काठमाडौं नजिकका जिल्लाहरु सिन्धुपाल्चोक, नुवाकोट र धादिङबाट ३० जनाको संख्यामा नेपाली चेलीहरु इराक, लिविया, ओमन र कुवेत जस्ता देशहरुमा लग्दै गरेको सुचना ‘सीधाकुरा टिम’लाई आयो । उनीहरुलाई दिल्ली हुँदै ती मुलुकमा पु¥याउन लागेको सुचना पाएपछि हाम्रो टिम दिल्ली पुगेको छ ।
हामीले यस अघि नै दिल्ली महिला आयोग र केआई नेपालका प्रतिनिधि नविन जोशीलाई साथमा लिई नेपाली चलीहरुलाई राखिएको सम्भावित ठाउँहरुमा जाने योजना बनायाँै र हामी दिल्ली महिला आयोगको कार्यालयमा पुग्यौं ।
महिला आयोगका कर्मचारी, केआई नेपालका प्रतिनिधिसँग छलफल गरी नेपालीहरुले सञ्चालन गरेका दिल्लीका केही होटलहरुमा चेक गर्न प्रबन्ध मिलायांै । हामीले पडागञ्जको होटल वेलकम र स्काई भ्यु र महिपालपुरको सोल्टो होटल एण्ड गेष्ठ हाउसमा जाने प्लान बनायांै ।
महिला आयोग र दिल्ली प्रहरीको सहयोगमा ७ बजे दुवै स्थानमा छापा हान्ने योजना बन्यो । २ बजे महिला आयोगबाट निस्केको हाम्रो टिमले विभिन्न होटलहरुमा रहेका युवती र महिलाहरुको जानकारी संकलन ग¥यौं ।
लामो प्रयासपछि दिल्ली पहाडगन्जको वेलकम, स्काई भ्यु र महिपालपुरको सोल्टी होटल एण्ड गेष्ठहाउसमा छापा हान्न दिल्ली महिला आयोग र दील्ली प्रहरीलाई हामीले तयार ग¥यौं ।
अन्ततः ७ बज्यो, दिल्ली प्रहरी र दिल्ली महिला आयोगको टोलीसँगै एक टोली पहाडगञ्ज पुग्यो र अर्काे टोली महिपालपुरको सोल्टी होटल ।
नेपाली सञ्चालकनै रहेको होटलको रजिष्टरमा कुनी नेपालीको इन्ट्री गरिएको थिएन । हामीले खोजिगरिसकेपछि होटल सञ्चालकले आफ्नो होटलमा ६ जना महिलाहरु रहेको स्वीकारे ।
हामीले प्रहरीको सहयोगमा ती महिलाहरु बारे जानकारी लियांै । होटल सोल्टीमा रहेका सबै महिलाहरु मध्ये कोही ओमन, र कुवेत जान फर्किरहेका थिए भने कसैलाई कुन देश जाने भन्ने नै पत्तो थिएन ।
कति सम्म भने सरकारले खाडी मुलुकमा घरेलु कामदारलाई प्रतिबन्ध लगाएपछि दलालहरुले दिल्लीलाई ट्रान्जिट बनाउदै विदेश पठाउदा रहेछन् ।
सरकारले घरेलु कामदारलाई रोक लगायो तर दिल्लीको बाटो भने बन्द गरेन । दलालहरुको सेटिङमा दिल्ली स्थित नेपाली दुतातावासले नो अव्जेक्सन लेटर एनओसी दिने रहेछ । सेटिङमा मिल्ने ति एनओ सी लिन कहिले त ४ देखि ६ महिना होटलमै लुकेर बस्नु पर्ने रहेछ ।
अनि काठमाडौं बिमानस्थलबाट पासपोर्ट मोजामा लुकाएर दिल्ली पुगेकाहरुको कुरा पनि सुन्नुहोस । पहिले पनि काम गरेर फर्केका र राम्रो काम भएका महिलाहरु फेरी पनि आफ्नो काममा जान चाहन्छन् ।
४०– ५० हजारमा टिकट काटेर जान सकिने देशमा २–३ लाख खर्चेर दिल्लीको बाटो ती मुलुकहरमा पुग्छन् । पढ्न नजान्नेहरुलाई दलालहरु त्यहीबाट इराक र लिविया जस्ता देशहरुमा बेचिदिन्छन् । रोजागारीका लािग बेचिएको पनि थाहा पाउदैनन् यी चेलिहरु ।
नेपालमा बैदेशिक रोजगार विभाग र प्रहरीको मोस्ट वान्टेड चुचिमा परेको करिब २ सय भन्दा बढी दलालहरु अहिले दिल्लीमा छन् । दलालहरुको हब बनेको दिल्ली । दील्ली स्थित हाम्रो दुतावास ती दालालहरुका लागि नो अब्जेक्सन लेटर बनाउन सहयोग गरिरहेको छ ।
हामीले दिल्ली स्थित नेपाली दुतावासका प्रवक्ता हरी ओडारीलाई सम्पर्क ग¥यौं । उनको मानव तस्करीको बिषय भनेपछि कार्यवाहक राजदुत भरत रेग्मीसँंग कुरा गर्न भने र फोन राखिदिए । कतिसम्म भनेपछि फोन गर्दा समेत फोन उठाएनन् ।
हामी बारखम्बा रोडमा रहेको दुतावासको कार्यालयमै पुग्यौं । कसैसँंग भेट नभएपछि हामीले त्यहीबाट कार्यवाहक राजदुत भरत रेग्मीलई फोन ग¥यौं । रेग्मी सरको पनि फान उठेन ।
हामी यी दिदी बहिनीहरुलाई आफै स्वदेश फिर्ता लिएर आउने उदेश्यले पुरै तयारीसहित दिल्ली पुगेका थियौं । तर प्रक्रियागत केही झमेला र केही कानुनी अडचनका कारण यी केशहरुलाई आधिकारिक रुपमा दिल्ली महिला आयोग र दिल्ली प्रहरीमा दर्ता गराई आवश्यक प्रकृयाका लागि छाडेका छौं ।
मानव तस्करीको अखडा बन्दै दिल्ली, नेपाली दुतावास मौन
महिपालपुरको सोल्टी होटल एण्ड लजमा खाडी मुलुक लान एजेन्टहरुले राखेका महिलाहरु भेटिए र उनीहरुको उद्धारका लागि दिल्ली महिला आयोगले काम पनि सुरु ग¥यो । ७ बजे को समयमा दिल्ली प्रहरी, दिल्ली महिला आयोग, केआई नेपाल र हाम्रो टिम एकै साथ पहाडगञ्ज र महिपालपुर एकै पटक ७ बजे छापा हान्ने योजना थियो ।
महिलालपुरमा ठीक समयमा हाम्रो टिम पुग्यो दलालहरुले होटलमा राखेका महिलाहरुलाई पनि भेट्यौं । तर दिल्लीको पहाडगन्जका नेपाली होटलहरुमा राखिएका महिलाहरु भने भेटिएनन् । दुई ओटा होटलहरु वेलकम र स्काई भ्युमा छापा हान्दा कोही पनि भेटिएन् ।
प्रहरीनै ढिला पुगेपछि ७ बजे दुवै ठाउँमासँगै छापा हान्ने हाम्रो योजना असफल भयो । फलस्वरप पहाडगन्जका होटलहरुमा कोही पनि भेटिएन् ।
पहाडगन्जका होटलहरुमा भोलिपल्ट फेरी हाम्रो टिम पुग्यो । हामीले फेरी पनि होटलहरुमा खोजी ग¥यो । हाम्रो टिम दिल्ली बिमानस्थलमा पुगे देखिनै दिल्लीमा हल्ला भइसकेको थियो । तर पनि हामीले पहाडगन्जका होटलहरुमा जान छाडेनौं ।
हामी दिल्लीमा भएको थाहा पाएपछि धेरै जना नेपालीहरु आफुहरुलाई बिदेश लाग्छु भनि ठग्ने दलालहरु दिल्लीमै भएको भनि सम्पर्क गरेका छन् । धेरै दर्शकहरुले दिल्लीको जीवी रोडमा नेपाली चेलीहरुलाई जवरजस्ती यौनकर्मी बनाएको भन्दै त्यहाँ जाने भनेका थिए । हामी त्यहा पनि पुग्यौं ।
हो दिल्ली महिला आयोगका अनुसार धेरै नेपाली चेलीहरु त्यहाँ जबरजस्ती राखिएका छन् । पहिले आफूखुसी आएको भन्नेहरु होसमा आएपछि मात्र आफूलाई जबरजस्ती ल्याइएको बताउने गरेका छन् ।
नशाका इन्जेक्सनहरु दिई जीवी रोडमा नेपाली चेलीहरु अझैपनि राखिएका छन् । उनहिरुको उद्धार दिल्ली स्थित नेपाली दुतावासले चाह्यो भने सक्छ । दुतावासले भारत सरकारसँग सहयोगमा ती कालकोठरीहरुमा छापा हाने धेरै नेपाली चेलीको उद्धार हुनेमा दुविधा छैन ।
दिल्लीको खतरनाक ठाउँहरु मध्येको एक हो जीवी रोड । देशमा रोजगारी नभएपछि बिदेश जान बाध्य छन् नेपाली चेलीहरु । त्यसैको फाइदा उठाउँछ मानव तस्करहरु । अनि सरकार पनि उनिहरुलाइाई नै सहयोगी हुने नियम कानुन बनाउँछन् ।
खाडी मुलुकहरुमा घरेलु कामदारलाई रोक्ने सरकारको नियमको खुब फाइदा उठाएका छन् मानवतस्करहरुले । ४० हजारको टिकट काटेर काममा फिर्ता जाने महिला पुरुष दिल्लीको बाटोमा लाखौ तिरेर जान बाध्य छन् । महिलाहरुलाई त महिनौं दिल्लीमा राखेर अनेक शोषण पनि गर्ने गरेका छन् ।

