राजनीतिले एउटा आशालाग्दा राजनीतिज्ञलाई गुमाएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा प-यो । मृत्युपछि मात्र मानिसको महत्व दर्शाउने संस्कारले हामीलाई छोडेको त छैन । तर रवीन्द्र अधिकारी अपवाद थिए ।
उनीसँग केही गुनासो जरुर थियो । वाइडबडी खरिदमा घोटाला भएको बिषयमा उनलाई लक्षित गरी सीधाकुरा गरेकै हो । यसमा २ जिब्रे हुने कुरै छैन । तर पर्यटन तथा उड्यन क्षेत्रमा रवीन्द्र अधिकारीको जस्तो स्पिडमा आजसम्म कसैले काम गरेको सम्झना छैन । शोकको यो बेलामा हिसाब माग्नु त अमानविय नै हुन्छ तर यही बहानामा धेरै जना उम्कन सक्छन् ।
सच्चा श्रद्धाञ्जली दिने हो सरकारले भने रवीन्द्र अधिकारीको बरखी नसकिदै वाइडबडी प्रकरणको नालीबेली निकाल्नुपर्छ । दोषीहरु जेल जानै पर्छ । रवीन्द्र अधिकारी प्रतिको साँचो श्रदाञ्जली यो भन्दा ठूलो अर्को केही हुँदैन ।
हामीले सदैब बिर्सने एउटा जबरदस्त सत्य चाँही यही हो कि हामी एक दिन मर्छाैं । अजम्बरी कोही जन्मेको छैन । न आत्तिनुस जीवन र जगतका गहकिला र अध्यात्मका गह्रुङगो बिषयमा बोल्ने ज्ञान, अनुभव र क्षमता म राख्नि तर हो, एक दिन तपाई म सबै मर्छांै नै मर्छौं । मानिसको मृत्यु हुँदा, कसैको मलामीमा सामेल हुँदा आर्यघाटमा शब जलेको हेर्दा, वा गाडेको देख्दा मात्र हामी सबैलाई यो सत्यले सोचमग्न पार्छ ।
आ–आफ्ना क्षमता अनुसारका गच्छे अनुसारको शब्द र वाक्यहरुमा हामी मान्छेको जीन्दगी के छ र भन्छाैं । मरेर लानु के छ र भन्छौ । तर त्यो सोच लामो समय टिक्दैन । फेरी त्यस्तै सोच आउन फेरी हामी मलामी गएको हुनुपर्छ वा आर्यघाट वा नदि किनारमा अर्को कुनै आफन्तको शब जलेको दृश्य हेर्नुपर्छ । जलिरहेको वा गाड्न लागिएको शबमा आफूलाई देख्ने बस त्यत्ती एकै छिन त हो ।
त्यत्ति एकै छिन भन्छौ, आखिर अन्त्यमा आउने यही हो, मरेर लानु के छ र । तर केही व्यक्तिहरु कहिल्यै मर्नू पर्दैन जसरी अरुलाई ठगेर, लुटेर, मारेर, छलेर धन कमाउने सोख राख्दछन् । जीवनको यो यथार्थ यति सतही छैन, विशाल छ, अथाह छ । भन्न जान्नेले यसैमा आजीवन प्रवचन सुनाएर खान्छ, लेख्न जान्नेले यसैमा कयौं कृति निकालेर खान्छ तर भन्न लेख्न जान्ने होस् न जान्ने होस् । लान चाँही कसैले केही लान्नन् । मर्नु भन्दा एक छिन् अगाडि बैंकमा जति पैसा भएपनि के फरक पर्छ ?
भोली विहान रवीन्द्र अधिकारीको पार्थिव शरीरमा श्रद्धाको फुल चडाउन आउनेको घुँइचो हुन्छ । अधिकांश राजनीतिज्ञहरु नै होलान् । श्रद्धाको अन्तिम फूल चडाउनेहरु मध्ये कोही कोही यो देशलाई लुटेर यस देशका गरीब जनताको मतको दुरुपयोग गरेर अकुत अकुत कमाएकाहरु हुनेछन् ।
निन्याउरो अनुहार,झुकेको शिर भित्र भ्रष्ट मानिस फूल लिएर उभिएको प्रष्ट नदेखिन पनि सक्छ । तर मेरो अनुरोध छ, विषेश गरेर ती नेताहरुलाई जो चाहेको खण्डमा यो मुलुकलाई रातरात सुधार गरी परिर्वतन गर्न सक्ने क्षमता राख्दछन् । सोच्नुहोस्, घोत्लिनुहोस्, मन्त्री भएको एक वर्षमा रवीन्द्र अधिकारीले गरेका राम्रा कामको लिष्ट यति लामो छ भने यतिका वर्ष मन्त्री भएर, प्रधानमन्त्री भएर, केन्द्रीय राजनीतिका वरपर रहेर मैले यो मुलुकलाई के दिए ?
सायद मैले यो देशका युवालाई देश छोड्न बाध्य पारे तर आफ्ना सन्तानलाई विदेशमा पढ्न पठाए । सायद मैले मौका पाउँदा ठेक्का पट्टा मिलाइदिएर करोडाँै कमाए । मैले क्षमतावान मानिसलाई पन्छाएर, आफन्त र आसे–पासेलाई जागिर लगाए ।
मैले जिवनभर राजनीति गरेर आँफू मात्र बन्ने काम गरे, यो देश र यस देशका जनताका लागि उलेख्य केही गरिन । यो देशका हर राजनीतिज्ञले भोलि रवीन्द्र अधिकारीलाई श्रद्धाको अन्तिम फूल चडाउदाँ यति सोच्न सक्लान ?
मर्नू त सबैले छ तर अमर रहन त यो देशलाई केही दिएकै हुनुपर्छ । रवीन्द्र अधिकारी अमर भए भएनन् त्यो हिसाब इतिहासले भावी पुस्ताका लागि सुरक्षीत राख्ला तर उनी भन्दा महत्वपूर्ण स्थानमा बसेर राजनीति गरिरहेका धेरै जनाले, भो अब मेरा लागि पुग्यो बाँकी जीवन यो देशका लागि भनेर समर्पित हुने प्रण गरे भने रवीन्द्र अधिकारीको आत्माले चिर शान्ती पाउँछ ।
उहाँ यस्तो हुनुहन्थ्यो र उस्तो हुनुहुन्थ्यो भनेर रेडिमेड भाषण र निन्याउरो अनुहार लगाएर हुँदैन । सहयोगीले किनेर ल्यादिएको फूल चडाएर पुग्दैन । गौतम बुद्ध विमानस्थल फटाफट बन्नुप-यो, भैरहवा, पोखरा र निजगढ अन्तराष्ट्रिय विमानस्थल दिन दुई गुना, रात चौगुनामा काम गरेर सक्नु प-यो ।
त्रिभुवन विमानस्थलको स्तर उन्नति सुपर–डुपर फाष्ट हुनुप-यो र २०२० को नेपाल भ्रमण वर्ष रविन्द्र अधिकारीले राखेको टार्गेट भन्दा बढी पर्यटक आएर भव्य हुनु प-यो । केहीले त हिजो हेलिकप्टर हराउने वित्तिकै मन्त्री बन्न मुख मिठ्याए पनि होलान तर अब बन्ने पर्यटन मन्त्रीको कार्य योजना पूरै व्यवस्थित होस र कार्यशैली पूरै आक्रमक होस् ।
नेपाली राजनीतिमा विरलै पाइने क्षमतावान राजनीतिज्ञ रवीन्द्र अधिकारी लगायत दुर्घटनामा परी दुखद मृत्यु भएका सातै जनाप्रति हार्दिक श्रद्धाञ्जली । सबैका परिवारलाई यो पीडा सहन सक्ने शक्ति मिलोस् ।
कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः १. के कारणले भयो ताप्लेजुङमा हेलिकप्टर दुर्घटना ?
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीचमा रहेको सिस्ने खोलामा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको हो । दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर धुब्रदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उप–सचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।
२. बैदेशिक रोजगार विभागलाई पनि नटेर्ने मेनपावर व्यवसायी !
काठमाडौं । रोजगारीका लागि ग्रिसको भिषा प्रोसेसिङ गरेको वाहानामा धनुषाका सुरेन्द्र दास र पर्वतका सन्तोष विकसँग ७–७ लाख लिने बसुन्धाराको क्यापिटल रिक्युरमेन्ट सर्भिस प्रा.लि.ले उनीहरुको पासर्पोट गायब बनाएको छ । वैदेशिक रोजगार विभागको व्यवस्था र मेनपारको दादागिरी कारण सुरेन्द्र र सन्तोष झन् समस्यामा परेका छन् । ग्रिसको भिषा लागेको पासर्पोट नियन्त्रणमा लिएर मेनपावर सञ्चालक नीता गौतम र टंक सुवेदीले उनीहरुसँग पैसा मागेका थिए । तर पैसा लिदैँ गर्दा हामीले स्टिङ अप्रेशनमा गरेका थियौं । उनीहरुले पैसा बुझ्न पठाएका एजेन्टलाई वैदेशिक रोजगार विभागले छोडेको छ ।
३. गण्डकी मेडिकल कलेजलाई कसले कार्वाही गर्ने ?
पोखरा । पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलित भएको महीना दिन भयो । दिनप्रति दिन आन्दोलन चर्किदो छ, तर विद्यार्थीको माग सम्बोधन तर्फ भने कलेज प्रशासनले त वेवास्ता गरेको छ नै चिकित्सा शास्त्र अध्यनन संस्थान, स्वास्थ्य मन्त्रालयले समेत वेवास्ता गरेको छ । आन्दोलित विद्यार्थीले बोर्ड परीक्षासमेत बहिस्कार गरेका छन् । विद्यार्थीहरुका अनुसार कलेजले नेपाल सरकारले तोकेको बाहेक अन्य शुल्कमा करोडाँै असुलेको छ । विद्यार्थीले एक महीना अघिदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
४. कोरियाको सपनाः भाषा पास भएको २ वर्ष बित्यो, श्रम सम्झौता आएन
काठमाडौं । इपिएस प्राणालीमा मार्फत रोजगारीका लागि कोरिया जाने सपना बोकेर भाषा परीक्षा पास गरेको करिब ३ हजार नेपाली युवाहरु पास भएको २ वर्ष बित्नै लाग्दा जान पाएका छैनन् । विषेश गरी २०१७ मा कृषी कोटामा भाषा परीक्षा पास गरेको अधिकांशको श्रम सम्झौता भएको छैन । ग्वार्को स्थित वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाका अनुसार परीक्षार्थी भाषा परीक्षा पास भएपछि नेपालबाट श्रमिकका रुपमा रोष्टर सुचीमा उनीहरुको नाम पुग्छ । कोरिया स्थित रोजगरादाताले नै रोष्टर सुची हेरेर कामदार रोज्ने गर्छन् । रोजगार दाताले रोजेका व्यक्तिको मात्रै श्रम सम्झौता आउँछ र उनीहरु नै कोरिया पुग्छन् ।

