगानिले ? विदेशी, कमिशनखोर र सत्ता दलालहरु बाहेक अरु कसले फाईदा लियो विदेशी लगानिकाे ? विश्वबैंकले राज्य चलाउने अवस्था कसरी आयो ? किन बनेन नेपाल सिंगापुर ?
नेपाल बनाउनका लागि प्राकृतिक श्रोत, मानवीय साधन र पूँजी पर्याप्त छ तर किन नाटक गरिन्छ विदेशी लगानिको ? नेपालले आफै केहि गर्न सक्दैन भन्ने देखाएर विकास हुन नदिने र देशको श्रोत विदेशीहरुलाई लुटाउने दलालहरुको चालबाजि हो यो।
आफ्नो लगानिलाई प्राथमिकतामा राखेर विदेशी लगानिबाट फाईदा लिनका लागि त सोंच, नीति र चरित्र चाहिन्छ। कौडिको ब्यवसाय नगरेर बसेका तर मासिक १० लाखभन्दा बढिको खर्च गर्ने र जनताको कर लुटेर अमेरीकामा उपचार गर्ने लुटेराले विकास गर्छ ?
विदेशी लगानिको नारा लुटको नारा हो। देशका श्रोतहरु विदेशीलाई लुटाउने र त्यसबाट आएको कर आफूले लुट्ने। विदेशी लगानिबाट देश बनाउँछौं भन्ने लुटेराहरुले आजसम्मको विदेशी लगानिबाट के प्राप्त भयो भन्ने कुराको स्वेतपत्र जारी गर्नु पर्दैन ?
-राजनैतिक विश्लेषक भरत दाहालको फेसबुकबाट

