– दीर्घराज प्रसाईं
एमाले+माओवादी, कांग्रेसहरु ! नेपालको अस्मिता खल्बल्याउने, राष्ट्रघाती, इसाईकरणका अपराधीक शैली बन्द गर !
२०६३ साल वैशाख ११ गते राजाबाट पुर्नस्थापित प्रतिनिधिसभाले, २०६३ जेष्ठ ४ गत, दलका केही ९।१० जना नेताहरुले विदेशीको इशारामा करोडौं रकम खाएर नेपाललाई धर्मनिरपेक्ष र क्रमिक रुपले गणतन्त्र घोषणा गरेर जुन राष्ट्रघात गरेका छन् त्यो खारेज हुनसक्नु पर्छ । धार्मिक परम्परा कस्तो हुन्छ भन्ने कुरा हालै सुडानमा एक मस्लिम केटीले इसाईसँग बिवाह गरेकोमा सुडान अदालतले पेटमा बच्चा रहेकी ती युवतीलाई मृत्यूदण्डको सजायँ सुनाएको छ । यद्यपि सजायँका अनेकौं बाटा हुँदाहुँदै पनि मृत्यूदण्डको सजायँ यो नाजायज हो । हामीलाई विश्वास छ कि उनको मृत्यूदण्ड बदर हुनेछ नैं । तथापि आफ्नो मात्रृधर्म माथि घात गर्नेहरु माथि गरिएको यो निर्णय एक उदाहरण मान्नु पर्छ । त्यस्तै नेपालको लागि ठूलो शत्रुको रुपमा क्रिस्चियनहरु नैं हुन् । इसाईहरु नेपालमा हिन्दु तथा बौद्धको जग भत्काउन अनेकौं हत्कण्डा लागु गर्दैछन् । त्यसैले नेपालमा पनि २०६३ सालभन्दापछि इसाई बनेका नेपालीहरुलाई आफ्नो मात्रृधर्ममा फर्काने पहल गरिनु पर्छ र बीना संझौता बनाइएका चर्चहरु भत्काइनु पर्छ । इसाईबाट उत्प्रेरित कार्यक्रम र सहयोग सबै बन्द गरिनुपर्छ ।

धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताका समर्थक माओवादी, कांग्रेस, एमालेका नेताहरुको गद्दारीको फाइदा उठाएर इसाईहरुको नाङ्गा चलखेल देख्दा वाक्क लागेर आउँछ । पैसा र पदको लोभमा परेर विदेशीहरुको दाहिने हात बनेर नेपालको अस्तित्व माथि नैं खेलवाड गर्नेहरु देशद्रोही हुन् । अव त यिनीहरु कहाँबाट परिचालीत छन् भन्ने कुरा चौतर्फी जानकारी भइसकेको छ । तैपनि यिनीहरुले अलिकति पनि महसुस गरिरहेका छैनन् । ‘प्रयोगशाला’ सुधीर शर्माबाट लिखित पुस्तकमा नेपालका माओवादी को हुन् र कहाँबाट परिचालित थिए भन्ने कुरा छलङ्ग पारेका छ । यसरी देशलाई भौडिमा हाल्न खोज्नेहरुले जति नैं जनतालाई दिग्मित बनाउन खोजेता पनि सबै कुरा भण्डाफोर भएपछि यिनीहरुले यो भूमिमा लुकेर हिड्ने ठाउँ पनि पाउने छैनन् । ‘
नेपाल’ जस्तो विश्वको एकमात्र हिन्दुअधिराज्यको प्रतिष्ठा बढाएर अगाडि बढ्नु पर्नेमा देशको असिमता, गौरवमय परम्परा तथा राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको राजसंस्थाको विस्थापित गरेर नेपाललाई अन्धकारमा फसाउनेहरु सँधै निन्दनीय छन् । नेपालले प्राचीनकालदेखि नैं विश्वमा आफ्नो पहिचान दिएर उभिदै आएको राष्ट्र हो । नेपालको राष्ट्रिय झण्डा, हिन्दुअधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । हिन्दुअधिराज्य भन्ने कुरा धर्मसँग मात्र संवन्धित नभएर यो नेपालको सुरक्षा अवधारणाभित्र पनि जोडिएको छ । नेपालको राष्ट्रियतालाई मज्बुतगर्दै आएका महत्वपूर्ण स्रोतमा हिन्दु तथा बौद्ध परम्परा नैं हो । धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको नारा माओवादी, कांग्रेस, एमाले र कुनै खाओवादीको एजेण्डा होइन । यो त भारत र अमेरिकी गुप्तचर संस्थाहरुको एजेण्डा हो । पैसा खाएर र पदको लागि नेपालमा पार्टीका दलाल नेताहरुले बोकेर हिडेका मात्र हुन् । तर ५।७ जना देशद्रोही पार्टीका नेताहरुको कारणले नेपालमा क्रिस्चियनहरुको दाईं चलेको छ ।
ख्यालरहोस– जवाहरलाल नेहरु विश्व विद्यालयका प्रा. यस्.डी.मुनीले पटक पटक भन्दै आएका छन्–‘१२ बुँदे समझदारी, माओवादी सात दल सहकार्य, दोस्रो जनआन्दोलन, माओवादीको मूलधारमा प्रवेश, शान्तिप्रक्रिया, संविधानसभा निर्वाचन गणतन्त्र घोषणा आदि यी सबैमा हर्मिजको भूमिको कुनै न कुनै रुपमा थियो । अहिले भारतमा कांगे्रस (आई) को सैतानी सत्ता ढलेको छ । भारतमा हिन्दु राष्ट्रवादी पार्टी भारतीय जनता पार्टी (भाजपा) को सत्ता आएको छ ।
‘रअ’ बाट परिचालीत नेपालका दलाल नेताहरुको सातो उठेको छ । अव कांगे्रस (आई) को वदनाम गुप्तचर संरुथा ‘रअ’ ले नेपालको बिरुद्ध टाउको उठाउन नपाउला । नेपाललाई हिन्दुअधिराज्य र राजसंस्थाको पक्षमा भारतीय जनता पार्टीको समर्थन रहला । जसरी सोनीयाँ गाँधीको सैतानी सत्ता र उसको बदनाम गुप्तचर ‘रअ’ले यो पूण्यभूमिबाट हिन्दुअधिराज्य र राजसंस्था उन्मूलन गराउने षडयन्त्र गरायो त्यसरी नैं खुलेर भाजपा सरकारले नेपाल माथि सद्भाव राखेर नेपाललाई हिन्दुअधिराज्य र राजसंस्थाको निरन्तरताको लागि नेपाली जनता र बाटो बिराएर आत्मघाती बाटो हिंडेका नेपालका नेताहरुलाई संझाउनु पर्छ । तर यसको लागि नेपालीहरुको नैं हिन्दुअधिराज्य र राजसंस्थाको निरन्तरताको लागि अहं भूमिका हुनुपर्छ । यसको साथै भारतीय जनता पार्टीको मोदीको नेतृत्वको सरकारले नेपाल–भारत सीमानामा नेपालका मिचिएका भूभाग फिर्ता गरेर सीमाक्षेत्र विवादरहीत बनाउने पहल गर्नुपर्छ ।
नेपाल भारतबीचको खुला सीमानाले गर्दा चोर, डाका, ज्यानमारा, अपहरणकारी, काला ब्यापारीको नियन्त्रण गरेर अन्तराष्ट्रिय मान्यता अनुसार खुला सीमाना नियन्त्रण गर्ने कुटनीतिक पहल गर्नुपर्छ । बीजेपी सरकारसँग मेरो अनुरोध छ कि सोनीयाँ गाँधीको कांग्रेस (आई) सत्ताबाट नेपाल–भारतको पहिचान समाप्त गरेको र भारतीय जनतालाई कंगाल बनाएर ब्रम्हलुट मच्चाएकोमा सोनीयाँ लगायत सत्ता दुरुपयोग गर्ने नेता, कर्मचारी, ‘रअ’ का कुख्यात कर्मचारी, २०६२ सालदेखि २०७० सालसम्म नेपालमा राजदूत रहेका श्यामशरणहरु जस्ता कुख्यात अपराधीहरलाई नेपाल भारत बीचमा बैमुनुष्यता खडा गरेको अभियोगमा कारवाही गरिनुपर्छ । नेपाल, चीन, भारत बीच सुमधुर संवन्ध कायम राख्न उच्चस्तरीय त्रिपक्षीय स्थायी समिति तयार गरिनु पर्छ । अहिले नेपालको ब्रम्हलुट मच्चाएर देशलाई कंगाल बनाउने नेपालका शत्रु भनेका, २०६२ सालमा दिल्लीमा ‘रअ’ को मध्यस्थतामा १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने, त्यसको समर्थनहरुहरु र धर्मपरिवर्तन गराउने क्रिस्चियनहरु हुन् । यी दुई शत्रुलाई लखेट्न सकियो भने फेरि नेपालमा यस्तो बिपत्ति कहिले आउने छैन । इसाईहरु कतिसम्मका हरामी रहेछन् भन्ने कुरा नेपालका गाउँ बस्तीमा गएर अध्ययन गरेमा सबै छलङ्ग हुन्छ । अनर्थका झुठा कुरा गरेर सर्वसाधारणको मनस्थिति खलबल्याएर इसाई धर्म प्रचारकहरुले नेपाली बहुला बनाइरहेका छन् ।
गोरक्षपीठ योगी वलभद्रनाथ भन्नुहुन्छ– ‘नेपालमा एउटै घरमा कोही सनातन् धर्ममा नैं आवद्ध छन् कोही जो क्रिस्चियन बनेका छन् । यिनीहरुको बीचमा वैमुष्यता बढेर घरघरमा कलह बढ्दोछ । इसाई बन्ने बाबुको अंशमा झगडा गर्ने, पारिवारिक कलह गराएर हिन्दु सहिष्णतालाई असहिष्णु बनाउनमा इसाईहरु सफ लबनेका छन् भने नेपाल आफै पहिचानविहीन बन्ने खतरा छ ।’ यो अराष्ट्रिय सरकारबाट नेपाल सुरक्षित बन्न सक्तैन । हो, २००७ सालपछि क्रिस्चियनहरु नेपालमा छिट्पूट पसे पनि कुनै बिरोध गरेका थिएनौं । २०४६ सालपछि केही मात्रमा लुकेर धर्म परिवर्तन गराउन लागेका थिए । तर २०६३ सालको आन्दोलनपछि त हद नाघेको छ ।२०६३ सालको आन्दोलनको अघि–अघि तोडफोडगर्दै उघ्र नारा लगाउनेहरु योजनावद्ध रुपमा आन्दोलनकारीको अघि अघि हिड्ने सबै माओवादीभित्रका क्रिस्चियनहरु थिए । पृथ्वीनारायण शाहका शालीक भत्काउने सबै क्रिस्चियन माओवादी थिए। यी सबै गराउनेमा बाबुराम भट्टराईकै ठूलो हात थियो भनिन्छ । पौष २७ गतेको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती नमनाउने निर्णय गराउने पनि बाबुराम भट्टराईकै दबाबमा भएको थियो । राष्ट्रिय एकता दिवस खारेज गर्नमा भारतीय गुप्तचर संस्था ‘रअ’ र बाबुराम भट्टराईको दबाबमा गिरिजाको मंत्रिपरिषदमा गृहमंत्री बनेका वदनाम कृष्ण सिटौलाले नैं हटाएका हुन् । २०६३ जेष्ट ४ गते बाबुराम भट्टराई, कृष्ण सिटौला लगाएर भारतीय दलालहरु र सभामूख नेम्वाङबाट पैसा खाएर नेपाललाई धर्मनिरपेक्ष घोषित गरियो । त्यसपछि क्रिस्चियनहरु पैसाको खोलो बगाउँदै धर्मपरिवर्तन गराउन नेपालका गाउँगाउँमा छिरेका हुन् । देशलाई यो विकराल अवस्थामा पु¥याउनेहरु जेलमा कुँज्याएर राख्नुपर्ने अपराधीहरु अझै मुख देखाएर हिडिरहेका छन् ।
माओवादीभित्र पनि धेरै क्रिस्चियन छन् भन्ने कुरा थाहा भइसकेको छ । प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महरा सबै क्रिस्चियन हुन् । उनीहरु लुकीलुकी चर्च जान्छन्, धर्मनिरपेक्ष गराउन उनको पनि ठूलो हात छ भनिन्छ । यो पूण्भूमिमा हिन्दु बिरोधी प्रधानमंत्री, मंत्रीहरु पनि बनेको देख्नुपर्दा धिक्कार लाग्छ । संसारमा जहाँ अमेरिका, यूरोपका इसाई राष्ट्रहरु र क्रिस्चियनहरु पसेका छन् त्यहाँ कतै शान्ति छैन । नेपालका पनि जति मानव अधिकारवादीहरु छन् ती सबै पैसाका पछि कुदेका छन् । जस्ले पैसा दियो त्यसैका पक्षमा बोल्ने खाओवादीहरु मानव अधिकारवादी बनेका छन् । अव जहाँ जस्ले थाहा पाए पनि त्यस्ता अपराधी राष्ट्रघाती कुकर्ममा लाग्नेहरुको बिरुद्ध सशक्त बन्ने अवस्था छ ।दक्षिण सुडानमा क्रिस्चियनकरण गराएर सुडान फुटाएर छाडे । जहाँ क्रिस्चियनकरण गर्न खोजिएको छ त्यहाँ कही शान्ति छैन । मानब अधिकारको नारा दिन्छन् तर क्रिस्चियनहरुको प्रभावक्षेत्रमा उनीहरुको समर्थन नगर्नेहरु मारिन्छन्, काटिन्छन् । संयुक्त राष्ट्र संघको मानव अधिकारले पनि क्रिस्चियनहरुकै कुर्कत्यको समर्थन गर्छ र यही काम गर्छ । संयुक्त राष्ट्र संघ त्रिस्चियनको दबाबबमा जन्मेको यो पनि इसाई अखडा हो । कुनै मुसलमान वा हिन्दु वा बुदिष्ट मारियो भने त्यहाँ मानव अधिकारको कुरा उसले उठाउँदैन तर कुनै क्रिस्चियन् मारियो वा चर्च भत्कियो भने त्यस्ता कथित मानव अधिकारवादी हाहाकार मच्चाउँछन् । अहिले दक्षिणपूर्व एशियालाई क्रिस्चियनकरण गर्नमा पश्चिमी देशहरु नैं खनिएका छन् । यसअवस्थामा हामी नेपालीहरु क्रिस्चियनहरुलाई बेलैमा डाडो कटाऔं । हामी इसाईहरुलाई सल्लाह दिन्छौं– नेपालको अस्मिता खल्बल्याउने अपराधीक शैली बन्द गर ।
०६३ साल जेष्ठ ४ गतेदेखि नेपालको अस्तित्व समाप्त गराउन धर्मनिरपेक्ष लाध्ने कार्य भएको छ । नेपाल जस्तो हिन्दु तथा बौद्धहरुको आधिकारिक थलोलाई धर्मनिरपेक्ष राष्ट्रको रुपमा घोषित गर्नु यो महान धोका हो, राष्ट्रघात हो । नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने हो भने विश्वका अनेकौं धर्म सापेक्ष क्रिस्चियन, मुसलमान, यहुदी सम्पर्ण राष्ट्रहरु सबैले धर्मनिरपेक्ष घोषित गर्नुपर्दछ । क्रिश्चियन्हरुले–‘क्रस’,यहुदीहरुले–‘षडकोण’, मुसलमानहरुले–‘काबा’ त्याग्न सक्छन् र सबै राष्ट्रहरु धर्म निरपेक्षको नीति अवलम्वन गर्छन् भने नेपालले पनि सोच्ने कुरा आउँछ । हिन्दु धर्म भन्दा धेरै पछि जन्मिएका धर्महरु मुस्लिम, क्रिस्चियन्हरुले चाहीं विश्वका धर्म सापेक्ष राष्ट्र बन्नुपर्ने अनि विश्वको एक मात्र हिन्दुअधिराज्य नेपाल चाहीं धर्म निरपेक्ष बन्नुपर्ने कुनै कारण छैन । नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको रुपमा ब्याख्या गर्नेहरु वैचारिक रुपमा दिग्भ्रमित छन् । नेपाललाई धर्मसापेक्ष-हिन्दुअधिराज्यको रुपमा जीवन्त राख्नुपर्छ भन्नेहरु ९५ प्रतिशतभन्दा धेरै छन् ।
पार्टीगतरुपमा नेपालीहरु विभाजित भएकाले हिन्दुअधिराज्यप्रति दृढ आस्था हुँदाहुँदै पनि पार्टीको धारणा बिपरित हुनजाला भन्ने ठानेर चुप्प रहेका मात्र हुन । त्यसैले पार्टीभित्रका नेताहरु राष्ट्रघाती भएकाले उनीहरुको कारणले नेपाली जनता आ–आप्m्ना आस्थाहरमा पनि वाध्यतावस विभक्त हुन पुगेकाले देशको लागि यो खतरनाक कुरा हुन पुगेको छ । त्यसैले देशको पहिचानलाई जीवित राख्न कुनै पनि हालतमा नेपाललाई संवैधानिक राजतन्त्र तथा हिन्दुअधिराज्य यथावत कायम हुनुपर्छ । यहाँ कतिपय हिन्दुहरु नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्छ भन्छन् । तर हिन्दु राष्ट्र र हिन्दुअधिराज्यको कुरामा ठूलो अन्तर छ ।हिन्दु अधिराज्य भनेको नेपालभित्र हिन्दु बाहेक मुसलमान, इसाई र अन्य धर्मावलम्वीहरु बस्न पाउँदैनन् भन्ने कट्टर मुसलमान राष्ट्रहरु जस्तो कट्टर हिन्दुहरुको थलोको माग गरेको अर्थ लाग्छ । मुस्लिम राष्ट्रहरुमा हिन्दु तथा इसाईहरु धार्मिक रुपमा चलखेल गर्न पाउँदैनन् । त्यसैले भोलिका दिनमा नेपालमा पनि त्यस्तै कट्टरवादको सिर्जना भएर द्वन्द प्रारम्भ हुन्छ । नेपाल हिन्दुअधिराज्यको रुपमा नैं कायम हुनुपर्छ ।
पृथ्वीनारायण शाहबाट ५४ स–साना हिन्दुराज्यहरुको एकीकरण भएर नेपाल एक हिन्दुअधिराज्यको रुपमा सिर्जना भएको हो । हिन्दुअधिराज्य भनेको नेपालभित्र धर्मपरिवर्तन नगराई बसोबासो गर्ने मसलमान, एसाई तथा अन्यधर्मकोको पनि अस्तित्व स्वीकार गर्नु हो । त्यसोभएकाले हामी नेपालीहरुले नेपाललाई हिन्दुराष्ट्रको रुपमा होइन हिन्दुअधिराज्यको रुपमा कायम हुनुपर्छ । नेपाल हिन्दुअधिराज्यको रुपमा रहँदा कसैको हानी नोक्सानी गरेको थिएन । हिन्दुअधिराज्य नेपालको पहिचान हो अनि सुरक्षा अवधारणाको एक आधार हो । विश्वमा एकमात्र यहुदी राष्ट्रको रुपमा इजरायल छ त्यसको हामी सम्मान गछौं । अतः अव नेपाललाई हिन्दुअधिराज्य घोषित गरिनु पर्छ ।
(-दीर्घराज प्रसाईको फेसबुक वालबाट)

