कोपा लिबेरटाडोरेस, अर्जेन्टिनी फुटबलको एक सय २७ बर्षको इतिहासमा सबै भन्दा ठुलो खेलका रुपमा शनिबार रिभर प्लेट र बोका जुनियर्स खेल हुन गइरहेको थियो । प्रतियोगिताको पहिलो लेग दुई दुई गोलको बराबरीमा सकिएका बेला यो बर्षकै ठुलो फाइनलका रुपमा दोस्रो लेगलाई हेरीएको थियो ।

विश्वभरका फुटबल समर्थकको ध्यान केन्द्रित भएको सो फाइनल, जसमा दुई कट्टर प्रतिद्धन्द्धी आमनेसामने हुन लाग्दा एउटा अबिश्वस्निय घटनाले फाइनल खेलमा रडाको मच्चायो । दक्षिण अमेरीकी फुटबलमा सायदै यो पहिलो पटक भएको थियो । जसमा फुटबल समर्थकले टिममाथि आक्रमण गरेका थिए ।
खेल सुरु हुनुभन्दा दुई घष्टा अगाडीको कुरा हो, रंगशाला वरपर दर्शकको भिड निकै थियो । फाइनल खेलका लागि टिकटको माग निकै उच्च थियो, तर चाहेका जतिले टिकट पाउन सकेका थिएनन् । त्यसमा पनि एक जना दर्शकले जागिरका लागि टिकट साटेका थिए भने कसैले एउटै टिकट ब्लाकमा लाख भन्दा बढी तिरेका थिए ।

जसमा रिभर प्लेटका अध्यक्ष रोडोल्फले आफ्नो ह्वाट्सएपको प्रोफाइल पिक्चर्स नै परिवर्तन गरेर लेखे– मसंग टिकेट छैन भनेर । जति जति खेलको समय नजिकिदै थियो, त्यति नै दर्शकको ओइरो लाग्दै थियो । हातमा टिकट भएका दर्शक मैदान प्रवेश गर्दै थिए भने कोहि टिकट पाइहालिन्छ की भनेर भौतारिरहेका थिए ।
यस्तैमा एक रेडियो स्टेसनले पनि यो खेल अहिलेसम्म कै उत्कृष्ट खेल हुने भनेर बोलिरहेका थिए । सुरक्षा ब्यवस्था निकै कडा पारिएको थियो, समर्थक मैदान प्रवेशका लागि ५ वटा स्थानमा सुरक्षा पार गरेर जानुपर्ने ब्यवस्था बनाएको थियो ।
सबै कुरा राम्रोसँग अगाडी बढिरहेको थियो । दुबै टिमका समर्थक आफ्नो टिमले जित्छ भन्ने विश्वासमा खेल हेर्ने योजनामा थिए, यसैमा खवर आयो बोका जुनियर्सको बसमा आक्रमण भयो भनेर । जुन सोसियल मिडियामा एकै पटक भाइरल बन्यो । फोटो र भिडियो एकपछि अर्को रुपमा फेसबुक, ट्विटरमा आउन थाले । सुरुवातमा त कमैले पत्याएका थिए टिमको बसमा आक्रमण भयो भनेर । तर सोसियल मिडियामा भिडियो आएपछि सबैले पत्याए ।

रंगशाला नजिकै त्यो घटना अचानक भएपछि पुलिसले भिड तितरवितर गर्न अर्सुग्यास पनि प्रयोग गरे । बोका जुनियर्सका खेलाडी चडेको बसमा रिभर प्लेटका समर्थकले गरेको यो लज्जास्पद काम अरु भन्दापनि सन् २०१५ मा भएको घटनाको बदला लिनका लागि थियो । सो बेलापनि रिभर प्लेटका खेलाडीमाथि बोका जुनियर्सका समर्थकले बसमा आक्रमण गरेका थिए ।
पुलिसले एकपछि अर्को रुपमा भिडलाई हटाउन प्रयोग गरेको अर्सुग्यासको एक गोली बोका जुनियर्सका कप्तान पाब्लो पेरेजलाई लाग्छ पुग्यो । यस्तै रिसले हजारौको संख्यामा रहेको भिड झन आक्रामक बन्यो । यस्तैमा बोका जुनियर्सका एक खेलाडीको हातमा चोट लाग्यो ।
रंगशाला भित्र भने बाहिर के भइरहेको छ कसैलाई थाहा थिएन, भित्र पसिसकेको समर्थकहरु अब चाँडै खेल सुरु हुन्छ भन्ने आशामा थिए । यस्तैमा खेलाडीको स्वागतका लागि सेतो र रातो प्लास्टिकको स्ट्रिमर्सलाई हावामा उडाइयो । दर्शकको हल्लाले छेउैमा रहेको साथीले के भनिरहेको छ भन्ने पनि सुनिने अवस्था थिएन । सबै दर्शक फाइनल खेलको ब्यग्र प्रतिक्षामा थिए । तर खेलाडीले मैदानमा पाइला अब राख्लान तव राख्लान भनेर कुरेका दर्शक कुरेको कुरै भए ।
अचानक मैदानमा गञ्जिएको म्युजिक पनि बन्द भयो, एकाएक मैदान पुरै सुनसान बन्यो । यस्तैमा फेरी सोसियल मिडियामा फाइनल खेल केहि ढिलो भएको भनेर पोष्टहरु आउन थाल्यो । रंगशालाको माहोल निकै तरगिंत भइसकेको थियो भने मैदानबाहिर निकै हिसात्मक ।
जसका कारण फाइनल खेल संभव थिएन । र आयोजकले खेलाडीको बसमाथि भएको आक्रमण र खेलाडी नै घाइते भएपछि फाइनल खेल रद्ध गर्ने निर्णय गर्यो । त्यसको अनाउन्स मैदानमा पनि गरियो । खेलाडीको बसमाथि आक्रमण भएकाले फाइनल खेल रद्ध भएको भनेर अनाउन्स हुँदा मैदानमा पुगेका समर्थक एकअर्कालाई हेरेर के भयो भन्ने प्रश्न एकअर्कासँग सोधिरहेका थिए ।
करीव आधा घण्टापछि फेरी अनाउन्स भयो की सबैले मैदानबाट बाहिर गइदिनुहोला, सुरक्षित भएर भनेर भनेपनि समर्थकले बाहिर केहि घटना भएको हुनुपर्छ भन्ने अनुमान गरे ।
यस्तैमा एउटाले ट्विट गर्यो, बोका जुनियर्सले प्रतियोगिताको उपाधि उसलाई दिनुपर्ने भन्ने माग गर्यो भनेर । कारण २०१५ मा रिभरप्लेटमाथि आक्रमण हुँदा उसले प्रतियोगिताको उपाधि उपहार पाएको थियो ।
रंगशालामा बन्द भएको म्युजिक फेरी सुरु त भयो तर दर्शक भने मैदानमा थिएनन् । स्थानीय समय अनुसार ५ बजेट सुरु हुने भनिएको खेल ६ बज्दा मैदानमा खेलको मज्जा लिएरहनुपर्ने दर्शक कोहि पनि थिएनन् । मैदानमा पुगेका अरु अफिसियल पनि एकपछि अर्को गरि मैदानबाट बाहिरीए ।
फाइनल खेल नहुने भएपछि बोका जुनियर्स टिमले वाकओभर दिनुपर्ने भन्दै दावी पनि गरे । तर त्यो हुन सकेन । अन्तत अफिसियल रुपमा नै फाइनल खेल स्थगित भएको घोषणा भयो । जसको प्रत्यक्ष दुःख खेलाडीका साथै आनन्दले फाइनल हेरौला भनेर रंगशाला भित्र पुगेका समर्थकलाई पर्यो ।
दक्षिण अमेरीकी फुटबलमा भएको यो दुःखद घटनाले पुरै विश्व फुटबल नै चकित पर्यो । ऐतिहासिक फाइनलको साक्षी बन्ने मनसायमा रहेका समर्थक पनि निरास भए । अब यो फाइनल कहिले हुने हो त्यो अझै टुंगो लाग्न सकेको छैन । तर जसरी समर्थकले टिममाथि आक्रमण गरे, त्यो पक्कै पनि निन्दनिय नै छ ।
बीबीबीबाट अनुबादित

