माफिया मुनिमहरूकाे मर्यादा चिन्ता – केपी ओलीले संसदमा प्रयोग गरेको भाषा अमर्यादित भयो, त्यसलाई संसदको रेकर्डबाट हटाउनु पर्छ भन्ने माग भयो भन्ने ‘आश्चर्यचकित’ पार्ने समाचार आयो। मर्यादाको माग गर्ने र ‘माननियज्यूहरु’को मर्यादा हनन् गर्नेहरु तिनै माफिया दलालहरु हुन्, जसले वाईडबडी, एनसेल, वालुवाटार हायात तहल्का मच्चाईरहेका छन्। यीनीहरु तिनै काला अनुहारहरु हुन्, जसले विदेशीलाई नागरिकता महादान सम्पन्न गर्ने नून कर्म गरिरहेका छन्।
मदन भण्डारी, राजा वीरेन्द्र, १७ हजार नेपाली, गौर हत्याकाण्ड मचाएर पराईको मद्दतमा कुर्सि हत्याउने अपराधि झुण्डको मर्यादा देदिप्यमान छ ! लाउडा, धमिजा, चेज एएर, पजेरो, आयल निगम, वायूसेवा, निर्मला, घैंटे, चरीका संगिसंगातिहरुको प्रतिष्ठा भव्य छ ! लैनचौर, इयू, वासिङटन, मिशनरी गैससहरुसंग पाकेट खर्चको जोहो गरेर सूचना बेच्नेहरुको इज्जत भव्य छ ! दिल्लीबाट चुनाव खर्च लिएर माननिय बन्नेहरुको शान उच्च छ !
ओ नेपालीहरु ! विदेशीको कुहिएको जुठ्यान बाँचेकाहरुलाई सात्विक मानिदेउ ! ध्वाँसोले मान्छे जस्तो नदेखिने यीनीहरुको अनुहारलाई हीमनदिको जस्तो कञ्चन भनिदेउ ! देश लुट्ने यीनीहरुको धन्धालाई महान सत्कर्म ठानि देउ ! सर्कस देखाईने संसदीय मैदानमा बाँदरहरुको चटकलाई लोकतान्त्रिक अभ्यास बताई देउ ! विदेशीको नूनको भारी बोक्दाबोक्दै मर्ने नियति बोकेका अभागिहरुलाई नेपालका भाग्य विधाता घोषणा गरिदेउ !
सरकार न मेरो हाे न त तेरो , सरकार हाे इण्डाे-पश्चिमाकाे

सरकार न मेरो न तेरो। सरकार हो- १२ बुँदे गराउने ईण्डो-पश्चिमी साम्राज्यवादीहरुको। राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा उहाँको हुने र ‘नेपाल सरकार’ भन्दा नेपाली जनताको हुने होईन। रामवरणले प्रधानमन्त्रिको निर्णय उल्टाएर कटुवाललाई थमौति गर्दा सेरेमोनियल हुने र विद्यादेवीले चीनसंगका संझौतामा हस्ताक्षर गर्दा कार्यकारी बन्न खोजेको हुने कुरा बताँसे कुतर्क हो। राज्य व्यवस्था प्रणालीको जगै देश विरोधि भएपछि यस्ता बुँदागत विवादको कुनै अर्थ निष्कन्न।
सिद्धान्तमा लडौं, एजेन्डामा होईन। साम्राज्यवादीहरुले हामीलाई एजेन्डामा घुमाईरहेका छन्, हामी तिनैका एजेन्डालाई सिद्धान्त बनाएर कुदिरहेका छौं। नेपालको संकटको समाधान न एक थान संविधान थियो, न त गणतन्त्र र संघीयता। नेपालको संकटको समाधान प्रत्यक्ष कार्यकारी कि संसदीय भन्ने पनि होईन। मेरो सरकारवादी र हाम्रो सरकारवादी दुबै पक्ष १२ बुँदे मिशनका सारथि हुन्। हाम्रो तात्कालिक समाधान हो- १२ बुँदेमा आधारित राज्य व्यवस्थाको जरैबाट उन्मूलन।
विदेशीलाई नागरिकता बेच्दा सबैको सरकार, वाईडबडी कमिशन बन्डामा सबैको सरकार, एनसेल घुस दामासाहीले बाँड्दा सबैको सरकार, बालुवाटार सरकारी जग्गा हजम योजनामा ०४७ सालदेखिका सबैको सरकार, प्रति सांसद १० करोड लुटको योजनामा सबैको सरकार र देशभित्र विदेशीको ताण्डव नाँच प्रदर्शन गर्दा सबैको सरकार। तर नेतागिरी छाँट्दा मेरो र तेरो सरकारको बहस ? दलालहरुले दुनियाँलाई उल्लु बनाएर दुनो सोझो गर्न खुब जानेका हुन्छन्। याे उनीहरूका बिचकाे प्रहसन हाे।
तपसिलका मुद्दामा फस्ने आत्मघाति गल्ति नगरौं !
देशैभरीका मठमन्दिर, गुठी, गुम्बाहरुको जमिन स्वाहा। देशैभरीको सरकारी जमिन स्वाहा। सरकारी नेताहरुका आवास क्षेत्रहरु सबै स्वाहा। बर्षको बजेटको आन्तरिक श्रोत भन्दा बढी रकम तलबभत्ता र विशिष्ट सुविधामा स्वाहा। सांसद नामका सारंगी पेटधारीहरुका गोजीमा १०/१० करोड स्वाहा। राष्ट्रिय सभा अध्यक्षदेखि सभामुख र मन्त्रि, माननिय सबैबाट स्वकिय सचिव तथा सहयोगिहरुको तलव स्वाहा। बजेट घाटा ९७ प्रतिसत पुर्याएर देशको अर्थतन्त्र स्वाहा। माफियाहरुबाट वायूसेवा, आयल निगम, विद्युत प्राधिकरण, शिक्षा, स्वास्थ्य स्वाहा। एनसेल जस्ता लुटेरा विदेशी कम्पनीहरुबाट अरबौं चन्दा खाएर राज्यमा जम्मा हुने कर स्वाहा। विदेशीलाई नागरिकता दिएर देश स्वाहा। स्वाहा सिद्धान्तमा सबै रूपरङका नकाबधारी अपराधिहरूमा अभूतपैर्व संसदीय अनैतिकता !
यो विदेशीले लादेको स्वाहातन्त्र हो। समस्याको जरो नछोडौं ! बहस राज्यसत्ताको चरित्रमा हुनुपर्छ, पदमा होईन। ध्रुविकरण नेपाल विरुद्धको मिशनमा खडा भएका दलालहरुका विरुद्धमा हुनु पर्छ, तिनीहरुका आन्तरिक झगडामा होईन। नेपाललाई वर्वाद बनाउने डिजाईनबाट नेपालीहरुको ध्यान विषयान्तर गर्ने कोशिस भैरहेको छ। दलालहरुलाई लफडामा बल्झाएर अमेरीकाले सार्वजनिक भेषमा ५०० सेनाहरु नेपाल प्रवेश गराएको सूचनाहरु आईरहेका छन्। पेन्सन क्याम्प, कामदार, सर्वसाधारण आदिको भेषमा ईण्डियन सेना त कति छन् कति ! नेपालमा श्रीलंकाको जस्तै आततायि घटना घट्न सक्ने खतरा बढ्दै गएको छ। बिआरआईमा भएको संझौताका विरुद्धमा रअ ले यहाँका जासुसहरुलाई उग्र रुपमा परिचालन गरिसकेको छ।
मूल कुरामा जाऔं ! अहिले विष्फोट हुन थालेका विकृतिहरु ०४७ सालदेखिकै निरन्तरता हुन्। १२ बुँदेमा जस जसले सहमति गरेर शासन चलाईरहेका छन्, तिनीहरुका बिचमा गुणात्मक भिन्नता देख्ने गल्ति गर्नु हुँदैन। विदेशी डिजाईनका बारेमा नबोल्ने, विदेशी बोकेर आएका दलालहरुका वरिपरि नेपालीहरुलाई विभाजित गर्न खोज्ने, नेपाल लुटेराहरुमध्ये यो ठिक र त्यो बेठिक भनेर नेपालीहरुलाई गुमराहमा पार्न खोज्ने, शासन गर्ने व्यक्ति खराब र राज्य प्रणाली ठिक हो भनेर बाहिरबाट लादिएको व्यवस्थाको बचाउ गर्न कोशिस गर्ने जति पनि मानिसहरु छन्, ति खराब छन्। राष्ट्रिय उद्योगहरुको बिक्रि, दासढुंगा, माओवादी युद्ध, दरबार हत्याकाण्ड, १२ बुँदे जस्ता अपराधबाट अलग गरेर शासकहरू, दलहरु र शासन प्रणालीको मूल्यांकन गर्ने आत्मघाति गल्ति नगरौं !
-दाहालको फेसबुकबाट

