न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ३०० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । यसका साथै आजको एपिसोडमा कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी बोक्सीको आरोपमा फेरि कुटिएकी विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ, भने उनै राधा चोधरीसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।
प्रदेश नम्बर ३ को प्रदेश सरकरले नै इन्धनको नाममा ब्रमलुट गरिरहेको भेटिएको छ । मन्त्री परिषदको कार्यालयदेखि ७ वटै मन्त्रालयले खर्च भएको भन्दा बढी इन्धन खर्च देखाएर प्रदेश लेखा नियन्त्रण कार्यालयबाट भुक्तानी लिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लक बुकका अनुसार खर्च भएको डिजल ६ सय ५७ लिटर तथा पेट्रोल १ सय २४ लिटरको मुल्य ७९ हजार ९ सय ७ रुपैया तर प्रदेश लेखानियन्त्रकको कार्यालयबाट भुक्तानी लिएको १ लाख ६२ हजार रुपैया । अनियमितता ८२ हजार ९३ रुपैयाँ ।
कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी बोक्सीको आरोपमा फेरि कुटिएकी छन् । उनलाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेपछि राधाले प्रहरीमा कालिचरण विरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
अन्तरजातीय विवाह गरेकै कारण सुनसरीका एक जोडी आफ्नै देशबाट विस्थापित हुनुपरेको छ । सुनसरी हरिनगर गाँउपालिका ६ का मुस्लिम केटा र उरावकेटीबीच प्रेम सम्बन्ध हुँदै ४ महिना अघि विवाह गरेपनि केटी पक्षको धम्की र झुटो मुद्धाका कारण नेपालबाट विस्थापित हुनुपरेको हो ।
उमेर पुगेर अदालतमा विहे दर्ता गरेको भएपनि प्रहरीले झुटो मुद्दा दायर गरि केटा पक्षकाहरुलाई अनावस्यक दुख दिइरहको छ । हरिनगर गाँउपालिका ६ का २१ वर्षीय सलमान अन्सारी र हरिनगर ७ की २० वर्षीया सुनिता उरावबीच गत असार २९ गते झापा जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।
मीटर व्याजमा अवैध लगानी गर्नेहरुले वैदेशिक रोजगारी ऐनको दुरुपयोग गर्ने गरेको खुलासा भएको छ ।
नवलपरासीकी शान्ती पूर्जाले घरायसी प्रयोजनका लागि स्थानीय चन्दू्र थापाबाट चर्को व्याजमा २ लाख फिर्ता गराउन वैदेशिक रोजगार विभागमा ८ लाख विगो दावीसहित मुद्धा हालेपछि घटना बाहिर आएको हो ।
पिआर र ग्रिनकार्ड छ भन्दैमा कलिला चेलीहरुलाई जबरजस्ती अंकल उमेरकाहरुको जिम्मा नलगाऔं– समाजमा एउटा कुरीति मौलाएको छ । आज त्यसबारे खुलेर चर्चा गर्न चाहान्छु । विदेशको पिआर, ग्रिनकार्ड वा सिटिजनशिप भएको केटो पाएपछि बाबु आमानै लागेर विहे गरिदिने गरेका छन् । चाहे त्यो दोब्बर उमेरको किन नहोस् वा अन्य अवगुणले भरिपूर्ण नै किन नहोस् ।
बाध्यता वा रहरले विदेशमा लिभिङ टुगेदर रिलेशनमा बसेका कयाँै व्यक्तिहरु बारे नेपालमा रहेका अभिभवाकहरु बेखबर छन् । एउटा पिआरका लागि रंग न ढंगको मान्छेसँग एउटै कोठामा बस्नु परेको बाध्यतालाई आज छुने कोशिस गर्ने छु । सिंगै अपार्टमेन्ट भाडामा लिदा मंहगो पर्ने भएर नक्कली जोडी बनेर समेत कसैसँग बस्नु पर्ने बाध्यतामा केहि नेपाली चेलीहरु परेका छन् ।
यहाँ उमेर पुगेको हर कोही व्यक्ति माया प्रेममा पर्न सक्दछन् । २१ वर्षकी महिलाले ८० बर्षको पुरुषसँग विवाह गर्न सक्छन् । मन परेपछि, माया लागेपछि उमेरले छेक्दैन । तर कहिले नभेटेको, नेदेखेको, नबुझेको मानिस छ, जो सँग विदेशी पिआर हुनु बाहेक अर्को कुनै गुण नै छैन, त्यस्ता व्यक्तिहरुको ज्यान दिएर खोजी गर्दै छोरी चेली भिडाउन खोज्नु चाँहि सामाजिक अपराध हो की होइन ?
विदेशमा भएका योग्य, क्षमतावान, संस्कारी, शिक्षित व्यक्तिहरुप्रति यो विषय लक्षित छैन । विदेशमा हुनु, न त गुण हो, न त अवगुण नै । तर एउटा पिआर र ग्रिनकार्ड देखाएर उमेर ढल्केको तालु फुलेको वा खुइलिएको बुढो मान्छे खडा गरिदिएर आफ्नो सुकुमारी छोरी चेलीलाई थान्को लगाउन खोज्नेहरुलाइ्र्र म त अपराधी नै भन्छु ।
कतिपय अवस्थामा केही चेलीहरुसमेत पिआर होल्डरको खोजीमा लागेको पाइन्छ । उमेर मिल्छ, मन मिल्छ, भावना मिल्छ, कुरा मिल्छ, माया लाग्छ र विदेश गएर सँगै बस्न पाइन्छ भने ह्वाइ नट ? हुन्छ मज्जाले हुन्छ ।
तर बकुल्लाले मछा ढुकेको जसरी विदेश बस्ने केटा ढुकेर नबस्नुस् । विदेशको जीवन सजिलो छैन । सजिलो छैन होइन नेपाल भन्दा गाह्रो छ । च्याट गर्दा तिम्रा लागि आकाशको तारा झारिदिन्छु भन्नेले १-२ हप्तापछि काम गर्नु भएन भने बंगारा झारिदिन सक्छ । कुनै शहरको डाउनटाउनमा वा समुद्री किनारमा खिचेको फोटो फेसबुक, ट्वीटर, इन्स्टाग्राममा हालेको देखेरै दंग पर्नु भएको हो, र आँफू कहिले त्यहाँ पुग्नेहोला भनेर सपना सजाउनु भएको हो भने, जाग्नुहोस् ।
विदेशमा रहेका अधिकांश दाजुभाइहरुलाई अति नै दुख छ । वर्षमा १-२ पटक मौका पाउदा खिचेर हालेको फोटो हो त्यो । कति हेण्डसम देखिएको मेरो राजा भन्दै हुनुहुन्छ भने तपाईको राजालाई त्यहाँको कामको फोटो, भिडियो पनि हाल्नु भन्नुस्, अनि राजाको व्याण्ड बाजा बज्छ कि बज्दैन थाहा हुन्छ ।
केहि रमाइलो तरिकाले भनेको मात्रै हुँ, यसमा कसैले मन नदुखाउनु होला । वास्तविकता थाहा नपाई केवल विदेश जान पाइन्छ, जीन्दगी रमाइलो र सजिलो हुन्छ भनेर अंकलहरुसँग विवाह गरि विदेश पुगेका कयौँ चेलीहरुसँग पछुताउनु बाहेक अर्को उपाय छैन ।
छोरा छोरी वा ज्वाई बुहारी विदेशमा नुहुनेको त समाजमा इज्जत नै नहोला जस्तो भइसकेको छ । त्यसैले समाजको यो अँध्यारो बारे प्रष्ट पारेर तपाईहरुलाई सु सुचित पार्न यस विषयमा बोल्ने जमर्को गरेको छु । कतिपय पुरुष र महिलाहरुले विदेशमा भएको व्यक्ति पाउना साथ आफ्नो चोखो र गहिरो मायालाई समेत लत्याएर हिडेका छन् ।
नक्कली विहे गरेर गएकाहरु फिटिक्कै मन नपरेको मानिससँग बेडरुम शेयर गर्न बाध्य छन् । महिलाहरुको यहि बाध्यताको फाइदा उठाउँदै कयौं पुरुषहरुले विदेशी भुमीमा महिलाहरु माथि चरम यौन शोषण गरेका छन् ।
सबैले होइन धेरैले । समाजमा फैलिदै गरेको यो विकृत रोक्न जरुरी छ । विशेष गरेर म छोरी चेलीहरुलाई यसबाट बच्न अनुरोध गर्दछु । विदेश जाने वित्तिकै जीन्दगीको सारा समस्या एक सटमा हल हुन्छन् भन्ने सोच्नु भनेको ठुलो भ्रममा हुनु हो । केहि सुविधा विदेशमा जरुर छ तर अध्ययनहरुले बताएका छन् कि विकशित देशका मानिसहरु सबैभन्दा बढी तनाव, डिप्रेशन, र विभिन्न मानसिक रोगले ग्रसित छन् ।
कामै कामको बोझले चरम निराशाको सिकार भएकाहरु तिनै देशमा बढी छन् जुन देश पुग्न पाए जीन्दगी नै सफल हुन्छ भनेर तपाई हामी कल्पना गर्दछौँ । केही आफ्नै अनुभव र केही रेफरेन्सहरु लिएर प्रस्तुत गरिएका यी दृष्टान्तहरु सबैका लागि लागु नुहन सक्छन् ।
तर उदेश्य एउटै मात्र हो कि, कलिला चेलीहरुलाई जबरजस्ती अंकल उमेरकाहरुको जिम्मा लगाएर कन्यादान नगरौँ । धन छ, विदेशको पिआर छ भन्दैमा कलिला चेलीहरु छानीछानी विहे गर्न सक्छु भनेर फुर्ती फार्ती पनि नलगाउँ । यि दुवै गम्भीर सामाजिक अपराध हुन् । हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएकै बेस आनन्दी मनले ।

