सुनिल श्रेष्ठ/ तेलअभिव
इजरायलको लागि नवनियुक्त नेपाली राजदुत डाक्टर अन्जन शाक्यले आज इजरायली राष्ट्रपतिको कार्यालयमा आयोजित एक बिशेष समारोहमा इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीन समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेकी छिन ।

उक्त अवसरमा इजरायललाई दक्षिण एसियाबाट सबै भन्दा पहिले यहुदी राष्ट्रको मान्यता दिने देश नै नेपाल हो भन्ने ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै नवनियुक्त राजदुत शाक्यले राष्ट्रपति रिभ्लीनसंग दुई पक्ष हितको बिषयमा कुराकानी गरेकी तेल अभिव स्थिति नेपाली राजदुतवास श्रोतले जनाएको छ ।

डाक्टर शाक्य इजरायलको लागि चौथो तथा पहिलो नेपाली महिला राजदुत हुन् ।

इजरायलसंग नेपालको ऐतिहासिक सम्बन्ध भए पनि सन् २००७ पछि मात्रै नेपालले आफ्नु राजदुतावास खोलेको हो तर इजरायलले नेपालमा आफ्नु राजदुतावास धेरै पहिले नै खोलेको हो ।

नेपाली महिला कामदारको लागि सुरक्षित रोजगारीको गन्तब्य मुलुक रहेको इजरायलको केयरगिभर लामोसमयदेखि बन्द छ । यसलाई खुलाएर सुचारु गराउनु पर्ने ठुलो चुनौती नवनियुक्त राजदुत डाक्टर शाक्यको काँधमा आएको छ ।

राजदूत शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी छन्। शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ। सँगै उनले अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेकी छन्। परराष्ट्र मामिलामा सक्रिय शाक्य नेपाल ओमेन च्याम्बरको अध्यक्ष भएरसमेत काम गरेकी छन्।

सँगै उनले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’लगायत पुस्तकको सम्पादन गरेकी छन्। शाक्यसँग लामो समय पद्मकन्याा कलेजमा प्राध्याापन गरेको अनुभवसमेत छ। शाक्य चर्चित गायिका समेत हुन्। उनले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको चर्चित गीत आएकी छन्। उनी नेपाल टेलिभिजनकी समाचार प्रस्तोतासमेत हुन्।
साथै अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेर काम गरेको अनुभव समेत छ ।

गत कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले इजरायलका लागि तत्कालिन नेपालका आवासीय राजदूत निरञ्जनकुमार थापालाई फिर्ता बोलाउँदै डा. शाक्यलाई राजदूत सिफारिस गरेको हो। मन्त्रिपरिषद् निर्णय सार्वजनिक भएपछि शाक्यको चर्चा चुलिएको थियो भन्ने प्रधानमन्त्री ओलीसंग नाता जोडेर केहि अर्नगल प्रचारप्रसार पनि हुदै सामाजिक संजाल नै तात्तिएको थियो ।

आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेपछि राजदुत शाक्यले नेपाली राजदुतावासका बिभिन्न कर्मचारीहरुलाई पनि परिचय गराएकी थिइन । उक्त अवसरमा नेपाल र इजरायलको राष्ट्रिय धुनुहरु पनि बजाएको थियो ।

हाल बन्द रहेको इजरायलको रोजगारी राजदुत शाक्यको कार्यकालमा खुलेर सुचारु हुने कुरामा इजरायलबासी नेपालीहरु बिश्वस्त रहेका छन् ।

व्यक्तिगतरुपमा महामहिम राजदुत डाक्टर शाक्यलाई सफल कार्यकालको शुभकामनासहित इजरायलमा न्यायो स्वागत छ ।

फोटो साभार – नेपाली राजदुतावास इजरायलबाट
उक्त बिशेष समारोहको भिडियो/नेपालको इजरायली राजदूतावासबाट
शाक्यद्वारा स्वरबद्ध बहुचर्चित गीत ‘यो मन्दिर, यो मस्जिद’ को भिडियो

