विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ३३९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । यसका साथै कार्यक्रममा विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।
कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः
१. बलात्कृत महिलाको झोलामा अदालत भित्रै कर्मचारीले हाले ५ लाख !
चितवनमा एक महिलाले आफू माथि बलात्कार भएको र बलात्कारको घटना लुकाउन आफूलाई आर्थिक लेनदेन गर्न दबाब दिई जबरजस्ती पैसा झोलामा हालिदिएको भन्ने गुनासो कार्यक्रम ‘सीधाकुरा’मा गरिन् । उनको गुनासो बुझन् चितवनका टिभि जर्नालिष्ट प्रकाश सिग्देल चितवन जिल्ला अदालत पगे ।
बलात्कार गरेको भनिएका व्यक्तिका आफन्त र अदालतकै कर्मचारी मिलेर पीडित महिलाको झोलामा ५ लाख रुपैयां हालिएको रहेछ । अदालतमा बयान बदल्न झोलामा जवजस्ती पैसा हालेपछि पीडित महिलाले अदालतमै कार्यरत प्रहरीको रोहवरमा फिर्ता भएको रहेछ ।
अदालत भित्र यसरी अदालतकै कर्मचारीले बलकृत महिलाको झोलामा पैसा हालेको थाहा पाएपछि हाम्रो टिम चितवन जिल्ला अदालत पुग्यो । हामीले शुरुमा पीडित महिलासँग अदालत नजिकैको एक गोप्य स्थानमा कुराकानी ग¥यौ । अदालतमा बयान बदल्न उनलाई सबैतिरबाट दवाव आइरहेको रहेछ ।
पीडित महिलाको कुरा सुनेपछि हाम्रो टिम पीडितको आरोपको आधिकारीक्ता खोज्दै अदालत छिर्यो । आर्थिक लेनदेनको घटना देख्ने र पैसा फिर्ता गराउना सहयोग गर्ने मध्यकी एक महिला प्रहरी को ५ लाख रुपयां पीडितको झोलामा हालिएको र पछि फिर्ता गरिएको बताइन् ।
त्यसपछि हामीले जबरजस्ती पैसा लिन बाध्य पार्ने मध्येकी एक अदालतकी महिला कर्मचारी लक्ष्मी लामिछानेलाई भेट्न गयौ । पैसा लिन दवाव सिर्जना गर्ने र जबरजस्ती झोलामा ५ लाख रुपैया हालेर बयान फेर्न दवाव दिने कर्मचारी लामिछानेले आफुले यसवारे हकिमलाई जानकारी गराईसकेको भन्दै हाकीमसँग कुरा गर्न भनिन् र बोल्न मानिनन् ।
पीडितले ती महिला कर्मचारीलाई झुट बोल्न लाज लाग्दैन भनिरहदा आफुलाई कार्यालय सहयोगी भन्ने अर्का कर्मचारी आई अवरोध गर्न खोजे । त्यसपछि हामीले आदालतको इजलाश बाहिर अदालतका कर्मचरीको सहयोगमा बलात्कृत महिलालाई बयान बदल्न ५ लाख दिएको बिषयमा आदालतले के गर्दै छ भनि अदालतका श्रेष्तेदार गहेन्द्रराज पन्तको कोठमा पुग्यौ ।
श्रेष्तेदारले घटनाको बारेमा सामान्य जानकारी आफूले पाएको र महिलाले आफूलाई असुरक्षीत भएको बताएपछि उनलाई महिला प्रहरी मार्फत घरसम्म सुरक्षा दिई लगेको तर यसको बिषयमा अरु थप जानकारी आफूलाई नआएको बताए ।
बलात्कारको घटनामा बयान बदल्न अदालतको इजलाश बाहिर आर्थिक लेनदेनको घटना भएको र बयान सच्याउन दवाव कर्मचारीबाटै दिईएको अनि पैसा फिर्ता गराउन प्रहरी अदालतमै कार्यरत भएको थाहा पाउदा पनि किन केही नगरेको प्रश्नको जवफमा श्रष्तेदारले यसबारे नविदन नपरेकाले केही नगरेको बताए ।
अदालतको गटमा कार्यरत महिला हवल्दाले पनि अदालत भित्र पीडित महिलाको झोलामा हालिएको फैसा फिर्ता गरिएको घटनामा कसैलेपनि सोधपुछ नगरेको बताइन् । अदालतका कर्मचारीले बलात्कृत महिलालाई बयान बदल्न जरवजस्ती ५ लाख दिएको देख्ने व्यक्तिहरु मध्येकी एक लक्ष्मी बिक पनि हुन् ।
घटनाकी साक्षी बिकले अदालतकै कर्मचारी लक्ष्मी लामिछानेले भित्र बयान सुन्दै बाहिर आउदै अर्को पक्षलाई यसले पैसा पनि लानिभइ, बयान पनि बिगारी यसलाई छाड्न हुन्न भन्दै कुरा गर्दै गरेको आफूले देखेको र सुनेको बताइन् ।
एक बलत्कृत महिला दुनियासँग लड्दै बडो हिम्मत जुटाएर अदालतको ढोकासम्म पुग्छिन् । शारीरिक मात्र नभई मनसिक हिसाबले समेत बलात्कृत भएकी महिला न्याय माग्न अदालत पुग्दा अदालतकै कर्मचारी पीडकसंग मिलेर पीडितलाई बयान बदल्न पैसा दिदै दवाव सिर्जना गरे कहा गएर न्याय पाउने ?
२. वडा कार्यालयको बैठक नै नबसी २० महिनादेखि बैठक भत्ता लिदै !
काठमाडौं । काठमाडौं महानगरपालिका वडा १ का जनप्रतिनिधि बैठक नै नबसी भत्ता बुझ्ने गरेको भेटिएको छ । कामपा १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठकै नेतृत्वमा बैठक नै नबसी २० महिनाको बैठक भत्ता स्वरुप करिब १३ लाख रुपैयाँ लिएका छन् ।
वडा १ वडा सदस्य मीना सुनुवारका अनुसार उनी निर्वाचित भएपछि अहिलेसम्म एक पटक पनि औपचारीक बैठक भएको छैन । तर हरेक महिनामा ४ दिन बैठक भएको भन्दै उनलाई माइन्युटमा हस्ताक्षर गर्न भन्दै वडा कार्यालयमा बोलाइन्छ ।
३. दैलेखमा ३० वर्षदेखि अलपत्र सिंचाई आयोजना, कामदारले पाएनन् पसिनाको मूल्य
दैलेख । मझौला सिंचाई आयोजना अन्र्तगत दैलेखको रावतकोट सिंचाई आयोजनाको काम सुरु भएको ३ दशकभन्दा बढी भइसक्दा पनि योजना सम्पन्न भएको छैन । सिंचाइ आयोजनाका काम गरेको कामदारले अहिलेसम्म ज्याला पाएका छैनन् ।

