सुनिल श्रेष्ठ – आज भन्दा २५ बर्ष अगाडीसम्म त्यो बेलाको तथ्यांक अनुसार ९५ % भन्दा बढी नेपालीहरु हिन्दु थिए । तर प्रजातन्त्रको पुनर्स्थापना संगै यहाँ बिभिन्न किसिमको चलखेल हुदै जाँदा र हिन्दु धर्मालम्बीहरुको कमि हुदै क्रमश हाम्रो राष्ट्रियता पनि कम्जोर हुदै गैरहेको छ । हाम्रो सनातन हिन्दु एकतासंग गासिएको हाम्रो नेपालको राष्ट्रिय अखण्डता पनि दिन प्रतिदिन बिभिन्न नाममा झनै कमजोर बनाईदैछ ।
हजारौ हजार बर्षदेखि चलिआएको मुल्य र मान्यतालाई भत्काउन निकै ठुलो शक्ति लागेको छ । जसलाई हामीले नजर अन्दाज गरिरहेका छौ र यसलाई यसरी नै छोड्ने हो भन्ने हाम्रो अस्तित्व नै लोप हुने छ । एक दिन हामीले यसको ठुलो मुल्य चुकाउनु पर्नेछ र मुल्य चुकाएर पनि यो फिर्ता आउने छैन ।
बिशेष त इसाईकरणको नाममा नेपालको मौलिक धर्म संस्कार मेटाउने कोसिस गरिदैछ तर यो योजना अहिलेको होइन धेरै पहिले देखिको हो तर अहिले बर्तमान सङ्क्रमणकालीन अवस्थामा यसरी तीब्र गतिले अगाडी लगिदैछ ।
हिन्दुत्वसंगै यहाँ बौद्ध धर्म लगायत नेपालको मौलिक धर्म संस्कारको अस्तित्व खतरामा पारिदैछ, यी सबै कुरालाई गरिबी सामाजिक विभेद, जातीय विभेदसंग जोडेर यसको उन्मूलनको नाममा नेपाल टुक्राउने खेल भैरहेको आभाष भएको छ ।
हिजो मित्र राष्ट्रहरुले नेपाललाई गरेको सहयोगलाई पनि हामी क्रिश्चियनले गरेको भनेर प्रचारप्रसार गरिदैछ । दोष यसमा धर्म परिवर्तन गराउनेको मात्र होइन स्वयम् लोभमा फसेर धर्म परिवर्तन गर्ने हामी र हाम्रै समुहको कमीकमजोरी छ ।
मेरो भनाइ यो होइनकी हाम्रो धर्ममा कुनै पनि त्रुटी वा कमि कमजोरी छैन भन्ने । तर हाम्रो धर्ममा भएको कमीकमजोरीलाई सुधार्दै अगाडी जानु छ ।
घरको छानो चुहियो भन्ने टाल्ने हो पर्खाल भत्कियो भन्ने मर्मत गर्ने हो नकी त्यो घरनै छोडेर त जाने होइन।
आस्था बुझेर लाग्नेहरु यहाँ धेरै छैनन ,जो जति लागेका छन् सबै आर्थिक प्रलोभनमा परेरै हो र यहि नै अहिलेको हाम्रो नेपाललाई सबै भन्दा ठुलो चुनौती बनेको छ ।सतहीरुपमा केहि पनि होइन धर्म परिवर्तन तर यसले देखाउनु खोजेको भित्रि स्वरूप निकै खतरनाकरुपले बढाइदैछ ।
नेपाललाई क्रमशः सबै भन्दा ठुलो अफ्रिकी मुलुक सुडान होस् भन्ने उदेश्यबाट प्रेरित छ । जसरी सुडान आज मुस्लिम बहुल उतरी सुडान र क्रिश्चियन बहुल दक्षिणी सुडानको रुपमा विभाजित गरियो ,यो विभाजन भन्दा पहिलेको धार्मिक र जातीय दङ्गामा २० लाख भन्दा बढी नागरिकको हत्याभयो। बाहिरबाट हेर्दा यो बिभाजन मानबअधिकार अनि जातीयअधिकार देखाएको छ तर भित्रि अध्ययन गर्दा यो निकै लामो समयको योजना अनुरुप त्यहाँको गरिबी निवारणको नाम पश्चिमेली मुलुकबाट गएको दातृ सहयोग र अन्य सहयोगले नै सिंगो मुलुकलाई टुक्र्याएको हो । त्यो पनि यसरी कि मुस्लिम बहुल उतरी सुडान भन्दा क्रिश्चियन बहुल दक्षिणी सुडानलाई प्राकृतिक श्रोतसाधन बढी पार्ने गरेर।
आज बिदेशीको पैसाको भरमा नेपालीले नेपालीलाई एक्लाउने काम हुदैछ र यो सहयोग एक दिन रोकिने छ त्यो बेला जब बिदेसिको पैसामा पुरा उनीहरुको लत लागिसकेको हुनेछ, अनि फेरी सहयोग गर भन्दा ति सहयोगीले शर्त अबश्य राख्ने छन् , तेस बेला यो आफैमा द्वन्द निम्ताउनु बाध्य पारिने छन् , जसले नेपालमा पनि अन्य देशको जस्तो धार्मिक द्वन्द गराउछ, जसले देश विभाजनको खतरालाई निम्ताउने छ ।
हामीलाई खाली इशाईकरणबाट मात्र होइन इस्लामिक कटरपन्थीबाट पनि खतरा बढेको छ जुन हामी कसैले पनि देखेको छैनौ । यी सबैलाई हामीले बेलैमा रोक्नु सक्नु पर्छ, रोक्नु अर्थ लडाई, झगडा वा द्वन्द गरेर होइन ।
हिन्दु धर्मको नाममा हिजो राजतन्त्रले हिन्दु धर्मलाई आफ्नु रक्षा कबज त बनायो तर यसलाई समय साक्षेप सुधारको बाटोमा लाने प्रयत्न गरेन र स्वयम हाम्रो धर्मका ठेगदारहरुले कमाईखाने भाडो बनाए ।
अब हामीले क्रिसियनकरण भयो, इस्लामिककरण भयो हाम्रो धर्म संस्कृति मिटियो भनेर मात्र यसको रोकथाम हुदैन् यसको लागि हाम्रो धर्मलाई के कसरी अगाडी बढाउने र नेपालको एकता कायम राख्ने भनेर हाम्रो धर्ममा भएका कमि ,कमजोरीलाइ सुधार्दै अगाडी जानु छ, धर्म परिवर्तनको मारमा हाम्रो देशको गौरब बौद्ध धर्म /किराँत धर्म पनि परेको छ यसलाई पनि हामीले मिलेर बचाउनु छ, तसर्थ हाम्रो मौलिक नेपाली सनातनी बौद्ध , हिन्दु, किराँत धर्म लगायत यो माटोको मौलिकता जोडिएका धर्महरु एक भएर अगाडी बढ्नु छ।

हाम्रो देशको एकता अखण्डता यहि भूमिको मौलिक धर्म संस्कारको रक्षामा छ । यो कुरा हामी सबैले बेलैमा बुझ्नु पर्छ बुझाउनु पर्छ ।आर्थिक प्रलोभन वा बिकेर आफ्नु आस्था र विश्वास नबेचौ ।
हाम्रो धर्ममा भएको राम्रो कुरालाई समय साक्षेप सबै भाषामा किताब निकालेर , हाम्रो धर्म संस्कृतिमा भएको कुरितिहरुलाइ सुधारेर यो काम गर्ने हो भन्ने यहाँ भैरहेको धर्म परिवर्तन रोक्न सघाउ पुर्याउने छ, अब स्पस्ट भन्दा ब्राह्मण र धर्मका संस्कृतिकविदहरुले साथै हामी युबा समुदायले पनि हाम्रो धर्म संस्कृति प्रति चासो दिनु पर्यो यी कामहरुमा जसरी यहुदीहरुले दिन्छन् ।
हाम्रो नेपाल सरकारले पनि हाम्रो नेपालमा जे जति हिन्दु मन्दिरहरु छन् तेस्लाई कानुनको दायरामा ल्याएर तेस्को आम्दानीबाट सोहि ठाउमा बिकास निर्माणका कामहरु गर्नु लगाउनु पर्छ । जस्तै अस्पताल, स्कूल , बाटोघाटोको निर्माण जसरि भारतको बिड्ला मन्दिर, शिवजी छत्रपति मन्दिर लगायतले गरेका राम्रा कामहरु अनुशरण गर्नुपर्छ र यो काम गर्नु सम्बन्धित ठाउका पुजारीले पनि हिजो जस्तो त्यो सम्पतिमा रजाइ गरेर मेरो भन्ने भावना नराखिकन मौलिक धर्म र नेपालको एकताको लागि त्याग गरेर देखाउनु पर्छ ।
एउटा तितो सत्य भनै पर्छ धर्म परिवर्तनको लहर माओबादी जनयुद्दले सबै भन्दा धेरै मलजल गरेको छ तत्कालिन समयमा माओवादीले गाईकाट्ने, मन्दिर भताकाउने, पुजारीलाई सताउने जस्ता काम गरेको छ । तर यो पश्चिमा राष्ट्रहरुले उनीहरुलाई दिएको आर्थिक सहयोगको बदलामा गरिएको रहेछ भनेर स्पस्ट भैसकेको छ ।
हिजो हिन्दु राष्ट्र घोषित हुदा पनि अन्य धर्मलाई छुट दिएकै हो । सनातन हिन्दु र बौद्ध धर्मको संरक्षणमानै नेपालमा भएका अरु धर्मको पनि संरक्षण हुन्छ र हाम्रो नेपालको राष्ट्रीय एकताको पनि ।
हामीलाई हरेक कुरा अरुले प्रमाणित गरेर दिए पछि मात्र विश्वास गर्ने बानी छ, त्यो एक्दैम राम्रो होइन । आज बिज्ञान र प्रविधिले जे जति बिकास गरेको छ त्यो सबै हाम्रो हिन्दु धर्म कै ग्रन्थमा आधारित रहेर गरेको छ त्यो कुरा हामीले कहिले पनि नबिर्सौ । आधुनिक विज्ञानको जन्म भएको २०० बर्ष पनि भएको छैन ।तर हाम्रो सनातन विज्ञानको अविष्कार भएको हजारौ बर्षअगाडी हो ।
केहि उदाहरण हेरौ हाम्रो प्राचिन धर्म बिज्ञानको जसरी रामायणमा बर्णित पुष्पक बिमान आज भन्दा १५००० बर्ष अगाडिनै कल्पना गरिएको थियो । आधुनिक बिज्ञानले बनको त भखर ७५ बर्ष भयो ।
अहिलेकै कुरा हेरौ इन्टरनेट ,भिडिओ फोनकल, आदि भर्खर जन्मेका हुन् तर हाम्रो धर्म विज्ञानमा यसैलाई दिब्यदृष्टि को नामबाट जान्दछौ ।हामीले हाम्रो धर्म दर्शनको प्रचारप्रसार गरेनौ, त्यो अर्कै कुरा हो र हाम्रो धर्मलाइ पाखण्डी गुरुहरुले बेची खाए त्यो उनीहरुको दोष हो, हाम्रो धर्मको होइन । यस्ता अनगिन्ती सत्य तथ्य छ, जुन आधुनिक विज्ञानले प्रमाणित गर्नु पुर्व हाम्रो धर्म विज्ञानले गरेको छ । जस्तो आधुनिक ९ ग्रह विज्ञानले पत्ता लगाउनु अगाडि हाम्रोसनातन धर्म विज्ञानले २७ नक्षत्र, १२ राशी र ९ ग्रह जस्ता कुराहरु पता लगाई सकेको थियो ।
हामी सनातनीहरु स्वयम् आफ्नो धर्मको महत्व थाहा पाएका छैनौ । अब हामीले थाहा पाउनु जरुरी छ कि हाम्रो मौलिक धर्म, दर्शन, संस्कृति कस्तुरीको विणा जस्तै भएको छ । जसरी कस्तुरीले आफ्नो सुगन्ध कहाबाट आएको भनेर चारैतिर गएर खोज्छ ।
हाम्रो धर्म गणित विज्ञानको एउटा खोज हेर्नुस, जुन आजको विज्ञानले पतालागाउनु भन्दा धेरै पहिले पतालागेर हामीलाई दिसकेको छ तर हामी पश्चिमेली मुलुकको वैज्ञानिकले प्रमाणित नगर्दासम्म पद्नु पनि जान्दैनौ । यसको कारण हामीमा रहेको कमजोरी साथै हाम्रो धर्म ग्रन्थको हामीले बुझ्ने भाषामा अनुबाद नहुनु पनि एक हो ।
हनुमान चलिशाको एक श्लोकमा सुर्य र पृथ्बी बिचको दुरी के कति छ भनेर लेखेको छ ,श्लोक यस प्रकार छ :- “युग शहस्त्र योजन पर भानु । लिल्यो ताही मधुर फल जानु ।” यसलाई गणितीय विधिमा मापन गरेर हेरौ “युग=१२०००” “शहस्त्र =१०००” “योजन = ८ मिल” युग *शहस्त्र *योजन = १२००० *१०००*८=९६०००००० मिल=( ९६०००००० *१.६किमी) अथवा एक मिलमा १.६ किमी हुन्छ । १५३६०००००० किलोमिटर जुन आधुनिक बिज्ञानको खोजसंग मिल्छ । यसैबाट पनि प्रमाणित छ कि हामो धर्म दर्शन कति बैज्ञानिक छ भनेर ।
यस्ता धेरै कुरा खोजेर निकाल्नु जरुरि छ । धर्म परिवर्तनको लहरमा लगेर आफ्नु मौलिकपन नगुमाऊ र हामीलाई इशाईकरणबाट संस्कृति र राष्ट्रिय खतरा रहेझै र मुश्लिमकरणको खतरासंग पनि सवाधान रहनु पर्ने छ, धर्महरुको नाममा जे जति लगानी आको छ तेस्लाई नियन्त्रण गर्नु पर्ने देखिन्छ , हामीलाई गरिबी निवारण भन्दै सहयोग गर्ने नाममा आउने सहयोग सबै नेपाल सरकारको अर्थ मन्त्रालय मार्फत आओस जसले गर्दा नियन्त्रण गर्नु सजिलो हुन्छ ।
नेपालमा जे जति बिदेशीहरु छन् तेस्को बारेमा सरकारलाई जानकरी दिनु हाम्रो नागरिक कर्तब्य पनि हो त्यो पनि हामीले पुरा गरौ गराऊ । अरुलाइ दोष दिएर भन्दा हाम्रो धर्म छोडेर जानेलाई हाम्रो धर्मको महत्व बुझाउ । कुरीति, कुप्रथा हटाउनु तर्फ लागौ । पैसाले संस्कार परिवर्तन गर्नु सकिन्छ तर संस्कार किनु/ निर्माण गर्नु सकिदैन यो कुरा सबैलाई बुझाउ । फूलबारीलाई जोगाऊनको लागि नेपाली मौलिकता भएको धर्म संस्कार जोगाउनु पर्छ । अरुको धर्ममा बोलाउन पेरित गर्ने भन्दा लोभ ,लालचमा फसेर अर्काको धर्म अगालने मानिसहरु सबै भन्दा धेरै दोषी छन् र यिनीहरुलाई मेरो भन्नु यति छ कि भाडाको घरमा धेरै दिनु बस्नु सकिदैन् एक दिन जा भनेर पठाउने छन् ,त्यस कारण आफ्नु घर आफ्नै हुन्छ हाम्रो धर्म हाम्रो नै हो ।
हाम्रो देशलाई सुडान हुनुबाट जोगाऊ । जसरी अफ्रिकाको बिशाल देश सुडानलाइ धार्मिक आस्थामा टुक्राउनु बाध्य परियो पश्चिमिली मुलुकको तथाकथित मानब अधिकार धार्मिक अधिकारको नाममा यो पिडा स्वयम टुक्रियर गएको दक्षिण सुडानी र उतरी सुडानी बीच वर्षौबर्षसम्म रहिरहने छ, उनीहरुले चाहेर पनि देशको बिभाजन गरेका होइनन बिदेसी सहयोगलाई जीवनको अमुल्य हिसा मान्दा कालान्तरमा त्यो पिडा सहनु पर्यो ।
म धर्मविज्ञ होइन तर धर्म परिवर्तनले नेपाली समाजमा मचाउदै गएको पारिवारिक र सामाजिक आतंक सबै सामु प्रष्ट छ, त्यही भएर समय छदै सबै एक हौ , हाम्रो धर्म संस्कृतिको रक्षा गरौ र गराऊ नत्र पछि गएर पुर्पुरोमा हात राखेर रुनु सिवाय अरु केहि हुदैन ।
हाँसपोसा-२ सुनसरी
हाल -इजरायल

