न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज २६८ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । यसको साथै फोन मार्फत भौतिक तथा यातायात मन्त्री रघुवीर महाशेठसँग बौद्ध जोरपाटी सडक खण्डसँगै कंलकी नागढुङ सडक सम्बन्धि कुराकानी पनि गरिएको छ ।
आजको एपिसोडमा प्रस्तुत गरिएका रिपोर्टहरु यस प्रकार छन्ः १. आजको यस विशेष एपिसोडमा ‘यातायात मन्त्री रघुविर महासेठले भनेको समयमा सडकका खाल्डा पुरिएनन्’ भन्ने शिर्षकमा रिपोर्ट प्रस्तुत गरिएको छ ।
काठमाडौं । साउन १२ गते बौद्ध जोरपाटी सडक खण्ड अनुगमनका लागि पुगेका भौतिक तथा यातायात मन्त्री रघुवीर महाशेठले स्थानीयसँग सडक निर्माण सक्न १ महिना अर्थात भदौ १२ गतेसम्मको समयमा मागेका थिए । उनले बौद्ध जोरपाटी सडक खण्डसँगै कंलकी नागढुङ सडकको पनि १ महिनामा कालोपत्रे हुने बताएका थिए ।
२. कार्यालय समयमा सरकारी अस्पतालका डाक्टरहरु क्लिनिकमा भेटिन्छन्- अस्पतालका डाक्टरहरु कार्यालय समयमा निजी अस्पताल र क्लिनिकहरु गई विरामी जाँच्ने गर्दछन । उनि प्युठानकी सिता लामा । शिक्षण अस्पतालमा डेलिभरी गराएकी उनी चार दिनपछि पुन उपचारका लागि अस्पताल पुगिन् ।
अत्याधिक रक्तश्राप भएपछि बिहान ७ बजे शिक्षण अस्पतालको ईमेरिजेन्सीमा पुगेकी उनको २ बजे सम्म उपचार भएन् ।
३. फलोअपः म्याग्दीकी पुजा खत्रीलाई सहयोग गर्नेहरुको लाईन ! चरम गरिबीका कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीको अहिले दैनिकी फेरिएको छ ।
आमाबुबाले छोडेपछि बृद्ध हजुरबुबा, भाईबहिनीलाई पेट भर्नकै लागि गाउँघरमा माग्न जानुपर्ने भएपछि विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र लेखेकी थिइन ।
पुजाको अवस्थाबारे हामीले स्थलगत रिपोटीङ गरेपछि अहिले उनि नियमित विद्यालय जान सक्ने भएकी छिन, बिहान बेलुका के खाउँ के लाँउ भन्नु पर्ने अवस्था छैन भने १ वर्षदेखि वेपत्ता बहिनि समेत घरमा छिन् । अहिले खाद्यन, लत्ता कपडा, शैक्षिक सामाग्री विभिन्न सहयोगदाताले घरमै पु¥याइदिएका छन् ।
आफ्नै आमाले काठमाडौ स्थित एक व्यक्तिको घरमा छोडेकी पुष्पाकी बहिनी पुजा घरमा बाल श्रमिकका रुपमा भेटिएकी थिइन । हाम्र्रा टिभी जर्नलिष्ट हरीकृष्ण गौतमको पहलमा श्रम कार्यालय, बाल हेल्पलाइन, जिल्ला प्र्रसासन कार्यालय म्याग्दी तथा म्याग्दी कूँहु समाजको पहलमा पुष्पा कार्कीलाई घर फिर्ता लगिएको हो ।
पुजाको नाममा गरिका विकास बैंक बेनी शाखामा खोलिएको खातामा हालसम्म ३ लाख ४० हजार जम्मा भएको छ भने धेरैलो नगद पनि दिएका छन् । बागलुङ घर भई हाल पोर्चुगलमा रहेका ब्यवसायी नरेन्द्र हमालले ५० हजार १४८ रुपैयाँ, तुलसी कँडेलको नामबाट ५० हजार, अस्टेलियाको ब्रिसबेन चौतारीले ३० हजार, सत्यशाही केन्द्र काठमाडौं २६ हजार २६०, नेदरल्याण्डबाट जनक बानियाँ, सोम भण्डारी, सुशिला बानियाँले २१ हजार १ सय ४१, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले २१ हजार, सहयोग गरेका हुन् ।
साथै हाम्रो कार्यालयमा आएर आफ्नो वृद्ध भत्ता जम्मा गरेर काठमाडौ धापासीका पहलसिंह थापा, चन्द्रबहादुर थापा र क्यामुना थापाले १६ हजार, बसुन्धराका रामकुमार खड्काले १० हजार, कागेश्वरी मनोहराका राजेन्द्र काफ्लेले १० हजार, कागेश्वरी मनोहर शंकटमोचन मन्दिर टोलवासीले १४ हजार २ सय ५५ रुपैयाँ कुवेतबाट अच्युतमान श्रेष्ठले १५ हजार हामी मार्फत पुजालाई सहयोग गरेका छन् । यस्तै अन्य धेरै सामाजिक अभियन्ताहरुले सामाजिक सञ्जालमा मार्फत पुजाका लागि सहयोग घोषणा गरेका छन् ।
जिर्ण घरमा बसेको पुजाका दिदी बहिनीको पढाइको जिम्मा लिने धेरैले मनशाय राखेपनि के गर्ने भन्ने टुंगो लागेको छैन् ।

