डा गोविन्द केसी आफ्नो १६ औ अनशनमा छन् । प्रतिनिधी सभाले शुक्रबार चिकित्सा शिक्षा विधयक बहुमतले पारित गरेको छ । १६ औँ अनशनमा आइपुग्दा मानिसहरु गोविन्द केसीको पक्ष र विपक्ष दुवैमा उल्लेख्य रुपमै बाडिएका छन् ।
गोविन्द केसीको निष्ठा, त्याग, मानव सेवा,सत्याग्रह, सादगीका बारेमा प्रश्न गर्ने ठाँउ नै छैन । तर आफ्नो फाइदा,स्वार्थ र परिस्थिती अनुसार धेरैले गोविन्द केसीलाई प्रयोग गरको आरोप लाग्न थालेको छ । निष्ठा र इमानका धरोहरलाई बोकेर धेरैले आफ्नो राजनीतिक,आर्थिक स्वार्थले भरिएको दुनो सोझ्याए । अनेकौँ इन्ट्रेष्ट भएका स्वार्थीहरुको झुण्डले इमानको धरोहर यी डाक्टरलाई मार्छन र अर्को १० वर्ष तिनको लाशमा र मृत्युमा राजनीति गर्छन । त्यो राजनीति यो भन्दा घिनलाग्दो हुनेछ ।
स्वयं गोविन्द केसीलाई केहि चाहिएको होइन । तर स्वार्थका सिपालु खेलाडीहरुले डा केसीको वृद्ध शरीर लाई थङ थिलो बनाएर छोडेका छन् । कारण गोविन्द केसी प्रतिपक्षको मुद्धा बने,मेन मुद्धा । एउटा मान्छे सरकारमा हुँदा अनुहार हेर्न मन नपर्ने र प्रतिपक्षमा हुँदा सडक सदन तताउने मुद्धा हुनुलाई जानिफकारहरुले लामो लेघ्रो तानेर जेरी घुमाए जस्तो जति घुमाए पनि सिधाकुरा यहि हो । आफ्ना स्वार्थ मिल्यो भने डाक्टरले राजनीतिक मुद्धा उठाएपनि फरक नपर्ने, आफ्नो स्वर्थमा परेन भने डाक्टर भएर राजनीनिक माग राख्ने भन्दिन्छन् ।
आज पक्षमा भएकाहरु हिजो विपक्षमा थिए, भोली पक्षमा हुन्छन्, पर्सि फेरी विपक्षमा हुन्छन । यो देशको एउटा समुह तपाईलाई पागल प्रमाणीत गर्ने स्ट्याम्प हातमा लिएर बसेको छ । त्यो स्ट्याम्प आज एउटा समूहले बोकेको छ, त्यही स्ट्याम्प आज केसीलाई समर्थन गर्नेले बोक्ने छ । यो शिलशिला तब सम्म चलाउँछन् जब सम्म केसीको शरीरमा बाँकी एक मुठ्ठी प्राण रहिरन्छ । छेपारोले रंग बदल्नबाट हारे बाबा भनेर छोडेकाहरुका लागि अनमोल जीवन खेर किन फाल्नु । बिरामीलाई केसीको आवश्यकता छ ।
डा केसीसंग २ वटा च्वाइस छ , स्वार्थीहरुको पन्जाबाट निस्केर फेरी गाँउ बस्तीका गरीबहरुको सेवा गर्ने अथवा बरफ भएको बाकसमा बन्द भएर बस्ने । दुरदराजका रोगी बिरामीको साहरा बन्ने कि स्वार्थीहरुको आहार बन्ने र मृत्यु पनि बेच्न तयारहरुको नारा बन्ने भन्ने निर्णय गर्न डा केसीले ढिला गर्न नहुने देखिन्छ । गाँउ गाँउमा डा केसी पुग्नु जरुरी छ । गोविन्द केसीलाई समर्थन गरे पनि खुइलिनु छ विरोध गरेपनि खुइलिनु छ । एउटा निष्ठाको जिवनलाई कहिलेसम्म आफ्नो हली बनाउने । डा केसी चिकित्सक मात्र होइनन्, नागरीक पनि हुन ।
सुशासनका लागि लड्नस भनेको पनि अन्य सुधारमा लडे जस्तै नेपालीकै मुद्धामा र सरोकारमा लड्नु हो । १६ आँै पटक सम्म अनसन गर्दा उनका मागले ककस्का स्वार्थको प्रतिनिधित्व गरे त्यो थाहा भएन तर उनले कुन माग आफ्नो लागि मात्र हुने गरी राखे ? बाँचुञ्जेल आफ्नो सुविधा र स्वाद अनुसार मौका पाउन साथ अधिकांशले डा केसीको भरपुर प्रयोग गरे र शायद निरन्तर गरीरहने छन् । त्यसपछि मारेर अनि त्यसपछी मरिसकेपछी पनि बर्षौसम्म ।
आजको बिशेष कभरेजहरु
– अवैध बाटो हुँदै रोजगारीको खोजीमा इराक पुगेका अधिकांश महिलाको समस्या एउटै हुन्छ । उनीहरुले नेपालमा एजेन्टलाई पैसा बुझाउँछन् तर विभिन्न तहका एजेन्टहरुले दुवई,कुवेत भन्दै झुक्याएर कुवेत पु¥याउँछन् र केहि बर्षका लागि मालिकसँग पैसा लिएर काम गर्न घर घरमा पु¥याउँछन् ।
महिलाले गर्ने कामको अग्रिम पैसा एजेन्टलाई बुझाइसकेको घर मालिकले श्रम शोषण देखि शारीरिक तथा मानिस शोषाण गर्ने गरेका गुनासा विभिन्न माध्यमबाट आइरहेका छन् । अहिले सोलुखुम्बुकी एक महिला यस्तै समस्यामा परेकाले उद्धारको आशा सहित भन्दै भिडियो पठाएकी छिन् ।
सोलुखुम्बु घर बताउने उनको नाम र अनुहार गोप्य राखिएको छ । उनलाई सोलुखुम्बुबाट मिकेन्द्र तामाङ नाम गरेका एजेन्टले ल्याएर अर्का एजेन्ट छिरिङ लामाको जिम्मा लगाएका थिए । र उनीहरुले विभिन्न देशका अन्य एजेन्टहरु प्रयोग गर्दै भारतको बाटो, श्रीलङका हुँदै इराक पु¥याएका थिए ।
९ महिना अघि कुर्घस्थान भनेर गएकी उनलाई इराकको हो भन्ने थाहा नभएका बताएका छिन् । एजेन्टेले अहिले उनलाई १३ हजार डलरमा घर मालिकलाई बेचेको खुलेको छ ।
अहिले उनी बिरामी भए पनि १८ देखि २२ घण्टासम्म काम गर्नु पर्ने, औषधि उपचार र परिवारसँग सम्पर्क गर्न नदिने भएकाले आँफु बाँचेर नेपाल फर्कीन चाहेकाले उद्धार गर्दीन अनुरोध गरेकी छिन् ।
-यस अघिको सिधा कुरा जनतासंगको क्रार्यक्रममा भिडियोकल मार्फत भैरहवा तिलोत्तमना नगरपालिका १ की ९६ वर्षिय ललितादेवि खनालले आफ्नै नातिनातिनाहरुले आँफुलाई झुक्काएर शेष पछिको बकस आँफु जिउँदै हुँदा लिएर आँफुलाई अलपत्र पारेको बताएकी थिइन् ।
खनालको यो विषयमा अहिले देश विदेशबाट निकै प्रतिक्रिया आइरहेका छन् । वृद्ध आमालाई सहयोग गर्न धेरैले इच्छा राखेका छन् । सिधा कुरा जनतासंगकको टोलीले यस बिषयमा थप खोजी गरेको छ । उनले आफ्नो शेखपछि नातिनातिनालाई सेवा गरे बापत बकस दिने भने कागज गराएको भएपनि नातिनातिनाले आँफु जिउँदै हुँदा नै झुक्काएर पास गराएको उनको आरोप छ ।
हाल ९६ वर्षमा चल्दै गरेकी खनालको जग्गा २०६३ सालमा नै नाति यमलाल खनाल,तुलबहादुर खनाल र नातिनि पवित्रा खनालको नाममा विभिन्न ठाँउको जग्गा सेवा गरे बापत सबै अंशियारलाई सम्पत्ती दिइ आफ्नो भागमा रहेको अंश रजिष्टेशन पास भएको छ । वृद्ध ललितादेवि खनालको नाममा रहेको शंकर नगर २ घ को कित्ता नं १२३३ मध्ये बाट यमलाल खनालको नाममा ७ कठ्ठा १० धुर, तुलबहादुर खनालको नाममा १४ कठ्ठा १४ धुर र नातिनी पवित्रा खनालको नाममा ८ कठ्ठा १ धुर जग्गा हालैको बकस पास भएको देखिन्छ ।
सामान्यतय शेष पछिको बकसपत्र सम्पत्ती धनिको निधन भैसकेपछि मात्रै बाँकी सम्पत्ती नामसारी हुने गर्छ । आफ्नो छोराहरुलाई अंश दिएर आँफुसँग बाँकी भएको सम्पत्ती नातिनातिनाको नाममा गएपनि अहिले आँफुलाई हेर्ने कोहि नभएको उनको गुनासो छ । अहिले औषधि उपचार गर्न, तिर्थ ब्रत गर्न पैसा आवश्यक परेपछि जग्गा बेच्न खोज्दा कुनै पनि जग्गा आफ्नो नाममा नभएको थाहा पाएको उनी बताउँछीन् ।
तर उनका नाति यमलाल खनाल र तुलबहादुर खनालले भने हजुरआमाले हालैको बकस दिएकाले जग्गा पास गरेको र हजुरआमालाई घरबाट ननिकाले दाबी गर्दै आएका छन् । साथै हजुरआमाको औषधि उपचार देखि सम्पुर्ण खर्च तिर्दै आएपनि हजुरआमा झगडा गरेर घरबाट निस्केको नातिनि पवित्रा खनालको भनाइ छ । वृद्ध खनालले यस अघि जग्गा विक्रि गरेर बिद्यालयलाई ५ लाख सहयोग गरेको समेत उनी बताउँछीन् ।
वृद्धको भागमा रहेको करोडाँै पर्ने जग्गा बकसपत्र गरी लिए पनि ९६ बर्षीय वृद्ध आमालाई औषधि उपचार खर्च तथा चल्ने पैसा समेत नहुँदा रुदैँ हिड्न बाध्य पार्नू भनेको १२ छोरा १३ नाती दुख जति बुढीकै काँध माथि भने जस्तै भएको छ ।

