एउटा सानो न्युजको उदाहरण दिन चाहान्छु र त्यस बारे थप कुरा भन्न चाहान्छु । रौतहटको गौरस्थीत नापी कार्यालयका अधिकृत १४ हजार घुस लिदा लिदै रंगेहात पक्राउ परे । आज दिउँसोको घटना हो यो । न यो १४ हजार ठुलो रकम हो न ति अधिकृत उच्च पदस्थत कर्मचारी हुन न अख्तियारले ठुला काम गरेको हो । नथिङ । कोही पनि र केही पनि ठुलो होइन ।
तर जग्गा रेखाङकन तथा कित्ताकाटका लागि १४ हजार घुस भनेको आम सर्वसाधारणका लागि ठुलो रकम हो । मन्त्रीदेखि प्रधानमन्त्रीसम्म छात्ती फुलाएर भन्छन् यो मुलुकमा अब घुसखोरी हुन दिने छैनौ रे । न यो भाषण घुस खानेले सुन्छ, न यस्ता भाषणसँग डराउँछ, न त सरकारलाई देशको वास्तविकता अवस्था थाहा छ । त्यसैले सरकारको, मन्त्रीको, प्रधानमन्त्रीको काम भन्ने हो, आफ्नो बाटो लाग्ने हो । टेर्ने कसले ? एउटा सरकारी कर्मचारीले एउटा सेवाग्राहीसँग लिएको जाबो १४ हजारको कुरा देश बनाउन हिडेका मन्त्रीलाई सुनाएर डिस्टर्ब गर्ने ? धत् ।
मन्त्री ज्यु कम्ता बिजि हुनुहुन्छ, उहाँ जस्तो मन्त्रीले जाबो एउटा नापी कार्यालयको बिषयमा सोचेर समय नाश गर्ने हो र ? मन्त्रीले एउटा जाबो कार्यालय बनाउन ध्यान दिन्छ, मन्त्रीले त एकैचोटी ड्याङगै लाएर देशै बनाउने हो । जाबो, टोल, गाँउ जिल्ला बनाउने हो र ?
सिधै एकैचोटी देशै बनाउने हो । त्यसैले साना तीना कुरामा मन्त्री ज्युलाई डिस्टर्ब नगरौ । लाइसेन्स बनाएको घुस माग्छ दिनुस, जग्गा पासको लागि माग्छन् दिनुस, नामसारी, राजिनामा पास, फिल्ड भिजिट, हाल साविक तिरो लिन, नक्सा पास गर्न, टे«स निकाल्न घुस माग्छन् भने दिनुस्, लुकाएर होइन खुलम्म खुल्ला ।
किन भने तपाईले र मैले दैनिक भोग्नु परेको समस्यासँग मन्त्रीलाइ्र्र मतलब नै छैन । उहाँको मन्त्रालय मातहतको कार्यालय सुधार्ने काम उहाँको होइन । बेकारमा देशै बनाउन हिडेको मन्त्रीलाई सानो सानो कुरामा अल्झ्याउने कामै छैन । घुस दिउँ, आफ्नो काम बनाऔ । हुने ले १ हजार माग्नेलाई १ हजार होइन २ हजार दिउ ।
नहुनेले दिनभरी थाप्लोमा हात लगाऔ, सय जनालाई हात जोडौ, वल्लो कोठा र पल्लो कोठा धाऔ, तल्लो तल्ला र माथ्लो तल्ला दौडौ र लाष्टमा भोलि आउनुस् भन्ने रुखो कर्कश आवाज सुनौ र उहाँ सरलाई तै पनि हात जोडेर कम्मर दुखु्रन्जेल निहुरिएर नमस्कार टक्र्याऔ । सर त महाराज, तपाईको नमस्कारको जवाफमा सर जस्तो मान्छेले नमस्कार फर्काउन मिल्दै नी । फेरी आश गर्नुहोला, नगर्नुस् । सल्लाहाकार नै सल्लाहकारबाट घेरिएका प्रधानमन्त्री ज्युलाई एउटा सल्लाह दिएरै छाड्छु ।
प्रधानमन्त्री ज्यु, तपाईका मन्त्रीहरुले आ आफ्ना विभाग र कार्यालयमा हुने घुसखोरी रोक्नै सकेनन् । त्यसैले प्रत्यक मन्त्रीलाई अब एउटा होइन, २ वटा होइन ५ वटा अझै १० वटा छुट दिनुहोस् । कुनै पनि मन्त्री ज्युको मन्त्रालय अन्गर्तका विभाग कार्यालयहरुमा कसैले घुस खान्छ भने मन्त्री ज्युको १ नम्बर घट्यो ।
अर्को पटक घुस कहि कसैले खायो, अर्को नम्बर घट्यो, यसरी सकेसम्म ५ वटासम्मको घुसको छुट दिनुस् । हैन सजिलै कन्ट्रोल गर्न सकिन्न भने छन् भने १० ओटासम्म घटनालाई छुट दिनुस् । जब कुनै पनि मन्त्री मातहतका कर्मचारी देशको कुनै पनि कुनामा घुस खाएको भेटिन्छन् तव मन्त्री ज्युको नम्बर क्रमश घट्छ । सारा जनताले थाहा पाउँछन् कि अब फलानो मन्त्रीसँग यति नम्बर मात्र बाँकी छ ।
जब सम्बन्धित मन्त्रीको मन्त्रालयको कार्यालयमा १० ओटा घुस खाएका घटना भेटिन्छन् त्यसपछि ती मन्त्रीलाई सिधै बर्खास्त गरिदिनुहोस् । यति गरी मात्र हेर्नुस प्रधानमन्त्री ज्यु । कि त २÷४ महिनामा तपाईका सारा मन्त्रीहरु निष्काशित हु्रन्छन् । कि त तपाईका कुनै पनि मन्त्री २ घण्टा पनि निदाउँदैनन् ।
घुस कन्ट्रोल गर्न रात रात भर काम गर्छन् । घुस खोरी नियन्त्रण मा कसैले लामो भाषण गर्ने पर्दैन । झुक्याएर, लुकाएर थाहा नपाउने गरी सेटिङ मिलाएर, खाए भने के गर्ने नि भन्नुहोला फेरी । सबै आइडिया मैले नै दिए भने तपाईका सल्लाहाकारहरुको के काम ? तै पनि भन्नु हुन्छ भने त्यसको पनि आइडिया छ । एक सटमा घुसखोरी समाप्त हुने रामवाण तपाईलाइ्र्र दिन हामी तयार छौ ।
वाई द वे कंलकी नागढुगां सडक कालोपत्रे हुन अब ११ दिन बाँकी छ । मन्त्री रघुविर महाशेठले खुद, स्वयम आँफैले बोल्नु भए अनुसार कंलकी नागढुंगा सडक कालोपत्र हुन अब मात्र ११ दिन बाँकी छ ।

