डोटी, डडेलधुरा, बैतडी र बझाङका मानिसहरुले पश्चिम सेती परियोजनाको नाम सुनेको वषौँ बितिसक्यो । तर अहिलेसम्म उक्त परियोजनाको पक्रिया समेत अगाडी बढ्न नसक्दा त्याहाँका स्थानीयहरुलाई आकोशित र असन्तुष्ट देखिएका छन् । वषौँदेखि पश्चिम सेती परियोजना निर्माण हुने आशामा रहेका उनीहरुले अझैपनि आफ्नो आशालाई मारिसकेका छैनन । तर आफुले बच्चा हुँदादेखि सुनेकोे परियोजना बुढो हुन लाग्दा समेत केही पक्रिया अगाडी नबढ््दा भने उनीहरुलाई चिन्तित तुल्याएको छ ।
पश्चिम सेती परियोजनाको हल्ला चलेको तीन दशक भन्दा बढी बितिसकेको छ । कतिपय सरकारमा वस्ने नेतृत्वले यस परियोजनाको नाममा भोट समेत मागे र पटक–पटक अश्वासन समेत दिए तर परियोजना लागु हुने विषय भने ३० वर्ष पहिला जस्तो थियो अहिले पनि उस्तै छ । परियोजनकै कारण आफ्नो क्षेत्रको विकास हुन नसकेकोमा उनीहरु दुखेसो व्यक्त गर्छन ।
पश्चिम सेती परियोजना लागुहुने हल्लाले अन्य विकास बाट वञ्चित वन्नु परेको स्थानियको भनाई छ । पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुवान हुनेभन्दै सरकारको लगानी रोकिएको छ । विकास निर्माणका कार्यहरु सडक बाटो , खानेपानी सिचाई शिक्षा जस्ता आधाभुत कुराहरुबाट परियोजनाको हल्लाले बञ्चित हुनपरेको उनीहरु बताउँछन ।
विसं २०३९ देखि पश्चिम सेती परियोजन निर्माण हुने हल्ला चलेको थियो । डोटी, डडेलधुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेती नदीमा विद्युत आयोजना निर्माण गर्ने प्रस्तावसहित विभिन्न कम्पनीले हात हाले । तर पुरा भने कसैले गर्न सकेनन् । झन्डै ३३ वर्षअघि फ्रान्सेली कम्पनी सोग्रेहले अध्ययन गरी विद्युत उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो । सोही कम्पनीको अध्ययनका आधारमा सन १९८७ मा जलाशययुक्त आयोजनाको पहिचान भएको थियो ।
केही वर्ष अघि अस्ट्रेलियाको स्मेक हाइड्रो पावर कम्पनीले आयोजना निर्माण गर्न सरकारबाट अनुमती लिएको थियो । कम्पनीले आयोजना स्थलको वातावरणीय, सामाजिक, र भौतिक अवस्थाको प्रभाव मूल्याङ्कन पनि गरेको थियो । तर लगानी जुटाउन नसकेपछि उक्त कम्पनी त्यसै फर्किएको थियो । सरकारले सन १९९४ मा अस्ट्रेलियन कम्पनी स्मेकलाई सर्वेक्षणको अनुमति पत्र दिएपनि काम गर्न नसकेपछि सन २०११ मा खारेज गरेको थियो ।
अस्ट्रेलियन कम्पनी स्मेकलाई सर्वेक्षणको अनुमति पत्र खारेजी पछि केही वर्ष अघिमात्रै चीनको थ्रि गर्जेज नामको कम्पनीले आयोजना निर्माणमा चासो देखाएपछि सरकारले उक्त कम्पनीलाई अनुमति दिएको थियो । तर उक्त कम्पनीले पनि आयोजनाको कार्य अगाडी बढाएको छैन । चिनियाँ कम्पनीसंगको सम्झौता अनुसार कुल लगानीको ७५ प्रतिशत चिनियाँ कम्पनीको र २५ प्रतिशत नेपाल सरकारको हुने उल्लेख छ । चिनियाँ कम्पनीले लगानीको विषयमा कुनै समस्या नरहेको बताएको छ तर नेपाल सरकारले गर्नुपर्ने लगानीको विषयमा सरकार जमानीमा बस्ने वा अरु कुनै विकल्प अपनाउने भन्ने विषयमा प्रष्ट निर्णय नहुँदा प्रारम्भिक समझदारी भएको चार वर्ष बित्न लाग्दासमेत आयोजनाले गति लिन सकेको छैन ।
कुल १ खर्ब ६० अर्ब लागतको अुनमान गरिएको यो परियोजनाको काम अघी नबढ्दा ढुङ्गाड, तलार, ,आदर्शनगर , थलरा लगायतका दर्जनौ गाउहरु अहिले सम्मपनि अन्धकारमा बसेका छन भने अन्य विकासवाट समेत वञ्चित रहनु परेको छ
बाजेका पालामा नै यस ठाउमा बाँध बाधिन्छ हामिले सर्नु पर्छ भन्ने सुनेको त्यस क्षेत्रका स्थानीयहरुले अहिले सम्म बन्ने भन्ने चर्चा मात्रै सुनेका छन । तर परियोजना कहिले बन्छ भन्ने अझै अत्तो पत्तो छैन ।
राजनीतिक खिचतानी अन्त्य होस् छिटो बनोस्
पश्चिम सेती परियोजना निर्माणको काम राजनीतिक खिचातानीका कारण अलपत्र परेको बर्षौ बर्ष भइसक्यो । हरेक निर्वाचनमा महत्वका साथ उठान हुने गर्छ पश्चिम सेती परियोजना । नेताहरुले पश्चिम सेतीकै नाम बेचेर चुनाव पनि जिते । तर परियोजनाको अबस्था वर्तमानमा आईपुग्दा समेत सुरुवात हुने कुनै छाँटकाट देखिँदैन ।
राजनीतिक दलका नारामा धेरैकोे जिब्रोबाट बोलिने पश्चिम सेती कहिले बन्छ कुनै टुङ्गो छैन ।अलपत्र पश्चिम सेतीकै कारण तीन दशक लामो अवधी सम्म पनि स्थानीयहरु विकास निर्माणका अन्य कार्यहरुबाट समेच बञ्चित हुनु परेको अवश्था छ । यस क्षेत्रका वासिन्दा अहिले सम्म पनि आशमै बसेका छन् । पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुवान हुनेभन्दै सरकारले लगानी रोकेको छ ।
सो कारण न पश्चिम सेतीको काम हुन्छ नत यस क्षेत्रको अन्य विकास निर्माण नै हुन पाएको छ । विकास निर्माणका कार्यहरु सडक बाटो, खानेपानी सिचाई , शिक्षा जस्ता आधाभुत कुराहरुबाट परियोजनाको हल्लाले बञ्चित हुनपरेको दुखेसो स्थानीयको छ ।
पश्चिम सेती परियोजनाको हल्ला चलेको दशाकौं वित्यो । आयोजना स्थलको पटकपटक भौगर्भिक अध्ययन पनि भयो । सरकारमा पुगेका हरेक नेतृत्वले यस परियोजनाको नाममा अनेक अश्वासन बाँडे तर तर परियोजनाले सार्थकता पाउन सकेको छैन । प्रभावित क्षेत्रका सर्वसधारणहरुको आशा पनि मरिसक्यो । नत परियोजना नै लागु भयो नत पश्चिम सेती किनार छेउमा ग्रामिण वस्तीहरुमा विकास नै हुन सक्यो ।
जनप्रतिनिधी आएपछि अन्य विकास सडक बत्ति, बाटोघाटो, विद्यालय भवन ,खानेपानी जस्ता विकास निर्माणका कामहरु हुन्छन कि भन्ने लागेको थिया तर गतवर्षको सरकाले गरेको सम्झौताका कारण हाम्रा अन्य सपना पनि पश्चिम सेती परियोजना सगैं निराशावादी रहेको स्थानीय बताउँछन् ।
पञ्चायत कालदेखी नै परियोजनाका बारेमा कुराहरुको सुरुवात भएको र वर्तमानमा समेत पुरा हुन नसकेको स्थानीय वासिन्दा बताउछन् ।
वाईट टेक बहादुर शाही ।
सेती परियोजना संञ्चालनका लागि केन्द्र सरकारबाट बजेट छुट्याउन आग्रह गरिएको र परियोजना लागु गर्नका लागि स्थानिय स्तरबाटै पहल कदमीको सुरुवात गरिएको हो । नवदुर्गा गाउपालिकाको पहलमा सेती परियोजनाको वाधस्थलमा पुगी स्थानिय सरोकारवालाहरु सगं छलफल समेत चलाईएको नगरपािलका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए ।
सरकरले विभिन्न सम्झौताका नाममा स्थानीयवासीलाई धोका दिएकाले अव स्थानिय स्तरवाट नै पहल गरि पश्चिमसेती परियोजनाको ढोका खोल्ने सरोकारवाला जनप्रतिनिधीहरुको भनाई रहेको छ । सरकारले एक वर्ष अगाडी सातसय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेज इन्टरनेश्नल कम्पनीले संयुक्त लगानीमा बनाउने सम्झौता गरे पछि यस क्षेत्रका जनतामा विकास हुने आश जागेको थियो ।
लगानी बोर्डले स्विकृती दिएको सम्झौतामा हस्ताक्षर भएपछि यस क्षेत्रमा काम हुने आशा पलाइपनि पुनः निराशामै बाच्नु परिरहेको छ । परियोजना निर्माण गर्न तिन दशक अघि केही कामहरु भएर पछि बिश्राम पाएको समयमा सरकारले फेरी अर्कै चाईना कम्पनि संग गरेको सम्झौताले फेरी पनि स्थानियलाई उत्साहित वनाएपनि वर्ष दिन नपुग्दै त्यो आशापनि मरेको बताउछन् ।
करिब एक खर्ब ६० अर्ब लागत रहेको ७५० मेघावाट विद्युत क्षमताको बहुउद्देश्यीय जलबिद्युत आयोजना बाट प्रदेश नं. ७ को समृद्धिको ढोका खोलिने भएकोले पनि यसलाई बिभिन्न राजनीतिक दलहरुले बर्षौं देखि प्रतिष्ठाको विषय पनि बनाएका छन् ।
पटक–पटक पश्चिमसेती परियोजनाका लागि विभिन्न देशका निर्माण कम्पनी सगं सम्झौता गरिन्छन तर परियोजना लागु हुनेस्थानमा नपुग्दै सेलाउने गर्दछ । गतवर्ष मात्रै चिनिया कम्पनी सगैं सम्झौता भएको सरकारले सार्वजनिक गरेको थियो । वर्ष दिन नपुग्दै परियोजनाको वारेमा सपना अधुरो रहेको स्थानिय बताउछन ।
पश्चिमसेती जलविद्युत परियोजनाका कारण ७ नं प्रदेशमा ठुला विकास निर्माणका कामहरु हुन सकेका छैन्न भने वाँध वाँधिने भन्ने स्थाल वरिपरिका दर्जनौं गाउहरु अन्य विकास निर्माणका कार्यहरुवाट समेत वञ्चित हुनु परेको छ ।
३३ वर्षअघि फ्रान्सेली कम्पनी सोग्रेह हुँदै अस्ट्रेलियाको स्मेक हाइड्रो पावर कम्पनी र अहिले चिनीयाँ कम्पनी थ्रि गर्जेज ले निर्माणको जिम्मा लिएको छ । तर पनि काम हुने छाँटकाट देखिएकै छैन । यसमा सरकार गम्भीर हुनुपर्छ । र राजनीतिक खिचातानीको अन्त्य गरी गर्वको आयोजनालाई समयमा नै निर्माण गर्न लाग्नुपर्छ ।
न्युजट्वान्टीफोर

